प्रस, सेढवा, २५ वैशाख/
पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको दुग्धेश्वर महादेव मन्दिर रामभौरीभाथामा सोमवार मेला सम्पन्न भएको छ ।
हरेक वर्षझैं सोमवार वैशाख कृष्णपक्ष त्रयोदशीका दिन दुग्धेश्वर महादेव मन्दिरमा एकाबिहानैदेखि भक्तजनहरूको भीड लागेको थियो । मेलामा पर्सा, बारा, रौटहट तथा भारतको बिहार राज्यका विभिन्न स्थानबाट भक्तजनहरूको ताती लागेको थियो । भक्तजनहरूले भगवान् शिवलाई जल, अक्षता, फूल, प्रसाद, धुपलगायतका पूजा सामग्री चढाइ पूजा आराधना गरेका थिए । यसका साथै भाकल अनुसार मेलामा अष्ठजाम र भगवान् शिवको आराधना ठाउँठाउँमा भइरहेको थियो । मेलामा चर्मरोग निको भएका भक्तजनहरूले सावा भार भन्टा चढाउने प्रचलनसमेत रहेको छ ।

मानवबस्तीदेखि करीब १७ किलोमिटर जङ्गलभित्र रहेको भाथा पहाडमा अवस्थित यस मन्दिरमा दर्शन गर्न भारतीयहरू पनि आउने गरेका छन् । जङ्गल, पहाड तथा खोलाको रमणीय दृश्यको अवलोकन गर्ने उद्देश्यले पनि भारतीय भक्तजनहरू मेलामा आउने गरेका छन् । गत वर्ष जङ्गल प्रवेशका लागि निकुञ्ज प्रशासनले सोनवर्षाको नाका मात्र खोले पनि यस वर्ष दुईवटा नाका खोलिएको सुनाखरी वन समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले बताए । लामो समयदेखि बन्द रहेको ठोरी गाउँपालिकाको गडुवालाइन पोस्ट नाका खोलिएको र सो नाका भएर चारभैया पोस्टमा पुग्ने व्यवस्था रहेको पाख्रिनले बताए । चारभैयाबाट मन्दिरसम्म एउटै बाटो प्रयोग गरी जाने व्यवस्था रहेको हुँदा बाटोमा निकै भीड रहेको यात्रीहरूले बताए ।

सोमवार बिहानदेखि नै भाथा जाने यात्रीहरूको लर्काे लागेको थियो । भारतीय यात्रीहरू ठोरी, बलुवा, जानकीटोला, भिस्वा र वीरगंज नाका भएर नेपाल भित्रिएका थिए भन्ने रातिको बास भाथा खोला, धर्मशाला तथा जीराभवानी, पटेर्वासुगौली र ठोरीका मठमन्दिरमा बसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here