प्रस, वीरगंज, ६ वैशाख/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सङ्घ सरकारले दिने बजेटमा विभेद भएको आरोप लगाएका छन् । बिहीवार सार्वजनिक लेखा समितिको संसदीय टोलीसमक्ष उनले वीरगंज महानगरपालिकाले भरतपुर मनपाभन्दा धेरै कम बजेट पाइरहेको बताए । नगरप्रमुख सिंहले आगामी बजेटमा वीरगंजलाई न्यायोचित बजेट विनियोजन गर्न आग्रह गरे ।
नगरप्रमुख सिंहले भरतपुर महानगरले ३९० करोड र वीरगंज महानगरपालिकाले ११५ करोड बजेट पाउनु दुःखद रहेको बताउँदै सार्वजनिक लेखा समितिको ध्यानाकर्षण गराए ।
सङ्घीय सांसद रामकृष्ण यादवले वीरगंजमाथि भइरहेको विभेदप्रति सार्वजनिक लेखा समितिले संसद्मा छलफल गर्ने तथा सरकारलाई लिखित निर्देशन दिने बताए ।
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका संयोजक सङ्घीय सांसद रामकृष्ण यादवको संयोजकत्वमा स्थलगत अनुगमन गर्न वीरगंज आएको संसदीय टोलीले स्थानीय तहसँग अन्तक्र्रिया गरेको थियो । अन्तत्र्रिmयामा प्रतिनिधिसभा सदस्यहरू रामकृष्ण यादव, अमरेशकुमार सिंह, प्रदीप यादव, देवप्रकाश तिमिल्सिना, प्रभु हजरा, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, प्रहरी उपरीक्षक कुमोध ढुङ्गेललगायतको सहभागिता थियो ।