मानव इतिहासको निकै लामो कालखण्डमा जङ्गली अवस्थामा समेत बुबालाई कसैले नचिने पनि आमालाई भने सबैले चिन्थे । आमा र सन्तानबीचको निकटता, माया, प्रेम, वात्सल्य आदि यी कुराहरूलाई प्रकृतिको अद्वितीय उपहार भने पनि हुन्छ । हामी सबैलाई थाहा भएकै विषय हो– आमाविना सन्तानको कल्पना पनि गर्न सकिंदैन । तर आजको २१औं शताब्दीको आधुनिक अवस्थासम्म आइपुग्दा आमाहरूले निकै कहालीलाग्दो जीवन तिनै सन्तानका व्यवहारको कारण बिताउन बाध्य रहेको देख्दा मानव सर्वश्रेष्ठ प्राणीभन्दा पनि पैसाको लागि जे पनि गर्न सक्ने निकृष्ट प्राणी हो भन्दा अतियुक्ति नहोला । विश्वका धेरै पूँजीवादी देशहरू जस्तै नेपालमा पनि आमा दिवस यसपटक पनि औपचारिकताकै लागि भएपनि मनाइयो तर विश्वका प्रायः मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरूषबीच ठूलो विभेद छ । हुनत हामी जन्म दिने आमालाई मात्र होइन, गाईलाई समेत आमा भनिन्छ । जबकि यो अर्को बहस हो कि त्यही गाईलाई दूध दिउन्जेल दाना खुवाइन्छ तर दूध दिन छोडेपछि सडकमा लावारिस छोडिन्छ । पूँजीवादी व्यवस्थाको यो आर्थिक प्रवृत्तिले गर्दा हाम्रो समाजमा गाई मात्रै होइन मानिस आप्mनो देशलाई पनि आमा भन्ने गर्छन् तर पद र पैसाको लागि तिनलाई पनि बेच्न पछि पर्दैन भने जन्म दिने आमालाई वृद्धाश्रम पठाउने, घरपरिवारमा उपेक्षा, दमन र नारकीय अवस्थामा राख्ने गरेको सर्वत्र देख्न सकिन्छ । मध्यम तथा धनाढ्य परिवारका वृद्धवृद्धाहरूसमेत वृद्धाश्रममा देखिन्छन् । घरमैं बस्ने वृद्धवृद्धा कष्टकर जीवन बिताइरहेको देखिन्छ । तर आमा दिवस वा बुबाको मुख हेर्ने दिन सामाजिक सञ्जालहरूमा शुभकामनाको ओइरो लागेको हुन्छ । यस्तो औपचारिकता किन ? यसबारे थोरै चर्चा गरौं–

यस्तो हुनुको मुख्य कारण हाम्रो विभेदयुक्त सामाजिक बनावट हो । हाम्रो सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिक सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पहुँच ज्यादै न्यून छ । नेपालमा कुल जनसङ्ख्याको आधाभन्दा बढी (५१.५० प्रतिशत) हिस्सा ओगटेका महिलाहरू राज्यका हरेक पक्षमा हुनुपर्ने सङ्ख्यामा अनुपस्थित छन् । प्रायः महिलाहरू, शिक्षामा पकड कमजोर तथा अन्धविश्वास र रूढिवादमा पकड बलियो रहेको कारण पुरुषजन्य हिंसाको शिकार हुनुपरेको यथार्थ छ । परम्परागतरूपमा जातपात, कम उमेरमा विवाह, छोरीभन्दा बढी छोराको महŒवजस्ता सामाजिक मान्यताले महिलाको चेतनाको विकास हुन सकेको छैन । लैङ्गिक असमानता, साधन र स्रोतको अवसर आदिमा कमीका कारण महिलाहरूको स्तर निकै पछाडि छ । महिला हक, अधिकार र सशक्तीकरणका लागि विभिन्न गैरसरकारी सङ्घसंस्था तथा सरकारी निकायले सशक्त काम गरिरहेकै विभिन्न तथ्याङ्कमा देखिए पनि त्यो राजाको काम कहिले जाला घाम जस्तै हुन गएको देखिन्छ । नेपालको संविधानमा महिलासम्बन्धी हक सुनिश्चित गरिएको छ । त्यस्तै अन्तर्राष्ट्रियस्तरमा पनि नारीलाई पुरुष सरह हरेक क्षेत्रमा समानता हुनुपर्छ भनिन्छ । तर यी सबै कुराहरू हात्तीको देखाउने दाँत र खाने दाँत फरकफरक भएजस्तै हो ।

सामन्तवाददेखि पूँजीवादसम्म महिलाप्रति पुरुष दृष्टिकोण नै भोग्य ठानिएकोले महिलाहरूको यो दयनीय अवस्था विकसित देशहरूमा समेत देखिन्छ । वास्तवमा मानवजातिका लागि धर्तीले जति बोझ थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले हाँसीहाँसी त्यतिकै कष्ट उठाउँछिन् । हुनत आमालाई नेपालका सबै धर्म–सम्प्रदायदेखि साहित्य, सङ्गीत र फिल्ममा समेत उच्च स्थान दिएको देखिन्छ तर व्यवहारमा छवि र पहिचान उही भएपनि बदलिंदो समयसँगै नेपाली आमाको भूमिका र शैली थोरै भएपनि परिवर्तन भइरहेको देखिन्छ । बालविवाह र बहुविवाहमा बन्देज, शिक्षा र स्वास्थ्योपचारमा पहुँच, परिवार नियोजन, विद्युत्, सडक, खानेपानी लगायत सुविधाको विस्तारले आमाहरूको जीवनलाई पहिलेभन्दा अपेक्षाकृत सहज बनाएको छ ।

पहिले त सुत्केरी हुँदै र बच्चा स्याहार्दैमा आधा जीवन बित्थ्यो । तर पनि प्रत्येक ९० सेकेन्डमा एकजना आमाको, बच्चा जन्माउने क्रममा मृत्यु भइरहेको तथ्याङ्क अझै पनि डरलाग्दो नै छ । केही दशक अघिसम्म अधिकांश आमा लेकबेंसी वा तराईको खेतीपातीको आवश्यकतालाई सम्झँदै छोराछोरी हुर्काउँथे । अहिले हिउँ छल्न कुम्लो–कुटुरोसँगै छोराछोरी बोकेर पहाड वा तराई झर्ने हिमाली आमा हुन् या छोराछोरीलाई बाढी, शीतलहर या लूबाट जोगाउन अनेक प्रयत्न गर्ने मधेसका आमा, यिनीहरू सबै आप्mना सन्तान फराकिलो संसारमा रमेको हेर्न चाहन्छन् । छोराछोरीको स्याहार, घरधन्दा र खेतीपातीमा व्यस्त आमाहरू सन्तानको शिक्षाको तारतम्य मिलाउन लागिपर्छन् । स्वास्थ्य विभागको डाटा हेर्ने हो भने चार दशक अघि एउटी आमाले सरदर ६.२ सन्तान जन्माउँथिन्, अहिले यो दर ३.१ मा झरेको छ । शहरमा त अझ १.६ मात्रै छ । यो परिवर्तनले आमाहरूलाई छोराछोरी बोल्ने–हिंड्ने भएपछि मन्टेसरी वा किन्डरगार्टेनमा हालेर आपूm आयआर्जनमा लाग्न सक्ने बनाएको छ ।

स्वदेशदेखि विदेशका श्रम बजारमा नेपाली महिलाको बढ्दो उपस्थिति त्यसैको परिणाम हो । यस्तो अद्भुत परिवर्तनबीच खास गरेर ग्रामीण आमाहरू अन्यायमा परिरहेका छन् । उनीहरूले हुर्काइ–पढाइ वा रोजगारका लागि शहर वा विदेश पठाएका सन्तान गाउँघर फर्कन छाडेका छन् । छोराछोरीले शहर वा विदेशमा घरजम गर्नुलाई उनीहरूको प्रगति ठान्दै आमाबुबाहरू सुनसान घरमा चित्त बुझाएर बस्न बाध्य रहेको देखिन्छ । यसरी तन्नेरीहरू विदेशिंदा उजाड गाउँका घरमा एक्लो र अशक्त जीवन बिताउने आमाबुबाको सङ्ख्या बढ्दो छ ।

नेपाली समाजमा बेरोजगारी, गरीबी तथा चरम महँगीले गर्दा सन्तानमाथि सन्तान जन्माउनेदेखि छोराछोरीसहित आत्महत्या गर्ने आमाहरूको सङ्ख्या एकातर्फ बढ्दैछ भने अर्कोतर्फ आमाहरूलाई सन्तानहरूले वृद्धाश्रममा लगेर आप्mनो अभिभारा पूरा भएको ठान्ने सन्तानहरूको सङ्ख्या पनि उल्लेखरूपमा बढ्दै गइरहेको देखिन्छ । जबकि छोरालाई मृत्युदण्डबाट जोगाउन आकाश–पाताल एक पार्ने आमाहरू यहाँ छन् । दोलखा, जोगीमाराकी ६७ वर्षीया सन्तकुमारी परियारले १३ छोरा र १२ छोरी जन्माइन्, जसमध्ये सातजना जीवित छन् । ताप्लेजुड्ढी ७५ वर्षीया तुलसा बरालले २० सन्तान जन्माएर १६ जनालाई बचाइन् । परिवार नियोजनको सुविधा नपाएकी अर्घाखाँचीकी सुन्तली विकले ४५ वर्षको उमेरमा १५ सन्तान जन्माएकी छन् ।

अहिले तीन नाति–नातिनाकी हजुरआमा बनिसकेकी उनको काखमा चार वर्षकी छोरी पनि छिन् । तर ‘१२ छोरा १३ नाति बूढाको धोक्रो काँधैमाथि’ भनेजस्तै जति धेरै वा थोरै सन्तान जन्माए पनि आमाहरू प्रायः बुढेसकालमा अपहेलनाकै शिकार भएका छन् । छोराबुहारीको खटनमा बाँच्नुपर्ने छोराबुहारीको डरले मनको कुरा छिमेकी वा पाहुनासँग पनि गर्न नपाउने अवस्था अझै कति दशक रहने हो भन्न सकिन्न । तर हत्याको अभियोगमा संयुक्त अरब इमिरेट्समा मृत्युदण्ड सुनाइएका पर्वतका दुर्गाबहादुर सुनारलाई बचाउन आमा मनकुमारी (६४)ले गरेको हारगुहार सन्तानको जीवनरक्षाका लागि आमाले गर्न सक्ने प्रयासको बेजोड उदाहरण बनेको छ । तर सन्तानले यतिधेरै दुःख गरेर आमाबुबालाई बचाएको कुरा लोककथाहरूमा मात्रै सुन्न पाइन्छ, व्यवहारमा त कतै देखिएको छैन ।

गरीबीले गर्दा छोराछोरीलाई खुवाउन नसकेर बझाड्ढी सञ्जुदेवी पुजारा (३५)ले साउन २०६७ मा सात र पाँच वर्षका छोरासहित स्थानीय माटेखोलामा फाल हालिन् । छोराछोरीलाई विष खुवाउने, इनारमा फालेर आपूm पनि आत्महत्याको प्रयास गर्ने आमाहरूका समाचार बेलाबेला आइरहेका छन् । त्यसैले भनिन्छ आमालाई उपेक्षा गर्ने वर्ग–समुदाय कहिले पनि विकास गर्न सक्दैन । प्रायः सबै आमाले सन्तानको सुखमा आप्mनो खुशी देख्छन् । सन्तानप्रति आमाको यस्तो दृष्टिलाई बुढेसकालमा उनीहरूबाट सुरक्षित भइने स्वार्थसँग पनि जोड्ने गरिन्छ । तर पनि बुढेसकालमा आखिर किन सन्तानबाट प्रायः आमाहरूले दुःख र उपेक्षा मात्रै पाउँछन् ?

यसको मूलमा आमाबुबाको ममता आप्mनो छोराछोरीमा हुनु स्वाभाविक हो । उनीहरूको ममता छोराछोरीप्रति बढी देखिन्छ । यसको निहितार्थ छोराछोरीले बुढेसकालमा आप्mनो सुरक्षा होस् भन्नु हो । तर यो भनेको पानीलाई उकालोतिर लैजाने बराबर हो । जसरी पानी उकालोतिर लग्न विशेष मोटर वा बल जरुरी हुन्छ, त्यसैगरी आप्mनो बालबालिका जस्तै बूढा बुबाआमाको हेरचाह गर्नु सम्पूर्णरूपले विचार गर्नु पूँजीवादी र सामन्ती अर्थ प्रणाली र संस्कृतिले धान्न सक्दैन । यसैले गर्दा प्रत्येक घरमा बूढाबूढी उपेक्षाले ग्रसित छन् । पूँजीवादी उत्पादन प्रणालीले प्रत्येक समाजलाई पूँजीमुखी बनाएको हुनाले उत्पादनप्रति मात्रै उनीहरूको ध्यान केन्द्रित हुने संस्कृति विकसित भइरहेको छ । स्वभावैले बूढाबूढी उत्पादन गर्न सक्दैनन्, खर्च मात्रै बढाउँछन् । यस्तोमा पूँजीवादी संस्कृतिले बूढाबूढीको हेरचाह गर्ने संस्कृति नै विकास गर्न सक्दैन ।

बरु ठीक उल्टो भविष्यमा उत्पादन गर्ने प्रचुर सम्भावना भएका सन्तानलाई मात्रै उनीहरूले रेखदेख गर्ने, माया–प्रेम गर्ने देखिन्छ । तर लोकलाजको डरले पूँजीवादले औपचारिकरूपमा मदर्स डे, फादर्स डे मनाएर बूढाबूढीलाई सम्मान गरेको नौटङ्की गर्दै आएको दशकौं भइसकेको छ । समाजमा बूढाबूढीहरूलाई यथोचित सम्मान र उनको अनुभवबाट शिक्षा लिन सक्ने अवस्था तयार पार्ने हो भने त्यसको लागि पूँजीवादी समाज र सामन्त संस्कृति दुवैको सट्टा वैज्ञानिक समाजवादी भौतिकवादी समाज र मानववादी तथा प्रकृतिमैत्री संस्कृति जरुरी छ । आज पूँजीवादले गर्दा नदी, पर्यावरण, बोटबिरुवा, जङ्गली जीवजन्तु सबै सङ्कटमा छन् । प्रकृतिमा भइरहेको तीव्र विनाशले सबैतिर प्राकृतिक विपदा घटिरहेको छ, जसबाट प्रकृति नै समाप्त हुने खतरा उत्पन्न हुन पुगेको छ । यसर्थ हामीले सही अर्थमा आमालाई सम्मान गरेको तब ठहरिन्छ, जब हामी नदीलाई प्रदूषणमुक्त बनाउँछौं, जमीनलाई रूखबिरुवाले हराभरा बनाउँछौं र जनावरहरूको वासस्थान बढाउँदै लान्छौं ।

हामी केवल मानवको स्वार्थ हेर्दैनौं, सबै जीव र प्रकृतिको रक्षा र विकासको चिन्तन जरुरी छ । अनि मात्रै हामीले आमाप्रति सही अर्थमा सद्भाव राखेको ठहरिनेछ । यसको लागि जबसम्म समुदाय समाजवादी समाज निर्माणको दिशामा अगाडि बढ्दैन, तबसम्म आमा दिवस वा बुबाको मुख हेर्ने दिनलगायत चाडपर्व, उत्सवहरू केवल नौटङ्की र औपचारिकतामा मात्रै सीमित रहनेछन् र यस्तो चाडपर्वले पूँजीपतिहरूको व्यापार वृद्धि गर्नुबाहेक अरू कुनै अर्थ राख्दैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here