प्रस, वीरगंज, ९ वैशाख/
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरले ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।
नम्बर प्लेट नभएका सवारीसाधन चलाउने, हेलमेटविना मोटरसाइकल गुडाउने, इन्डिकेटरको उपयोग नगर्नेलगायत ट्राफिक नियमको उल्लङ्घन गर्ने चार सयजनालाई चकलेट दिएर जरिवाना गरेको छ ।
कार्यक्रममा १५ जना सवारी चालकको सवारीमा नम्बर प्लेट केरकार गरिएको, धमिलो भएको पाइएपछि सोही स्थानमा नम्बर प्लेट लेखन कार्य गरिएको थियो । कार्यक्रममा वडा प्रहरी कार्यालय, बिर्ताका प्रहरी निरीक्ष्Fक पुष्कर बोगटी, ट्राफिक प्रहरी निरीक्षक भास्कर खतिवडा, केन्द्रका अध्यक्ष जयप्रकाश खेतानलगायतको सहभागिता थियो ।
यसैगरी, सोमवार हरि खेतान बहुमुखी क्याम्पसमा ग्रीन सिटी समुदायिक सेवा केन्द्रले प्रहरी विद्यालय सम्पर्क कार्यक्रम गरेको छ । कार्यक्रममा कक्ष्Fा १२ का विद्यार्थीहरूलाई साइबर अपराधसम्बन्धी सचेतना गरिएको थियो ।
केन्द्रका अध्यक्ष खेतानको अध्यक्ष्Fतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख किशोरीराय यादव, प्रहरी निरीक्ष्Fक मनीषा लौडारी, डा प्रीति यादव, सुरेन्द्रकुमार ओझा, सुवर्णबहादुर रायमाझी, कमल चौगाईलगायतको सहभागिता थियो ।