प्रस, पर्सागढी, २० वैशाख/

मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदूर सङ्घर्ष समितिले आन्दोलनस्वरूप चैते धानखेती गराएको छ।

पर्सागढी नगरपालिका–२ मा बुधवार सङ्घर्ष समितिले स्थानीय गरीब मुखिया बिनको ३८ कट्ठा जग्गामा चैते धानखेती गराएको हो।

बिनले २०७० सालमा जीतपुरसिमरा उपमहानगर–७ बस्ने पुण्यदेव कलवारसँग रु दुई लाख ब्याजमा कर्जा लिएका थिए। सोबापत उनले २१ कट्ठा जग्गा कलवारको नाममा गरेका थिए। सोबापतको सावाँ, ब्याज २०७३ सालमा दुई लाख ५३ हजार तिरेको तर जग्गा भने कलवारले आफ्नो नाममा नगरेको बिनले बताए।

कुल ३८ कट्ठा जग्गामध्ये २१ कट्ठा जग्गा कलवारले थिचोमिचो गरी आफ्नो नाममा राखेपछि सोमा खेतीपाती भने उनैले गर्दै आएका थिए।

बीचमा दुई वर्ष कलवारले बटैयामा खेती गराएका थिए र यसपटक सङ््घर्ष समितिले ३८ कट्ठा जग्गामा बुधवार चैते धानखेती गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here