प्रस, वीरगंज, २५ वैशाख/
माछापुच्छ्रे बैंकले मङ्गलवार कर्पाेरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मङ्गलवार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो । एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पाेरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पाेरेट क्रिकेटमा विजेता भएको हो । आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा दुर्ई विकेटको क्षतिमा पूरा ग¥यो । माछापुच्छ्रेको जीतमा निशेष केसीले ३१ र वैभव जोशीले १६ रन जोडेका थिए । निशेषले १४ बलमा तीन चौका र दुर्ई छक्का प्रहार गरे । वैभवले एक चौका र एक छक्का प्रहार गरेका थिए ।
आइसिएफसी फाइनान्सको बलिङमा सुरज तिमल्सिना र सञ्जोग गुरुङले समान एक/एक विकेट लिएका थिए । त्यसअघि आइसिएफसी फाइनान्सले निर्धारित पाँच ओभरमा एक विकेटको क्षतिमा ६५ रनको योगफल बनाएको थियो । आइसिएफसी फाइनान्सका लागि अरविन्द राणाले १३ बलमा ३१ रन र सुरज तिमल्सिनाले १३ बलमा १६ रन जोडे ।
रविन्दले चार चौका र दुर्ई छक्का प्रहार गरेका थिए । माछापुच्छ्रेका बलरले विकेट लिन सकेनन् । ‘प्लेअर अफ दी फाइनल’ माछापुच्छ्रेका निशेष केसी घोषित भए । यस सिजनको विजेता माछापुच्छ्रे र उपविजेता आइसिएफसी फाइनान्सले ट्रफी र उपहार पाएका थिए । ‘प्लेयर अफ दी टुर्नामेन्ट’ आइसिएफसी फाइनान्सका सुरज तिमल्सिना र बेस्ट ब्याट्सम्यान एनआइसी एशिया बैंकका अमर रावल घोषित भएका थिए । त्यस्तै, बेस्ट बलरमा आइसिएफसी फाइनान्सका सुरज तिमल्सिना, बेस्ट फिल्डरमा माछापुच्छ«ेका श्रीजन सुवेदी र बेस्ट विकेटकीपर माछापुच्छ्रेका निशेष केसी भएका थिए । सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीमा एनआइसी एशियाका अमर रावल थिए भने ‘फेयर प्ले अवार्ड’ प्राइम बैंकले प्राप्त ग-यो । प्रतियोगिताको बैंकिङ पार्टनर एनआइसी एशिया बैंक थियो । विजेतालाई एमाले नेता कर्ण थापा, हरिनारायण रौनियार, नेकोसका अध्यक्ष परशुराम बस्नेत, नेपाल क्रिकेट सङ्घ (क्यान)का उपाध्यक्ष रोशन सिंह र एसएस इभेन्ट्सका निर्देशक सुमित रौनियारले पुरस्कार वितरण गरेका थिए ।