सुग्रीव साह, भिस्वा, ८ वैशाख/
छिपहरमाई गाउँपालिका–१ मिर्जापुरमा श्रीश्रीश्री १०८ श्री लक्ष्मीनारायण महायज्ञ एवं राधाकृष्णजीको प्राणप्रतिष्ठाका लागि शनिवार जलयात्रा निकालिएको छ । शनिवार निकालिएको जलयात्रा यहाँको दलित समुदायले बहिष्कार ग-यो ।

यज्ञको पूजा वेदीमा २० जना गैरदलित मात्र बस्ने निर्णयको विरोधमा उनीहरूले आज भएको जलयात्रा बहिष्कार गरेका हुन् । छिपहरमाई गापा–१ मिर्जापुरमा ७० घरपरिवार दलित छन् ।

स्थानीय भागीरथ रामले आपूm वेदीमा बस्न इच्छुक रहेको तर गैरदलितहरूको विरोधका कारण सहभागी नगराउने निर्णय भएकोमा आपत्ति जनाएका छन् ।

उनले वेदीमा बस्नका लागि महायज्ञ तयारीका क्रममा आश्वासन दिएको, वेदीमा बस्नका लागि रु पाँच हजार चन्दासमेत लिएको र दुई महीना अघिदेखि महायज्ञ तयारीको लागि दलित समुदायलाई चन्दा सङ्कलनमा सहभागी गराएकामा अन्तिम समयमा एक साता अघिदेखि महायज्ञको वेदीमा दलित सहभागिता नहुने भनेर विवाद गरिएको आरोप लगाए ।

महायज्ञ समितिका अध्यक्ष एवं वडाध्यक्ष रामेश्वरप्रसाद यादवले वेदीमा बस्ने २० जनाले दलित सहभागिता भएपछि नबस्ने भनेर अडान लिएका कारण दलित सहभागिता नगराउने निर्णय भएको बताए ।

स्थानीय वृन्दा रामले चन्दा लिने तर वेदीमा सहभागी नगराउने कार्य घोर आपत्तिजनक भएको र यसै कारण दलितहरू जलयात्रामा सहभागी नभएको बताए । महायज्ञ हुन लागेको मिर्जापुरमा पौने तीन सयको हाराहारीमा दलित छन् ।

आज जलयात्रा भएको र भोलिदेखि नौ दिनसम्म महायज्ञ सञ्चालन हुने बताइएको छ । महायज्ञ हुने स्थानमा मनोरञ्जनका लागि रामलीला, झुला, मौतका कुवा र प्रवचनको व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here