नेपालका वामपन्थी दलहरूबीच एकताको विषयले फेरि पनि चर्चा पाएको छ । यहाँका वामपन्थी दलहरू फुट्ने, जुट्ने र फेरि फुट्ने क्रम दोहोरिंदै आएको छ । २०७४ सालको आमनिर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको वाम गठबन्धनको साझा घोषणापत्रमाथि विश्वास गरी जनताले तिनलाई करीब–करीब दुई तिहाइ जनादेश पनि प्रदान गरेको थियो । वामपन्थी एकताको उत्साह यतिमाथिसम्म पुगेको थियो कि दुवै दल मिलेर नेकपाको पनि गठबन्धन भयो तर यो एकीकरण पनि टिकाउ भएन र दुई दलबीच एकीकरण भई बनेको नेकपा विभाजन हुँदा तीन दलमा विभाजित हुन पुग्यो । उत्तरी छिमेकीको सक्रिय सुझावका बावजूद पार्टी विभाजनलाई रोक्न सकिएन । एकपटक फेरि पनि पार्टी एकीकरणको विषय चर्चामा छ तर नेकपा (एकीकृत समाजवादी) नेकपा (एमाले)सित मिलेर जाने पक्षमा मात्रै देखिंदैन कि नेकपा (एमाले) पनि समाजवादी मोर्चासितको सहकार्य अथवा मोर्चा र एकीकरणलाई औचित्यहीन ठानिरहेको छ ।

नेपालका वामपन्थी दलहरू आप्mना साथीहरूको गुणगान गर्न कञ्जुस्याइँ गर्दैनन् र गाली नै गर्नुपरे राष्ट्रविरोधी गद्दार र भ्रष्टाचारीसम्मको आरोप लगाउनमा पनि कञ्जुस्याइँ गर्दैनन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेताहरूमध्येका एक पुष्पलाल श्रेष्ठले शुरूमा नेपाली काङ्ग्रेसबाटै आप्mनो राजनीतिको थालनी गरेका थिए । उनी बाँचुन्जेल यस मान्यताका पक्ष्Fमा थिए कि नेपाालमा निरङ्कुश राजतन्त्रविरुद्धको लडाइँ तथा लोकतन्त्र स्थापनाका लागि नेपाली काङ्ग्रेससित हातेमालो गरी जानुको विकल्प छैन तर त्यति बेला उनलाई गद्दारको संज्ञा दिइयो । २०३६ सालको जनमत सङ्ग्रहमा नेपालका अधिकांश वामपन्थी बहुदलीय व्यवस्थाको विपक्षमा हुनुको कारण पनि त्यही नै थियो । जबकि विसं २०४६ मा देशमा प्रजातन्त्रको पुनर्बहालीका लागि भएको आन्दोलनमा देशका वामपन्थीहरूले नेपाली काङ्ग्रेससित मिलेर सक्रिय सहभागिता देखाएकै कारण देशमा प्रजातन्त्र पुनस्र्थापना भएको थियो । २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच पार्टी एकीकरण भएपछि बनेको नेकपा (एमाले) अहिले पनि अस्तित्वमा छ । नेकपा (एकीकृत समाजवादी)को चरित्र पनि त्यही हो ।

कार्ल माक्र्सले ‘दी कम्युनिस्ट मेनुफेस्टो’ लेखेर अगाडि ल्याएको कम्युनिस्ट विचारले संसारका पिछडिएका किसान, मजदूरलगायत हेपिएका वर्गलाई समेट्नुपर्ने र सामन्ती साहुमहाजनको विरोधमा उत्रिनुपर्ने सन्देश दिन्छ । पछि परेका वर्गहरूको एकता दरिलो बन्ने विश्वास उनले गरेका थिए । नेपालका वामपन्थीहरूको मातृ सिद्धान्त यही नै हो ।

कार्ल माक्र्सले ‘विश्वका मजदूरहरू एक होऊ’ भनेका थिए तर नेपालमा उनकै घोषणापत्र अनुसार स्थापना भएका एक दर्जनभन्दा बढी कम्युनिस्ट पार्टी पञ्चायतकालमा त पार्टी अध्यक्षकै नामबाट समेत सञ्चालित थिए । पञ्चायती शासनमा लोकतन्त्रवादी नेपाली काङ्ग्रेसबाहेक सरकारविरोधी केही कम्युनिस्टमाथि सरकारको वक्रदृष्टि त थियो तर अधिकांश कम्युनिस्ट त २०४६ को राष्ट्रिय जनआन्दोलनमा पनि निरपेक्ष भएर बसेका थिए । त्यसपछि पनि ती पार्टी कोही विघटनको अवस्थामा पुगे, कोही अर्को पार्टीसँग एकता गरेर अगाडि बढे भने कोही नाममा मात्र सीमित बनेका छन् । अहिले पनि कतिपय यस्ता वामपन्थी दलहरू छन्, जो समयसमयमा पार्टी एकता र मोर्चामा सामेल भएपछि चर्चामा आउने गर्छन् र केही चुनावताका मोर्चामा समाहित भएपछि चर्चामा आउँछन् ।

आप्mनो स्वार्थसिद्ध नहुने अवस्थामा कम्युनिस्ट आन्दोलनलाई धोका दिएको भनेर अर्को पार्टीका नेताहरूको घोर आलोचना गर्दै गद्दार भन्ने आलोचनात्मक उपाधि भिराउनमा पनि नेपालका कम्युनिस्टहरूले ख्याति प्राप्त गरेका छन् । पुष्पलाल श्रेष्ठ, केशरजङ्ग रायमाझीदेखि मोहन विक्रम सिंह सबैले यस्तो उपाधि पाइसकेका छन् । केही वर्षअघि नेकपा (एमाले)बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) अस्तित्वमा आउँदा पनि एमालेका नेताहरूले समाजवादीका नेताहरूलाई गद्दार नै भनेका थिए, अहिले पनि भनिरहेका छन् । कथंकदाचित् पार्टी एकीकरण भयो तिनै गद्दार नेताको नेतृत्वमा काम गर्न आपूmलाई सौभाग्यशाली ठान्नेछन् र नेताको यशोगान गर्नेछन् । समयको प्रवाहसँगै अहिले खड्गप्रसाद शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड अहिले नेपालका सबैभन्दा ठूला वामपन्थी नेता बन्न पुगेका छन् । स्वार्थको मूलप्रवाहबाट बाहिर भएका कारण मोहन वैद्य किरण, नेत्रविक्रम चन्दलगायतका नेताहरू अहिले यस्तो सूचीमा छैनन् ।

केही वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आएका बखत जो सम्पत्ति कमाउनतिर लाग्छ, उसलाई कम्युनिस्ट पार्टीको नेता मान्न मिल्दैन भनेका थिए तर नेपालमा नेताहरू न त माक्र्सको विचार अनुसार चलिरहेका छन्, न त नेपालकै विष्णु मानन्धरहरूको विचार अनुसार हिंडिरहेका छन् ।

नेपालका कम्युनिस्ट नेताहरू त अर्बौंको सम्पत्ति जोडेर, सुखसुविधा, ऐश आरामको जीवन बिताइरहेका छन् तर आपूmलाई सर्वहारा वर्गको प्रतिनिधि भन्छन् । कम्युनिस्टहरू सुन तस्करी, मानव ठगी र तस्करीलगायत एकपछि अर्को भ्रष्टाचारजन्य घटनामा संलग्न पाइएका छन् र आपूmलाई गरीबकै नेता भनिरहेका छन् । निजी अस्पताल, निजी बैंक, निजी विद्यालयमा लगानी गरेका छन्, प्रोपर्टी डिलरको कामसमेत गरिरहेका छन् । ठूलठूला मलहरूमा लगानी छ र पनि आपूmलाई गरीब मजदूरकै नेता भएको दाबी गरिहेका छन् । नेपाली जनताले पनि पत्याएकै छ । जुन दिन राजधानीका प्रमुख सञ्चारमाध्यमहरूले तिनका निजी जीवनशैलीबारे समाचारहरू सार्वजनिक गर्नेछन्, तिनै दिनदेखि तिनको पतनको थालनी हुनेछ ।

नेपालमा वामपन्थी दल स्थापनाको ७५ वर्ष पूरा हुन लागेको छ । यस वर्षको भदौमा यसले सम्भवतः आप्mनो हिरक जयन्ती मनाउनेछ । २००६ सालको भदौमा बनारसमा यसको स्थापना भएको थियो । सम्भवतः यसै अवसरमा वाम एकीकरणको विषयले चर्चा पाएको छ । तर यस एकीकरणबाट नेपाली जनतालाई के फाइदा पुग्ने हो? यसबाट राष्ट्रलाई के उपलब्धि हुने हो ? वामपन्थी पार्टीबाट छजना प्रधानमन्त्री भएपनि नेपाली जनता र नेपालको हितमा कुनै ठोस उपलब्धिमूलक काम भएको पाइएन । कुनै मित्रराष्ट्रको दबाबमा अथवा कुनै राष्ट्रलाई खुशी पार्नका लागि मात्रै एकीकरणको प्रयास भइरहेको छ भने यसले पनि स्थायित्व नपाउने निश्चित जस्तै छ ।

अहिले पनि देशमा एक किसिमले वामपन्थी सरकार नै अस्तित्वमा रहेको छ । तर वर्तमान सरकारका क्रियाकलापहरूबाट जनताले राहत पाउन सकिरहेको अवस्था छैन । नवोदित दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष र वर्तमान सरकारका गृहमन्त्रीको नाम सहकारी संस्थाबाट पैसा लिएको विषयलाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले प्रभावकारीरूपमा उठाएर सरकारलाई अप्ठ्यारो अवस्थामा ल्याइदिएको छ । सरकारको सहयोगी दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि यो गठबन्धन सरकार धेरै लामो नजाने सङ्केत दिइसकेका छन् । नेकपा (एमाले) र नेपाली काङ्ग्रेसका नेताहरूबीच पनि घनीभूत राजनीतिक छलफल जारी छ । जसको उद्देश्य अवश्य पनि सरकारको नेतृत्व परिवर्तन हुनुपर्छ । तसर्थ वामपन्थी एकता सुन्नमा राम्रो लागे पनि सम्भव छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here