प्रस, रक्सौल, ७ वैशाख/
आदापुर प्रखण्डको कुुर्मीनियाबाट प्रहरीले स्वदेशी बन्दुक, गोलीसहित एकजना युवकलाई पक्राउ गरेको छ ।

महुअवा थानाध्यक्ष सोनु कुमारीले कुर्मीनियाबाट १९ वर्षीय धर्मेन्द्र कुमारलाई स्वदेशी बन्दुक र गोलीसहित पक्राउ गरेको पुष्टि गरिन् । उनले पक्राउ परेका युवकलाई मोतिहारी जेल चलान गरिएको र घटनाबारेमा थप अनुसन्धान भइरहेको बताइन् । पक्राउ परेका युवकले सामाजिक सञ्जालमार्फत हतियार प्रदर्शन गरेको भाइरल भएपछि प्रहरीले ती युवकलाई पक्राउ गरेको बुझिन आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here