प्रस, पोखरिया, ५ वैशाख/
रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको पोखरियामा उपचार केन्द्र सञ्चालन भएको छ । नगरप्रमुख प्रद्युम्न चौहानले उपचार केन्द्र भवनको बुधवार उद्घाटन गरे ।

उनले उपचार केन्द्र स्थापनापछि पोखरियावासी र आसपासका मानिसहरू आँखाको उपचारको लागि वीरगंज धाउनुपर्ने अवस्थाको न्यूनीकरण हुने बताए । उनले पोखरियामा आँखाको उपचार केन्द्र सञ्चालनमा ल्याएकोमा केडिया अस्पताललाई धन्यवाद दिए । 

अस्पतालको ५०औं स्थापना दिवसको अवसरमा पोखरियामा उपचार केन्द्र सञ्चालन गरिएको र आगामी दिनमा छिपहरमाई गापा–५ भिस्वा र नेपाल मेडिसिटी वयोधा अस्पताल वीरगंजमा आँखा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य रहेको केडिया आँखा अस्पतालका सल्लाहकार रमेश केडियाले बताए । पोखरिया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सञ्जु दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख रूबी ठाकुर, वडाध्यक्षहरू प्रमोद गिरी, लक्षुमनसाह कानू, नौशाद आलम, निवर्तमान नगरप्रमुख दीपनारायण रौनियार, नेता नेजामुद्दीन समानी, भरत ठाकुरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here