धर्मेन्द्र चौरसिया, पोखरिया, ६ वैशाख/
छिपहरमाई गाउँपालिका–१ मिर्जापुरमा यही वैशाख ८ गतेदेखि हुने श्रीश्रीश्री १०८ श्री लक्ष्मीनारायण महायज्ञ एवं राधाकृष्णजीको प्राणप्रतिष्ठा समारोहको वेदीमा दलित समुदायलाई निषेध गरिएको छ ।

यज्ञको पूजावेदीमा २० जना गैरदलित मात्र बस्ने निर्णय भएपछि सोको विरोध शुरू भएको छ । स्थानीय भागीरथ रामले आपूm वेदीमा बस्न इच्छुक रहेको र सो कार्यको लागि रु पाँच हजार चन्दासमेत दिइसकेको अवस्थामा आपूmलाई वेदीमा बस्न नदिने भनिएकोमा आपत्ति जनाए । उनले दुई महीना अघिदेखि महायज्ञ तयारीको लागि दलित समुदाय पनि लागिपरेर चन्दा सङ्कलन गरेको र यज्ञका सम्पूर्ण कार्यमा सहभागिताको लागि आपत्ति नगरिए पनि वेदीमा बस्न नदिएकोमा उनले आपत्ति जनाएका छन् ।

महायज्ञ समितिका अध्यक्ष एवं वडाध्यक्ष रामेश्वरप्रसाद यादवले वेदीमा बस्ने २० जनाले दलित सहभागिता भएपछि नबस्ने भनेर अड्डी लिएका कारण आपूmले दुवै पक्ष्Fलाई मिलाउन खोजिरहेको बताए । उनले एकजनाको कारण २० जना वेदीमा नबस्ने भएपछि दलित अगुवाहरूलाई यसबारेमा मनाउन खोजिएको बताए ।

स्थानीय वृन्दा रामले चन्दा लिने तर वेदीमा सहभागी नगराउने कार्य घोर आपत्तिजनक भएको बताए । उनले दलित समुदाय यज्ञका लागि गैरदलितसरह चन्दा माग्नेदेखि लिएर सम्पूर्ण तयारीमा लागिपरेको र तर यस्तो विभेदकारी कार्यले दलित समुदायको मनोबल खस्किने बताए । उनले यो गैरकानूनी कार्य हो र यसमा वडाध्यक्ष एवं महायज्ञ तयारी समितिका संयोजक संवेदनशील हुनुपर्ने बताएका छन् ।

छिपहरमाईको यज्ञमा दलित सहभागिता नगराउने भनिए पनि पोखरिया नपा–४ मा वैशाख २७ गतेदेखि हुन लागेको विष्णु महायज्ञको वेदीमा भने दलित सहभागिता गराइने भएको छ । पोखरिया नपा–४ मा करीब सय घरपरिवार दलित छन् । उनीहरूलाई सहभागिता गराउनुपर्छ भनेर स्वयम् वडाध्यक्ष्F लक्ष्मणसाह कानूले लबिङ गरेका थिए । केही व्यक्तिहरूले दलित सहभागिताको विरोध गरे पनि अधिकांशले दलित सहभागिता गराउनुपर्ने, उनीहरू पनि हिन्दू धर्मावलम्बी भएकाले उनीहरूको उपस्थिति आपत्तिजनक हुनै नसक्ने तर्क गर्दै सहभागिताको लागि पहल गरेपछि अहिले त्यहाँ सहभागिता गराइने कुरामा सहमति जुटेको वडाध्यक्ष कानूले बताए ।

यसअघि, गत वर्ष वीरगंज महानगर–१७ मा भएको विष्णु महायज्ञको वेदीमा पनि दलित सहभागितालाई लिएर विवाद भएको थियो । त्यहाँ पनि वेदीमा दलितलाई सहभागी गराउँदा गैरदलितहरूले सहभागी नहुने चेतावनी दिएपछि विवाद भएको थियो र अन्त्यमा वडाध्यक्ष सञ्जु छतकुलीले अर्कोपटकदेखि सहभागी गराउने भनी विवाद साम्य पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here