धर्मेन्द्र चौरसिया, पोखरिया, १० वैशाख/
पोखरियामा नवनिर्मित शिवमन्दिरको प्राणप्रतिष्ठानको लागि सोमवार कलशयात्रा निकालिएको छ ।
पोखरिया नपा–४ बजारमा रहेको प्राचीन शिवमन्दिरमा भगवान् शिवको प्राणप्रतिष्ठाको लागि सोमवार पहिलो दिन कलशसहित पारम्परिक बाजा तथा विभिन्न देवदेवीको झाँकीसहितको शोभायात्रा निकालिएको थियो ।
मन्दिर प्राङ्गणबाट बिहान १० बजे निकालिएको जलसहितको शोभायात्रा पोखरिया बजार हुँदै वडा नं ८ जगतपुरस्थित भेद्रहा खोलामा पुगी जल भरी फर्केको थियो । हजारौंको सङ्ख्यामा सहभागी कुमारी कन्या तथा भक्तजनहरू खोलाबाट जल भरी पुनः शिवमन्दिरमा पुगेका थिए ।
प्राणप्रतिष्ठान कार्यक्रमको आज पहिलो दिन जलयात्रा भएको हो भने वैशाख १४ गते भगवान् शिवको प्राणप्रतिष्ठा हुने र वैशाख २० गते पूर्णआहुति हुने कार्यक्रम रहेको पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्नप्रसाद चौहानले बताए ।
शोभायात्रामा पोखरिया नगरपालिकाका समाजसेवी वकील मियाँ, पूर्वनगरप्रमुख दीपनारायण रौनियार, वडाध्यक्षहरू नौशाद आलम, किशोरी साह, समाजसेवी सुमित साह गोड, सन्तोष महतोलगायत स्थानीय दाताहरूले बाटोमा चीसो पानी, प्रूmटी, फलफूल, सर्बतलगायतका पेय पदार्थ वितरण गरेका थिए ।
नगरपालिकाको आयोजनामा निकालिएको कलशसहितको शोभायात्रामा नगरप्रमुख प्रद्युम्नप्रसाद चौहान, उपप्रमुख रूबीकुमारी ठाकुर, पूर्वनगरप्रमुख दीपनारायण रौनियार, निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव, संविधानसभा सांसद रामेश्वरप्रसाद रौनियार, वडाध्यक्ष प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेशप्रसाद चौहान, लक्ष्मण साह कानू, महेन्द्र महतो चाई, सियानन्दप्रसाद चौहान, प्रमानन्दप्रसाद पटेल, किशोरी साह तेली, नौशाद आलम, सोनालाल साह गोड, नेता नेजामुद्दीन समानीलगायतको सहभागिता थियो ।