प्रस, परवानीपुर, १० वैशाख/
वीरगंज–१२ मुर्लीस्थित कृषि सामग्री कम्पनीको अगाडि रहेको कल्भर्ट दुई महीनादेखि भत्किंदा मरम्मतसम्भारमा गम्भीरता देखिएको छैन ।
वडा नं १२ कार्यालय एवं वडाध्यक्ष सुरेश साह कानूको उदासीनताका कारण सो कल्भर्टको बिर्को मरम्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ । मुर्लीमा प्रवेश गर्ने राजमार्गसँग जोडिएको सो कल्भर्टको मरम्मत नहुँदा कुनै पनि बेला दुर्घटनाको जोखिम बढ्ने टोलवासीले बताएका छन् ।
यस विषयमा वडाध्यक्ष कानूले मरम्मतको प्रयास गरिरहेको र वडाका विभिन्न स्थानका नाला तथा कल्भर्टको मरम्मत गर्न करीब रु १० लाख लागतको स्टिमेट बनाएर नगरपालिकासँग बजेट माग गरेको बताए । उनले बजेट आएपछि तत्कालै मरम्मत कार्य गर्ने बताए ।