जिल्ला प्रशासन कार्यालय, पर्साले भारत, बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही मे २५ तारिखमा हुने लोकसभा निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न बसेको बैठकको निर्णय अनुसार पर्सा जिल्लाका नाकाहरू जेठ १० गते बिहान ६ देखि १२ गते बिहान ६ बजेसम्मका लागि बन्द हुनेछन्। प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आज विज्ञप्ति जारी गर्दै ४८ घण्टा अघि भारतसँगको सीमानाका बन्द गरिने जानकारी गराएका छन्। उनले पर्सा जिल्लासँग जोडिएको बिहारको पश्चिम चम्पारणसँगका सबै नाका ४८ घण्टाको लागि बन्द गरिने जानकारी गराएका छन्।