प्रस, परवानीपुर, ७ वैशाख/
भोजपुरी साहित्यका साधक स्व उमाशङ्कर द्विवेदी ‘दधीचि’को स्मृतिसभा शुक्रवार सम्पन्न भएको छ ।

वीरगंज महानगर–२४ बहुअरीस्थित निवासमा दधीचिको प्रथम वार्षिकीको अवसरमा स्मृतिसभा सम्पन्न भएको हो । सभामा उनले भोजपुरी भाषा तथा साहित्यमा पु¥याएको योगदानबारे चर्चा गरिएको थियो ।

कथाकार गणेश लाठले दधीचिले भोजपुरी साहित्यमा दिएको योगदानका कारण उनी सदा अविस्मरणीय रहने बताए । लेखक एवं शिक्षक प्रमोद पाण्डेले दधीचि भोजपुरी साहित्यमा भोजपुरी मौलिक शब्दको प्रयोगमा अग्रणी रहेको बताए । प्रधानाध्यापक एवं साहित्यकार विनोद मेहताले दधीचिको भोजपुरी भाषाको उपन्यास गदबेरको समीक्षा गरेका थिए ।

कार्यक्रममा हरिनारायण मिश्र, प्रिया मिश्र, वीरबल तिवारी, अमोद गुप्तालगायतले दधीचिको भोजपुरी साहित्यमा योगदानको चर्चा गरे ।

द्विवेदीका जेठा छोरा राधेश्याम द्विवेदीको अध्यक्षता एवं स्मिता पटेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा दधीचिका चारवटा कृति बिदागिरी, चुरइन, हमर गाँवके लोग र गदबेर पुस्तक अध्ययन गर्दा हिजोको भोजपुरी र आजको भोजपुरी भाषामा आएको परिवर्तन र विकृतिबारेमा पत्ता लगाउन सकिने वक्ताहरूले बताएका थिए । वक्ताहरूले भोजपुरी साहित्यका एक चम्किला तारा साहित्यकार दधीचि सदैव अमर रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here