प्रस, निजगढ, १० वैशाख/
पर्सा राष्ट्रिय निकुञ्ज मुलुककै कान्छो निकुञ्ज हो भने मधेस प्रदेशको एकमात्र राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्जको कुल क्षेत्रफल ६२७.३९ वर्ग किलोमिटर छ । साबिक पर्सा वन्यजन्तु आरक्षलाई १२७ वर्ग किलोमिटर क्षेत्रफल थप गरी पर्सा राष्ट्रिय निकुञ्ज विस्तार गरेसँगै वन्यजन्तु, चराचुरुङ्गीलगायत अन्य जङ्गली जनावरहरूको सङ्ख्यामा वृद्धि भएको छ । तर पनि आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएपनि आवश्यक भौतिक पूर्वाधार निर्माण, विकास, विस्तारको अभाव र प्रचारप्रसार हुुन नसक्दा अन्तरिक तथा बाह्य पर्यटकहरूका लागि पर्सा राष्ट्रिय निकुञ्ज अहिलेसम्म रोजाइमा पर्न सकेको छैन ।
पर्सा राष्ट्रिय निकुञ्ज रैथाने जङ्गली हात्तीको प्रमुुख वासस्थान मानिन्छ । यस निकुञ्ज क्षेत्रमा विश्व संरक्षित सूचीमा रहेको पाटेबाघको सङ्ख्या निकुञ्ज विस्तार हुुनुु अघि १८ वटाबाट बढेर अहिले ४१ वटा पुुगेको सन् २०१८ को बाघ गणनाको तथ्याङ्कले देखाएकोे छ । ६५ वटा वयस्क बाघ सुुरक्षित तवरले बस्न सक्ने पर्याप्त क्षेत्रफल भएको यस निकुञ्जमा एकसिङ्गे गैंडाको अहिले निकै चहलपहल बढेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारका प्रमुख एवं संरक्षक अधिकृत रामचन्द्र खतिवडाले बताए ।
पर्सा राष्ट्रिय निकुञ्ज बारा, पर्सा, मकवानपुुर तीन जिल्लामा फैलिएको र चितवन राष्ट्रिय निकुञ्जको सिमानासँग जोडिएकोले यस निकुञ्जको मकवानपुुर मनहरीस्थित प्रतापपुर पोस्टको क्षेत्र अहिले गैंडाको प्रमुुख बासस्थलको रूपमा रहेको प्रमुख संरक्षण अधिकृत खतिवडाले बताए । पर्सा राष्ट्रिय निकुञ्ज भर्जिन र प्राकृतिक जङ्गल भएकोले पनि यस निकुञ्जमा आउने प्रायःजसो पर्यटकहरूले कुनै न कुनै वन्यजन्तु, चराचुरुङ्गी लगायतका जङ्गली जनावरहरू देख्न सक्ने अधिक सम्भावना रहेको खतिवडा बताउँछन् ।
पाटेबाघ, चितुुवा आकलझुकल संयोगले देख्न पाइए पनि एकसिङ्गे गैंडा भने प्रायः सहजै देख्न सकिने प्रमुख संरक्षण अधिकृत खतिवडा बताउँछन् । निकुञ्जका लागि प्रतापपुर पोस्ट क्षेत्रको घाँसे मैदान एकसिङ्गे गैंडाको लागि सुुरक्षित बासस्थान हुुन पुुगेको छ । घाँसे मैदान क्षेत्रमा रहेको बस्ती स्थानान्तरणपछि अहिले त्यहाँ गैंडाको बासस्थलको रूपमा चहलपहल बढेको उनी बताउँछन् । गैंडाका लागि प्रशस्त पानी, खुुल्ला नरकट झाँडी, बुट्यान घाँस क्षेत्रलगायत गैंडाले रुचाउने वातावरण रहेकोले र चितवन राष्ट्रिय निकुञ्जको सीमा क्षेत्र पनि नजीकै रहेकोले गैंडाको चहलपहल निकै बढेको खतिवडाले बताए ।
निकुञ्जको कोर एरिया हलखोरिया दह रैथाने जङ्गली हात्ती र बाघको प्रमुख बासस्थानको रूपमा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । संरक्षित वन्यजन्तुु पाटेबाघ, संरक्षित वन्यजन्तुु गौरीगाई, रैथाने जङ्गली हात्ती, भालु, चितुवा, चित्तल, हरिण, मृग, बँदेललगायत मयुर, धनेश, ढुुक्कुुर जस्ता चार सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीका साथै अन्य स्तनधारी जनावर र सर्प, अजिङ्गर जस्ता विभिन्न प्रजातिमा सरिसृप पाइने उनले बताए ।
ऐतिहासिक हलखोरिया दह, कामिनी दहलगायतका कैयौं प्राकृतिक दह, मूल, मुहान संरक्षण गर्दै आवश्यकता अनुुसार निकुञ्ज क्षेत्रभित्र पोखरीहरू निर्माण गरी वन्यजन्तु, चराचुरुङ्गीलगायत अन्य जीवजन्तुहरूका लागि पानीको अभाव हुुन नदिने हरसम्भव प्रयास भइरहेको पर्सा राष्ट्रिय निकुुञ्ज कार्यालय आधाभारका सहायक संरक्षक अधिकृत सन्तोष भगतले बताए ।
उनले पर्यटकहरूका लागि सम्बन्धित क्षेत्रका होटल पर्यटन व्यवसायी सङ्घसँग समन्वय गरी जीप सफारीको व्यवस्था मिलाएको बताए । हात्ती सफारीका लागि भने छुट्टै व्यवस्था निकुुञ्ज कार्यालयले मिलाएको उनले जानकारी गराए । वर्षौंदेखि निकुुञ्जले अमलेखगंजस्थित हात्तीसारमा पर्यटकहरूका लागि एक दर्जनको हाराहारीमा हात्ती राखेको छ । स्वदेशी पर्यटकका लागि निकुञ्ज प्रवेश शुुल्क एक सय रुपियाँ, हात्ती सफारी शुल्क पाँच सय, सार्क राष्ट्रका पर्यटकहरूका लागि प्रवेश शुुल्क रु ७५०, हात्ती सफारीको लागि रु डेढ हजार, त्यसैगरी अन्य राष्ट्रका पर्यटकहरूका लागि प्रवेश शुल्क रु डेढ हजार, हात्ती सफारी शुल्क रु अढाई हजार रहेको पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।
विश्वसम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको छुुट्टै पहिचान र संसारभर व्यापक चर्चा रहेकाले नेपालमा हालसम्म १२ वटा निकुञ्जमध्ये बढी आन्तरिक तथा बाह्य पर्यटक चितवन राष्ट्रिय निकुुञ्ज पुग्ने गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढाउने कार्यलाई पनि प्राथमिकतामा राखी छिट्टै कार्यान्वयनमा ल्याउन सरोकारवाला निकायहरूसँग छलफल भइरहेको निकुञ्ज प्रशासनले जानकारी गराएको छ । पर्सा निकुुञ्जका मार्गहरूको सरसफाइ, मर्मत, सुधार गरी आवश्यक ठाउँहरूमा सडक वा मार्ग निर्माण र विस्तार गर्नुपर्ने र चितवन राष्ट्रिय निकुुञ्ज वा पर्सा राष्ट्रिय निकुुञ्जबाट प्रवेश गर्दा पर्यटकहरूलाई दिइने एउटै टिकटबाट दुवै निकुञ्ज घुम्न सक्ने वातावरण मिलाउने जस्ता कार्यको विषयमा गहनरूपमा छलफल भइरहेको पर्सा राष्ट्रिय निकुुञ्ज बाराका प्रमुख एवं संरक्षक अधिकृत खतिवडाले बताए ।
आरक्षबाट निकुञ्जको स्तरोन्नति भएसँगै अमलेखगंज, पथलैया, सिमरामा पर्यटकहरूका लागि सुविधासम्पन्न साना/ठूला होटलहरू सञ्चालनमा आएका छन् । कोभिडपछि अहिले आर्थिक मन्दीले सञ्चालनमा आएका व्यवसायहरू सङ्कटमा परेको होटल व्यवसायीहरू बताउँछन् । सरकारले बाह्य पर्यटक भिœयाउन सहज कार्य गर्न नसक्दा पर्यटन व्यवसाय धराशयी अवस्थामा पुगेको उनीहरूको गुनासो छ ।
भारतको बिहार राज्यलगायतका बाह्य पर्यटक र मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुुषा, सिराहा, सप्तरी र छिमेकी बाग्मती प्रदेशको मकवानपुरलगायत अन्य जिल्लाका आन्तरिक पर्यटकहरूलाई पर्सा राष्ट्रिय निकुुञ्जले आकर्षित गर्दा यसको चर्चा ह्वात्तै बढ्न सक्ने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्याल बताउँछन् । पर्यटक भिœयाउन आवश्यक भौतिक संरचना निर्माण गर्न होटल व्यवसायीहरूलाई सहज हुुनेगरी राष्ट्रिय निकुुञ्जका नीति, ऐन, नियममा सुधार एवं परिमार्जन नभएकाले पनि लगानीकर्ताहरूको आर्कषण बढ्न नसकेको हो । अब निकुञ्जको नीति व्यवसायमैत्री बनाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ ।
पर्यटकहरूको चहलपहल बढाउन यस प्रदेश र छिमेकी प्रदेशका स्थानीय तहहरूसँग समन्वय गरी त्यहाँ रहेका विद्यालयहरूमा निकुञ्जमा वन्यजन्तुुको अवलोकन गर्न आग्रह गर्न सकिन्छ । निकुुञ्जमा पूर्वाधार विकासमा निजी लगानीसँगै स्थानीय, प्रदेश र सङ्घीय सरकारको ध्यान जान जरुरी छ ।