प्रस, वीरगंज, २८ वैशाख/

विन्ध्यवासिनी गाउँपालिकाका दुई दर्जन किसानले एकजना उद्योगपतिले आपूmहरूलाई जग्गा खरीद गर्ने भनेर बैना दिएको र पछि अदालतमा मुद्दा दिएर दुःख दिएको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासङ्घ पर्साको सभाकक्षमा शुक्रवार पत्रकार सम्मेलन गर्दै विन्ध्यवासिनी गापा–२ का किसानहरू रामेश्वर साह रौनियार, भरत मुखिया, भिखारीराउत कुर्मी, अम्बरराउत कुर्मी, अमृत हजरालगायतले वीरगंज महानगरपालिका–१० बस्ने सुमितकुमार झुनझुनवालाले विन्ध्यवासिनी गापा–८ गर्दौलनजीकको जग्गा खरीद गर्ने भनेर आपूmहरूलाई बैना दिएको र सोबापत कागज गराएको तथा जग्गा रजिस्ट्री नगरेर अल्झाएको र अहिले आएर पर्सा जिल्ला अदालतमा बैनाबमोजिमको रकम माग गर्दै मुद्दा दिएको बताए ।

उनीहरूले पाँच बिघा १० कट्ठा जग्गा खरीदको लागि विन्ध्यवासिनी गापा–८ गर्दौल, रामनगरी, फूलकौलका किसानहरूका घरघरमा गएर बैनाबापतको रकम दिएपछि रजिस्ट्री गर्ने आश्वासन दिएको र पटकपटक रजिस्ट्रीका लागि निजको घर, कारखानामा धाउँदा पनि रजिस्ट्री नगरेकोमा अहिले आएर आपूmहरूसँग ब्याजसहितको रकम माग गर्दै अदालतमा मुद्दा दिएको बताए ।

किसानहरूले आफूहरूले रजिस्ट्रीको लागि कहिले पनि बाधा अवरोध नगरेर अहिले पनि बैनाबापतको जग्गा रजिस्ट्री गर्न तयार रहेको बताए । किसानहरूले आफूले बैना लिएर सो रकम खर्च गरेको र सोको फाइदा उठाउँदै झुनझुनवालाले आफूहरूको जग्गा सरकारी दाममा लिलाम गर्ने प्रपञ्च रचेको बताए ।

उनीहरूले अदालतमा मुद्दा दिनुको कारण बैनाबापतको रकम किसानहरूले फिर्ता गर्न नसक्ने र सो जग्गा लिलाम गरेर सरकारी दररेटमा सकार गर्ने कुनियत रहेको बताए । किसानहरूले बैना अनुसारको जग्गाको मूल्याङ्कन गरी अदालतले आफूहरूलाई सोही अनुसारको निसाफ दिनुपर्ने माग गरेका छन् । उनीहरूले बैना भएको समयमा गरिएको कबुल अनुसारको रकम दिएर रजिस्ट्री गर्न तयार रहेको बताए । झुनझुनवालाको वीरगंज–१० मा श्रीसिया नदीसँग जोडिएको केमिकल कारखाना छ । सो कारखानाको रसायनयुक्त पानी श्रीसिया नदीमा विसर्जन गर्न महानगरले रोक लगाएपछि निजले कारखाना विन्ध्यवासिनी गापामा सार्ने प्रयास गरेका थिए । सोको लागि उनले त्यहाँका किसानहरूसँग जग्गा खरीदको लागि पहल गरेको र अहिले आएर अदालतमा मुद्दा दिएर किसानहरूको जग्गा सरकारी दररेटमा हडप्ने प्रपञ्च रचेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here