बलिराम शुक्ला, बिरुवागुठी, ५ वैशाख/
पर्सागढी नगरपालिकालगायत ग्रामीण भेगमा मौसमी बिरामीहरूको सङ्ख्यामा वृद्धि भएको छ ।

ग्रामीण भेगमा गर्मी बढेसँगै मौसमी बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । बालबालिकादेखि वृद्धवृद्धालाई ज्वरो आउने, पखाला लाग्ने, वाकवाकी लाग्ने र शरीर दुख्ने गरेको छ । बिरामीको सङ्ख्यामा वृद्धि भएपछि अहिले स्थानीय स्वास्थ्य चौकी तथा क्लिनिकरूमा उपचार गराउन आउने बिरामीहरूको भीड बढेको छ ।

लामो समयदेखि वर्षा नहुँदा गर्मी बढेर ग्रामीण भेगमा मौसमी बिरामीहरूको सङ्ख्यामा वृद्धि भएको पर्सागढी नपा–३ निवासी लक्ष्मण चौधरीले बताए ।

राम हेल्थ क्लिनिक बडनिहारका स्वास्थ्यकर्मी रामबाबू साहले बिहान चीसो हुने र दिनभरि चर्को घाम र गर्मी हुँदा मौसमी बिरामीको सङ्ख्यामा वृद्धि भएको बताए । बालबालिकादेखि वृद्धवृद्धालाई अहिले ज्वरो आउने, पखाला लाग्ने, वाकवाकी लाग्ने र शरीर दुख्ने गरेपछि उपचारको लागि आउने गरेको बताए ।

यस्ता बिरामीहरूले पानी उमालेर मनतातो भएपछि पिउने, झोलिलो खानेकुरा बढी मात्रामा खाने, भीडमा नजाने, स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधिसेवन गर्न उनले सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here