प्रस, परवानीपुर, २० बैशाख/

वीरगंज महानगरपालिका–२१ पटेलनगरमा निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। हिमालयन डिस्टिलरीको आर्थिक सहयोगमा जीवनरेखा समाज ललितपुर र नेशनल मेडिकल कलेजको संयुक्त आयोजनामा बुधवार सम्पन्न शिविरमा ७१९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय परिसरमा आयोजित शिविरमा १८७ पुरुष, १५७ महिला र ३७५ बालबालिका गरी ७१९ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै निश्शुल्क औषधि वितरण गरिएको शिविरका इन्चार्ज विकास गुप्ताले जानकारी दिए।

शिविरमा जेनरल मेडिसिन, गाइनो, अर्थाेपेडिक, दाँत, नाक, कान, घाँटी, मुटु, छालालगायत रोगबारे डा परवेज अन्सारी, डा प्रवीण साह, डा ओमप्रकाश पडित, डा अविनाश सिंह, डा फिरोज अन्सारी, डा स्वाति साह, डा सञ्जीवलगायतले चेकजाँच गरेका थिए।

शिविरको उद्घाटन हिमालयन डिस्टिलरी प्रालिका जेनरल मेनेजर नवीन उपाध्यायले गरेका थिए। शिविरमा प्रअ लक्ष्मण साह, विव्यस अध्यक्ष निरञ्जन पटेल, लिपनीबिर्ता गाविसका पूर्वध्यक्ष जतनराउत कुर्मी, एमाले नेता जलन्धर राउत कुर्मी लगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here