प्रस, रौतहट, ७ वैशाख/
हात्तीपाइले रोग निवारण कार्यक्रम औषधिसेवन अभियानसम्बन्धी शुक्रवार सञ्चारकर्मीहरूसँग अन्तत्र्रिmया सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालयको तालीम हलमा फोकल पर्सन हरेन्द्र गुप्ताले हात्तीपाइले रोगबारेमा सहभागी सञ्चारकर्मीहरूलाई जानकारी गराएका थिए । उनले अहिले ३३ देशमा सङ्क्रमणविरुद्ध अभियान चलिरहेको बताउँदै विश्वभर १६ लाख मानिसको हात्तीपाइले रोगबाट अङ्गभङ्ग हुने गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए । उनले रौतहटमा सातपटक हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान सम्पन्न भएको तर रोग निर्मूल हुन नसकेको बताए । अहिले आठौंपटक औषधि खुवाउने अभियान रहेको र यही वैशाख १६ गतेदेखि अभियान शुरू हुने बताए । उनले हात्तिपाइले रोगविरुद्धको औषधि आफूले पनि सेवन गर्ने र अरूलाई पनि सेवन गर्न उत्पे्ररित गर्न आग्रह गरे । फोकल पर्सन गुप्ताले हात्तीपाइले रोगविरुद्धको औषधि दुई वर्षमाथिका बालबालिकादेखि सबै उमेर समूहका मानिसहरूले सेवन गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रादेशिक अस्पताल गौरका डा गोपाल गुप्ताले यो औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती, सुत्केरी महिला, सिकिस्त बिरामी, छारेरोग लागेका व्यक्तिले सेवन गर्न नहुने बताए । उनले लामखुट्टेको टोकाइबाट हात्तीपाइले रोग लाग्ने गरेको बताउँदै यो सरुवा रोग भएकोले रोग लाग्न नदिन औषधिसेवन एकमात्र विकल्प भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले पत्रकारहरूले यसबारेमा समाजलाई जानकारी गराउने प्रतिबद्धता जाहेर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here