प्रस, परवानीपुर, १८ वैशाख/
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले सरकारको नेतृत्व गरेमा देशमा विकास र समृद्धि आउने बताएका छन् । वीरगंजमा मङ्गलवार बिहान प्रेस चौतारी, पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

एमालेले आप्mनो रणनीति बनाइ जनहितमा सरकार चलाउने प्रतिबद्धता व्यक्त गर्दै देश विकासमा पहिलेदेखि लागिपर्दै आएको र आगामी दिनमा पनि जनताप्रति जिम्मेवार रहेको उनले बताए । सरकार खस्छ कि रहन्छ भन्ने प्रश्नमा उनले भने– अहिले सरकार फेरबदल हुँदैन । यही सरकारले जनहितमा काम गर्ने र सत्तासाझेदार दलहरूको सोच अनुसार सरकार चलिरहेको छ ।

उपाध्यक्ष पोखरेलले काङ्ग्रेससँग सहकार्य गरेर एमालेले सरकार नबनाउने पुष्टि गरे । माओवादी–काङ्ग्रेस गठबन्धन सरकारविरुद्ध एमालेले अभियान चलाएको र सो अभियान सार्थक साबित भएको उनले बताए । नेता पोखरेलले नेकासँगको सहकार्यमा एमालेले सरकार बनाउने हल्ला मात्र चलेको र त्यसमा सत्यता नरहेको पुष्टि गरे ।

उनले पछिल्लो गठबन्धन अपवित्र थियो किनकि एमालेविना विकास सम्भव हुँदैन र एमालेकै चाहनामा पछिल्लो गठबन्धन भत्किएको र नयाँ समीकरण बनेको बताए ।

पत्रकार सम्मेलनमा एमाले मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पर्सा इन्चार्ज अच्युत मैनाली, सांसद राजकुमार गुप्ता, प्रभु हजरालगायतको सहभागिता थियो । पत्रकार सम्मेलन प्रेस चौतारी पर्साका अध्यक्ष्F तुलसी भण्डारीको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here