पाठकवृन्द यस लेखमा सर्प र विषालु कीटहरूको संक्षेपमा विवेचना हुनेछ । पहिले सर्पको बारेमा । हाम्रो उपमहाद्वीपमा सर्पदंश यति बढी सङ्ख्यामा पाइन्छ कि यसभन्दा बढी केवल अफ्रिका महादेशमा नै पाइन्छ होला किनभने त्यहाँ पनि गर्मी र जङ्गल धेरै छन् । जब म चितवनमा मेडिकल अधिकृत थिएँ, तब त्यहाँ दुर्घटना र सर्पदंशका मामिला नै बढी हुन्थे । दुर्घटना यस कारणले कि पूर्व–पश्चिम राजमार्गको काठमाडौं जाने त्यही गेटवे थियो । सर्पदंश किनभने पूरै चितवन जङ्गल फँडानी गरेर बनेको हो र अहिले पनि धेरै जङ्गल छ, जहाँ साँपको बिगबिगी नहुने कुरै छैन । प्रायः फुसको घर, गोठ, पुरानो तथा भत्केको इँटाको घरमा सर्पको बास हुन्छ, जो बेलाबेलामा घाँस, दाउरा टिप्ने बेलामा अचानक टोक्छ । मेरो घरको छेउमा नै एउटा पुरानो भत्केको एक कोठाको घर छ । त्यहाँबाट गोमन सर्प निस्केर बरोबर मेरो घरमा आइरहन्थ्यो । त्यसैले वास्तुकारले त्यस्तो ठाउँमा घर नबनाउन भन्छन् ।

एकजनाले त आफ्नो घरमा आएको एउटा गोमन सर्पलाई देखेर मारे । हेर्दा त अर्काे पनि रहेछ । खोजी गर्दै जाँदा एउटा प्वाल भेटियो, जहाँबाट २१ वटा गोमन सर्पलाई पालैपालो मारे । सर्पले प्वाल बनाउन सक्दैन तर मुसाले बनाएको प्वाल कब्जा गरेर बस्छ । गाउँघरमा सर्पदंशका घटना बढी हुन्छन् । बढी भएपनि त्यही अनुपातमा भने मृत्यु हुँदैन किनभने साँप विषालु र विनाविषालु पनि हुन्छन् । बढी सङ्ख्या विनाविषालु साँपको नै हुन्छ । साँपले टोकेको मानिषलाई जब अस्पतालमा ल्याइन्छ, तब धेरैलाई केही पनि हुँदैन र केवल रातभरि निगरानीमा मात्र राखेर डिस्चार्ज गरिन्छ किनभने विनाविषालु साँपले टोकेको हुन्छ । यस्तै रोगीलाई धामीझाँक्रीले ठीक पारेर वाहवाही लिन्छन् । विषालु सर्पदंशलाई उनीहरूले ठीक पार्न सक्दैनन् र अस्पताल जान भन्छन् । तबसम्म अबेर भइसकेको हुन्छ र अस्पतालमा आएर पनि रोगी मर्छ । जो सीधैं तुरुन्त अस्पताल आउँछन्, उनीहरू प्रायः निको भएर जान्छन् । विषालु सर्पदंशमा तुरुन्त उपचार नितान्त जरुरी हुन्छ ।

अतः साँप दुई किसिमको भयो, विषालु र विनाविषालु । यस लेखमा विषालु साँपको नै वर्णन हुनेछ । सर्पदंश अचानक नै बढी हुन्छ । तर यसले हत्या र आत्महत्यासमेत गरिएको पूर्वमा उदाहरण छन् । सर्पको विषमा कपडाको टुक्रा चोपेर तथा त्यसलाई जनावरको मलद्वारमा पसाएर जनावरलाई मार्नेसमेतको घटना देखिएको छ । प्राचीनकालमा राजाहरूले विषकन्या पाल्थे, जसलाई सर्पदंशले ‘रेसिस्टेन्ट’ पारिन्थ्यो र दुश्मन राजा वा अधिकारीको हत्यामा उपयोग गर्थे । विषकन्या विषालु सर्पदंशलाई पचाइसकेकी युवती हुन्थिन् । तर कहिलेकाहीं सीधैं ओछ्यानमा नै सर्प राखेर हत्या गराइन्थ्यो । वर्षात्को मौसममा फुसको घरको ओछ्यानलाई राम्ररी झटकारेर नै सुत्नुपर्छ, नत्र कहिलेकाहीं सर्प ओछ्यानमा पनि लुकेर बसेको हुन्छ ।

विषालु साँपका पनि दुई प्रजाति हुन्छ– कोलुब्राइडी र भाइप्राइडी । पहिलोले अन्डा दिन्छ भने दोस्रोले बच्चा दिन्छ । पहिलोको आँखा गोलाकार हुन्छ भने दोस्रोको आँखा भर्टिकल हुन्छ । पहिलोको पुच्छर गोलो लामो र दोस्रोको छोटो हुन्छ । पहिलोको शिर र गर्दन एउटै आकारको हुन्छ भने दोस्रोको शिर चारकुने खाने बर्फीको जस्तो हुन्छ तथा गर्दन पातलो हुन्छ । पहिलोको दाँत सानो हुन्छ र यसले कपडा छेद्न सक्दैन जबकि भाइप्राइडीको दाँत ठूलो हुन्छ र कपडा छ भने पनि छेदेर टोक्न सक्छ । कोलुब्राइडी सर्पले विष प्रवेश गराउँदा दुवै जबडा बन्द गर्छ तर भाइप्राइडीले बन्द नगरीकन विष प्रवेश गराउन सक्छ । कोलुब्राइडी पनि दुई किसिमको हुन्छ– इलोब्राइडी जो जमीनमा र हाइड्रोफाइडी जो समुद्र वा पानीमा पाइन्छ । जमीनमा पाउने मुख्य साँप हुन्– कोब्रा, किङ कोब्रा, करैत, साँखड र रसेल भाइपर । रसेल भाइपर धेरै नै विषालु हुन्छ तर गङ्गा उपत्यकामा पाइँदैन तर समस्त अन्य प्रदेशमा पाइन्छ । हाइड्रोफाइडीमा पनिया दरार, डोरिया र धामिन आदि हुन् । भाइप्राइडी पनि दुई प्रकारको हुन्छ– पिट भाइपर र पिटलेस भाइपर । पिट भाइपरको शिरमा दुवैतर्फ धँसेको हुन्छ, जबकि पिटलेसको शिर सपाट हुन्छ ।

हाम्रो देशमा कोब्रा, करैत र साँखडले टोकेका मानिस नै बढी आउँछन् । यसमा पनि कोब्रा र करैत क्रमशः बढी खतरनाक हुन्छन् । कोब्राको विषले शीघ्र असर गर्छ र बढी मृत्युको कारण बन्छ । करैतको विष विलम्बले असर गर्छ र विलम्बले नै निको हुन्छ । यस कारण देहातका मानिस यसलाई बहिरो साँप भन्छन् । प्रायः करैतले टोकेको मानिस बाँच्छन् तर उपचार गरिएन भने मर्छन् नै । तर कोब्राले टोकेमा शीघ्र अस्पतालमा ल्याइएन भने मानिस बाँच्दैन । विषालु साँपले टोकेको ठाउँमा दाँतको निसान पाइन्छ र त्यसबाट रगत होइन -याल निस्किन्छ तर भाइपर साँपले टोकेको ठाउँमा भयङ्कर दुखाइ र गैग्रिनसमेत हुन्छ । गैग्रिन शरीरमा सडेको भागलाई भनिन्छ, जसले खतरनाक रूप लिएर ज्यानसमेत लिन सक्छ । विषरहित साँपले टोकेको ठाउँमा रगत बगिरहेको हुन्छ र कहिलेकाहीं मासुसमेत उखेलेर साँपले खाजा बनाइसकेको हुन्छ । साँप खतरनाक प्राणी त हो तर आक्रामक हुँदैन । आक्रामक त्यस बेला मात्र हुन्छ, जब अचानक मानिसको खुट्टा वा हात साँपमाथि पर्छ वा साँपलाई जिस्काइन्छ । दुवै स्थितिमा उसको आक्रामकता रक्षात्मक नै हुन्छ । साँपको दुनियाँ चाखलाग्दो हुन्छ ।

सपेराले प्वालमा हात पसाएर पनि साँपलाई समात्छ र केही पनि हुँदैन, जबकि हामीले यसको कल्पना पनि गर्न सक्दैनौं । भनिन्छ कि सपेराको साथ जङ्गली जडीबुटी हुन्छ, जसले गर्दा साँपले टोके पनि केही हुँदैन । सत्य के हो यसको खोज गर्नुपर्छ । तर के देखिन्छ भने न्याउरी मुसा र साँपको लडाइँ वास्तविक कुरा हो । भनिन्छ कि साँपले टोके पनि न्याउरी मुसाको शरीरमा उसको विष नलाग्ने तŒव हुन्छ । साँपले केवल न्याउरी मुसालाई बेरेर नै मार्न सक्छ । तर न्याउरी मुसा यति फुर्तिलो र साँप यति सुस्त प्राणी हो कि न्याउरी मुसाले साँपलाई सजिलै टुक्राटुक्रा पारिदिन्छ । साँपको विष साँपको मुखमा हुन्छ । त्यसैले बाँदरले साँपको शिर नै समात्छ र साँपले टोक्नको लागि मुख नै खोल्न सक्दैन । अतः सर्पले बाँदरलाई पनि बेरेर मात्र मार्न सक्छ । तर बाँदर यति चालाक हुन्छ कि उसले साँपको शिर ढुङ्गामा घस्न थाल्छ । दुखाइले साँपले आफ्नो पकड छोड्छ र यसरी साँप आफ्नो शिर ढुङ्गामा घसिएर प्राण त्याग्न विवश हुन्छ ।

भनिन्छ कि गरुडले साँपलाई खान्छ र शिकारको बेला उसको बीच भागमा समात्छ, जस कारण उसको मुख गरुणलाई टोक्ने गरी पुग्नै सक्दैन । गरुण र सर्पको एक मनोरञ्जक मिथ पनि छ कि दुवै दिदीबहिनीका वंशज हुन् । मेरो गाउँमा एकजना थिए, जसलाई हेर्न बित्तिकै विषालु साँप पनि भाग्थ्यो । गाउँलेको भनाइ यो थियो कि गरुण वर्ण व राशिको मानिसलाई हेरेर साँप भाग्छ । यसमा कति वैज्ञानिकता छ म भन्न सक्दिनँ तर मानिसको शरीरको गन्धले कुनै असर गर्छ होला भने कारण हुन सक्छ । साँपलाई समात्नको लागि एउटा हुकसहितको लट्ठी प्रयोग गरिन्छ, जसले गरुड जस्तै साँपको बीच भागलाई समातेर उठाइन्छ र दूरस्थ भएको कारण साँपले समात्ने मानिसलाई टोक्न सक्दैन । जसरी मानिसको -याल ग्रन्थी हुन्छ र -याल मानिसको लागि एक पाचक हो । त्यस्तै, साँपको मुखमा पनि सेलिभरिग्लैन्ड हुन्छ । त्यसैको -याल साँपको विष हो, जो साँपको लागि एक पाचक रस मात्र नै हो तर अरूको लागि विष हो ।

जसरी पानीले भरिएको घैंटोलाई अलिकति हल्लायो भने पानी छल्केर जान्छ अन्यथा जाँदैन । त्यस्तै, टोक्दा साँप पनि अलिकति घुम्छ, अन्यथा विष प्रवेश नगर्न पनि सक्छ । त्यसैले कहिलेकाहीं विषालु सर्पले टोके पनि विष लाग्दैन । यदि साँपले धेरैचोटि टोकेको छ भने उसको टोकाइले पनि विष नलाग्न सक्छ किनभने त्यसमा विष सकिएको हुन्छ । बाइट अर्थात् टोकाइ पनि सुपरफिसियल र डीप दुई प्रकारको हुन्छ । डीप बाइटले भेन पंक्चर हुन्छ र विष लाग्छ । सुपरफिसियल बाइटमा भेन पंक्चर नहुन सक्छ र विष पनि नलाग्न सक्छ । विष केवल नसामा गए मात्र लाग्छ । विषलाई खाइयो भने केही हुँदैन यदि मुख र पेटमा घाउ छैन भने ।

यदि घाउ छ भने त्यसैबाट विष नसामा जान्छ र विषाक्त प्रभाव पार्छ । भनिन्छ कि भाले साँपलाई मारियो भने मार्ने मानिसको तस्वीर उसको आँखामा बस्छ र त्यही तस्वीर हेरेर पोथी साँपले खोजेर मानिसलाई मार्छे । यसमा कुनै वैज्ञानिक सत्यता छैन । तर कुनै नागिनले मनुष्य रूप धारण गरेर नागिन फिल्म जस्तै बदला लिन्छ भने केवल एक मिथ मात्र हो । यसको महŒव यस कारण छ कि मनुष्यजीवनमा साँपको देउताजस्तो महŒव छ । मानिस आदिकालदेखि सर्पसँगै बस्दै आएको छ । काठमाडौंमा नागजातिको राज्य थियो । त्यो नाग सर्प होइन मनष्ुयको नै एक जाति थियो । त्यस नाग जातिमा जहर थियो वा थिएन यो खोजको विषय हो ।

विषालु सर्पको विष इन्जेक्ट गर्ने दुईटा दाँत हुन्छन् र टोकेको ठाउँमा दुईटा ट्युवलर निशान पाइन्छ । विषरहित साँपका धेरै दाँत हुन्छन् र टोकेको ठाउँमा धेरै अर्धचन्द्राकार निशान पाइन्छ । विष एक खैरो रङ्गको द्रव हो, जसलाई सुकाएपछि सुईजस्तो क्रिस्टल प्राप्त हुन्छ, जुन पानीमा सहजै घुलनशील हुन्छ । विषमा प्रोटोलाइटिक इन्जाइम, फस्फोटाइडेज र न्युरोटाक्सिन हुन्छ । प्रोटियोलाइटिक प्रोटिनलाई टुक्रा पारिदिने इन्जाइम हुन्छ । यसले मांसपेशीको प्रोटिन र नसाको भित्तालाई खाइदिन्छ र त्यसबाट हिस्टामिन निस्केर एलर्जी गराउँछ तथा रक्तचाप बढाइदिन्छ । रक्तनलीको भित्ता खाएपछि त्यसबाट रगत निस्केर शरीरभरि फैलिएर मृत्युको कारण बन्छ । फस्फोटाइडेजले हेमोलाइसिस गर्छ, जसको मतलब हुन्छ रगतको रातो रक्तकण, श्वेत रक्तकण र प्लेटलेट सबैलाई नष्ट पारिदिन्छ । जब रगत नै नष्ट हुन्छ भने मानिस बाँच्ने कसरी ? यसमा फोक्सोबाट पनि रगत बाहिर बग्न थाल्छ ।

कुनै कुनै विषले रक्तनलीमा नै रगतको थक्का जमाइदिन्छ जबकि रगत शरीरको बाहिर आए मात्र थक्का जम्छ । यसरी रक्तनलीमा नै रगत जमेको हुनाले रक्तसञ्चार बन्द हुन्छ, जसरी कुनै नलमा पानी भए आउँछ बर्फ भए आउँदैन । मुटुले काम गर्न छोड्छ । न्युरोटाक्सिनले कुरारे जस्तो प्रतिक्रिया गरेपछि मानिस पक्षघात भएर मर्छ । भेनेजुएला, कोलम्बिया आदि ठाउँमा बुस रोप भनेको एक फुल्ने बिरुवा हुन्छ, जसको रसलाई कुरारे भनिन्छ, जुन मुसा आदि मार्न व्यवहार गरिन्छ, जसले मांसपेशीको पक्षघात गराउँछ । त्यसैले यहाँ कुरारे जस्तो प्रभाव भनियो । विषमा प्रोटिएज र कोलिनस्टेरेज इन्जाइम पनि हुन्छ, जसले अलगअलग प्रभाव पार्छ ।

कोब्राको विषमा कोलिन, एसिटिक एसिड र हाइल्युरोनाइडेज हुन्छ, जसले विषलाई छिटो प्रसार गर्ने काम गर्छ । यसको अतिरिक्त राइबोन्युक्लिएज र डिसओक्सिराइवोन्युक्लिएज पनि हुन्छ, जुन अटोलाइसिस र प्युट्रिफेक्सन अथवा सडनको कारण बन्छ । क्रमशः विषको असर र प्रभाव टोकेको जहरको मात्राको समानान्तर हुन्छ । कोव्रा र करैतले टोकेको ठाFउमा लोकल विसविसाहट र दुखाई हुन्छ । विषको असर १५ मिनट देखी २ घंटामा चक्कर लाग्ने र कमजोरी वाट शुरू हुन्छ तथा मांसपेशीको कमजोरी ,वाकवाकी, र वान्ता पनि हुन सक्छ । नशा लागेको जस्तो महसुस हुन्छ । मांसपेशीको कमजोरी विस्तारै लकवामा परिवर्तित हुFदै जान्छ र खुट्टाको लकवाले मान्छे हिडदा हिडदै लडछ । फेरी उठेर हिडन चाहन्छ र फेरी लडछ ।

लकवा माथि वढछ र सिरमा पुग्छ तथा गर्दन तल झुल्छ । माथिको परेला तल झर्छ जसलाई आFखाको ड्रूपिंग भनिन्छ । त्यस पछि लकवा होठ,मुख र थ्रोटमा पुग्छ । थ्रोटको लकवाले रोगी वोल्न चाहन्छ तर वोल्न सक्दैन । गाढा ल्यार मुखमा जमा हुन्छ र वाहिर आउFछ जसलाई रोगीले आफ्नो औंलाले हटाई रहेको देखिन्छ किन भने त्यस जहरमा मान्छे अन्तिम सम्म चेतनामा हुन्छ । अझ वढी चेतनामा रहन सकोस भने यस जहरमा मान्छेलाई सुत्न दिनु हुFदैन । त्यस पछि फोक्सोको असरले साFसको गति सुस्त हुFदै जान्छ र अन्तमा वन्द हुन्छ । मुटु भने त्यस पछि पनि चले रहेको हुन्छ । यसै कारणले मान्छेलाई भ्रन्ति हुन्छ कि रोगी मरेको छैन भने अन्धविश्वासले रोगीलाई वोकेर जहाF तहाF घुमाईन्छ । मृत्यु पछि मुखमा प्रशस्त फिज साFपले टोकेको जवर्दस्त निसानी हो । करैतले टोकेकोमा मृत्यु पेटको तीव्र दुखाई र छटपटीले पनि हुन्छ ।

भाईप्राईडले टोकेको खण्डमा मान्छेमा केही मिनटमा नै लक्षण देखिन थाल्छ र रोगीलाई वेहोसी र पुर्ण चेतनशुन्यतामा पुर्याई दिन्छ । रिकोभर गरे पनि काटेको ठाFउ सडन थाल्छ र स्वयं मृत्युको कारण वन्न सक्छ । त्यसमा मृत्यु सेप्टिसेमियाले पनि हुन्छ । कोव्राले ०.२ ग्राम,भाईपरले ०.१५ ग्राम र करैतले ०.००२ ग्राम विषलाई एक टोकाईमा इनजेक्ट गर्छ जवकि १२ र १५ मिलीग्राम मात्र मृत्यु गराउन सक्छ । मृत्यु भने कोव्राले टोकेमा १५ मिनट देखि १२ घंटा र भईपरले टोकेमा १ देखि चार घंटामा हुन्छ । कहिलेकाही त मिन्टोमा पनि मृत्यु हुन्छ । कहिलेकाही त साFपको डरले मात्र मृत्यु घटित हुन्छ र तव साFप विषरहित पनि हुन सक्छ । मुख र सिरमा टोकेको खण्डमा विषको असर चाडै हुन्छ तथा हात र खुट्टामा टोकेको खण्डमा अलि वेर लाग्छ ।

यदि हात खुट्टामा टोकेको छ भने रोगीलाई सुतायेर टोकेको ठाFउ माथि एउटा रवरको ट्युवले वा नपाईये कपडाले वाFधेर रोगीलाई तुरून्त अस्पतालमा पुर्याई दिनु पर्छ । यदि वाFधियेको छैन भने यो काम अस्पतालमा डाक्टरले गर्छ । त्यसले जहरलाई शरीरमा छिटो फैलिन दिदैन । तर त्यो वंधन आधा घंटा भन्दा वढी राखी राख्नु हुFदैन । पटक पटक खोल्दै र वाFध्दै जानु पर्छ । यसले रक्तसंचार वाधित हुन पाउFदैन र त्यो अंग सुन्न वा लाटो हुFदैन । टोकेको घाउलाई नर्मल सेलाईन वा पानीले राम्ररी सफा गर्नु पर्छ । त्यस पछि त्याहाF ठुलो रक्तनली वा हाड नकाटिने गरी एउटा ०.५सेंंमीको. चिरा लगाउनुस । त्यस पछि मुखले वा व्रेस्ट पम्पले त्यस घाउमा रहेको कुरा चुस्नुस तर मुखमा घाउ हुनु हुFदैन नत्र चुस्नेलाई नै विष लाग्छ ।

यो काम तव मात्र गरीन्छ जव काटेको एक घंटा भयेको छैन । कसै कसैले भन्छन कि यसले केही सहयोग गर्दैन । मैले नारायणी अस्पतालमा यस्तो गरेको देखेको छैन । भनिन्छ कि साFप स्वयंलाई चुस्न लगाईयो भने मान्छे निको हुन्छ र जहर लागेर साFप मर्छ । तर यो केवल एक किस्सा कहानी मात्र हो । जहर त साFपको लागि पचाउने रस हो जसले उसको मर्ने कुरा नै आउFदैन । आजभोली चुस्ने काम पनि गरिदैन किनभने आजभोली मारक एन्टिभेनम उपलव्ध छ । चुस्ने काम जव भेनम उपलव्ध थियेन तवको कुरा हो । भाईपरले टोकेको घाउलाई पोटासियम परमैग्नेटको घोलले धोईन्छ र कहिलेकाही हिपेरीनको इनजेक्सन पनि दिनु पर्छ ताकि रगतको थक्का जम्न नसकोस । अलिकति हिपेरिनलाई घाउमा पनि छरी दिनु पर्छ ।

कोव्रा र करैतले टोकेको घाउलाई पानी र कार्वोलिक सावुनले धोईन्छ । हाFप्किन इन्सिटीच्युटले पोलीभेलेन्ट एन्टिस्नेक भेनम र कसौलीमा एन्टिभेनिन वन्छ । पहिलोमा कोव्रा,करैत र भाईपर तीनवटैका एन्टिभेनम सुखायेर पाउडरको रूपमा एउटा भायलमा राखियेको हुन्छ । एन्टिभेनिनमा कोव्रा र रसेल भाईपरको मात्र एन्टिभेनम हुन्छ । पोलीभेलेन्ट एन्टिभेनमको २० एमएल नसामा विस्तारै विस्तारै दिईन्छ र हेरिन्छ कि रोगीको लक्षणमा सुधार भयो वा भयेन । भयेन भने २ घंटा पछि यसलाई फेरी त्यति नै मात्रामा दोहराईन्छ । कडा केसमा यसलाई प्रत्येक घंटामा दिदै गरीन्छ जव सम्म सवै लक्षणहरू समाप्त हुFदैन । हामीले एउटा केसलाई अस्पतालको अपरेसन थियेटरमा लगेर ठीक गरेका छौं किनभने रोगीको साFस वन्द वन्द हुन लागेको थियो ट्रेकियोस्टोमी गरेर आक्सिजन दिनु परेको थियो ।

यदि स्वास्थ्य कार्यकर्ता प्रशिक्षित छैन भने ४० देखि ६० एमएल एन्टिभेनम छाला मुनि दिये पनि हुन्छ तर त्यो नसामा दिये जस्तो प्रभावकारी हुFदैन । केही एमएल एन्टिभेनम घाउमा पनि दिनु पर्छ ताकि गैंग्रीन हुन नपाओस । यदि पोलीभेलेन्ट उपलव्ध छैन भने त्यसरी नै एन्टिभेनिन प्रयोग गरीन्छ तर यसको डोज ४० एमएल हुन्छ । याद राख्नुस पहिले एन्टिभेनमको ०.५ एमएल छाला मुनि दियेर सेन्सिटिभीटी टेस्ट गर्नु अनिवार्य हुन्छ । यसको अतिरिक्त एटिएस र एन्टिवायोटिक पनि दिनु पर्छ ताकि टेटनस र अन्य वैक्टेरियाको संक्रमण नहोस । दुखाई कम गर्न एस्पिरीन सावधानी पुर्वक प्रयोग गरीन्छ । यसको अलावा स्टिरवायड र पारालिसिस रोक्नको लागि एड्रीनलीन छाला मुनि र कोलिन मासुमा दिने गरीन्छ । एलर्जी रोक्नको लागि एन्टिहिस्टामिनिक पनि दिनु पर्छ । रोगीको लक्षण कम भये पछि गर्म चिया वा कफी दिईन्छ । अल्कोहल कदापि दिनु हुFदैन किनभने त्यसले विषको अवशोषणलाई वढाई दिन्छ ।

पोस्टमार्टममा वाईटको निसान पाईन्छ । रगत धेरै पातलो हुन्छ तर भाईपरको विषमा भित्रै नसामा जमेको हुन्छ तथा छाला मुनि पनि देखिन्छ । व्रेनमा रगत वाहिर निस्केको हुन्छ र सवै भीत्री अंग संकुचित भयेका हुन्छन । कहिलेकाही व्यापारीक जनावरलाई पनि सर्पंविषले मारिन्छ । यस्तो जनावरको मासु खाईयो भने केही हुFदैन तर उसको रगत अलिकति पनि इन्जेक्ट गरीयो मान्छे मर्छ । अव आउनुस इन्सेक्ट प्वायजनिंगमा ।

पाठकवृन्द सर्पदंशको लगते केही विषालु कीटको विवेचना किन ठीक ठान्छु म कि कहिलेकाही तिनको टोकाईले मान्छे मृत्युको नजीक र टोकाई यदि व्यापक छ भने मृत्यु समेत हुन्छ । हामीले सुनेको हुनु पर्छ कि जंगलमा माहुरीको झुण्ड नै टोकेर मान्छेको मृत्यु भयो । एउटाले टोके मात्र त लोकल प्रभाव वाहेक अरू केही हुFदैन र स्थानिय उपचारले ठीक हुन्छ । तर झुण्डको झुण्ड नै टोके भने अस्पताल पुर्याई उपचार गर्नै पर्छ अन्यथा लेनाको देना पर्छ । यस्तो इन्सेक्टमा वारूलो,माहुरी र अरिंगाल,विच्छु र कानखजुरो मुख्य हुन । वारूलो पहेलो हुन्छ र फुसको घरको छाना मुनि,अम्वाको रूख वा अन्य रूखमा छाता वनायेको हुन्छ । अम्वा टिप्न जानेलाइ यसले टोक्छ । जिस्काईयो भने सवै एक साथ आक्रमण गर्छन । यसको पुच्छरमा डंक हुन्छ जसमा फर्मिक एसीड र अन्य विष हुन्छन । वारूलोले टोके पछि आफ्नो सुई जस्तो डंकलाई छाला मुनि छोडी दिन्छ जसलाई उपचारको क्रममा निकाल्नै पर्छ ।

अरिंगाल वारूलो भन्दा ठुलो र कालो हुन्छ जसलाई भोजपुरीमा हड्डा भनिन्छ जो अक्सर मिठाई पसलमा उडी रहेका हुन्छन । जिस्काईयो भने वारूलो जस्तै डंक छोडछ र यसको विष पनि वारूलो भन्दा वढी हुन्छ । अधिक विष हेमोलाईटिक र न्युरोटाFक्सिक हुन्छ । माहुरी विषयुक्त र विष रहित दुवै प्रकारको हुन्छ अथवा भनु आक्रामक र कम आक्रामक दुवै हुन्छन । देहातमा विषयुक्त माहुरीलाई तरेया र विषहीनलाई गईंठई भनिन्छ । गईंठई वाट केटा केटीले पनि डराउFदैनन तर तरेया संग सवै डाराउFछन । मह र मोम पनि गईंठइको मन पर्दैन तर तरेयाको अव्वल हुन्छ । गाउFघरमा माहुरीले अनायस छानी छप्पर र सिलिंगमा आफ्नो घर वनाउFछ । जंगली माहुरी जंगली जनावर जस्तै वढी आक्रामक हुन्छ ।

मह उद्योगमा पालियेको माहुरी थरी थरीका हुन्छन । छेडियेन भने माहुरीले केही गर्दैन तर छेडियो भने झुण्डका झुण्ड तपाई माथि आई लाग्छन । अक्सर यीनी झुण्ड वनायेर एक ठाउF वाट अर्को ठाFउमा सर्छन । कहिलेकाही मानिष त्यस झुण्डमा फFस्छ । यदि सिर निहुरायेर वसियो भने तपाईको शरीर भरी वस्छन तर केही गर्दैनन । अचल स्थिर वसियेन भने आफत पर्छ । माहुरीको विषमा ः हिस्टामिन,मेलिटिन,हाईल्युराईनाईडेज,फस्फोलाईपेज आदि विष हुन्छन । सिंगल स्टिंगमा लोकल दुखाई,जलन र त्यो भाग मात्र सुन्नियेर जान्छ । तर धेरै स्टिंगले एनाफाईलेक्टिक साFक जस्तो प्रतिक्रिया दिन्छ जुन चक्कर,छाति कस्सियेको महसुस हुने ,अर्टिकेरिया अर्थात छालामा रातो चकता देखिन्छ जुन एलर्जीको कारणले हुन्छ ,धडकन,वेहोशी,अनुहार रंगियेको,छाला चिसो हुने,थाहै नपाई दिशा पिसाप हुने र कहिलेकाही पिसापमा रगत देखिने र न्युराईटिस हुन्छ । साFकले मृत्यु समेत हुन सक्छ । उपचारमा स्टिंगलाई निकाल्न आवश्यक हुन्छ ।

एलर्जीको रोक्नको लागि ०.५ एमएल एड्रिनेलिन छाला मुनि दिईन्छ । विच्छुले टोकेमा न्युरोटाFक्सिन,हेमोलाईसिन,एग्लुटिनिन, हेमोह्रेजिन,फस्फोलाईपेज ए,ल्युकोसाईंटोलाईसिन,कोगुलिन ,फर्मेन्ट,लेसिथिन र कोलेस्टिनिन आदि थुप्रै विषहरू हुन्छन । लक्षणको रूपमा टोकेको ठाFउमा एउटा रातो घाउ हुन्छ जहाF वाट जलनयुक्त घनघोर दुखाई भयेर चारै तिर फैलिन्छ र मुर्छा,मांसपेशीमा कमजोरी ,पातलो दिशा,कन्भल्सन,मानसिक गडवडी र कहिलेकाही मुटु समेत वन्द भयेको देखियेको छ । काटेको ठाFउमा सडन,फोक्सो सुन्निने र कहिलेकाही लकवा पनि देखिन्छ ।

मृत्यु हुनेहरूमा धेरै पसीना आउने र फोक्सो सुन्नियेको देखिन्छ । सर्पले टोकेको जस्तै विच्छु टोकेमा पनि वाईटको माथिल्लो भागलाई कपडाले वाFधिन्छ । चिरा लगाई पोटासियम परमैग्नेटको घोलले घाउलाई राम्ररी सफा गरीन्छ र त्यसमा कोकेनलाई दलिन्छ । प्रोकेन इपिनेफ्रिनले पनि यो काम गरीन्छ । साFक छ भने सेलाईनमा हाईड्रोकोर्टिसोन दिनु पर्छ । यदि स्कोर्पियन भेनम उपलव्ध छ भने अवश्य दिनु पर्छ । १० प्रतिसत डिडिटी छर्कनाले विच्छु मर्छ । कनखजुरा २ देखि १० सेमीको हुन्छ । यसले डंकले होईन मुखले टोक्ने गर्छ जहाF धेरै दुखाईको साथ छाला रातो भयेर जान्छ । कुनै घाउमा जसरी यहाF पनि लिम्फनोड वढछन । उपचार लक्षणको अनुसार हुन्छ । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here