प्रस, वीरगंज, २१ वैशाख/
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अभिराम शर्मा मधेस प्रदेशसभा सदस्य पदबाट निलम्बित भएका छन् । वैशाख १८ गते प्रदेशसभा सदस्य शर्मालाई निलम्बन गरिएको मधेस प्रदेशसभा सचिवालयले जनाएको छ ।
महोत्तरी जिल्ला अदालतबाट सांसद शर्मालाई जन्मकैदको फैसला भएपछि उनलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको प्रदेशसभा सचिवालयका सचिव अरुणकुमार झाले बताए । शर्मालाई प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम २१० को उपनियम (४) बमोजिम निलम्बन गरिएको झाले बताए । अदालतले सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्ष्Fक थमन विकको हत्यामा शर्मालाई दोषी ठह¥याउँदै जन्मकैदको फैसला सुनाएको थियो ।