प्रस, परवानीपुर, ३ वैशाख/
कवि विप्लव प्रतीकको भर्खरै प्रकाशित ‘साडेन फ्रोएडा’ पुस्तकबारे वीरगंजमा परिचर्चा सम्पन्न भएको छ । ज्ञानदा एकेडेमी वीरगंजको सभाहलमा आयोजित कार्यक्रममा कवि प्रतीकले पुस्तकबारे चर्चा गरेका थिए । उनले १७ अक्षरलाई तीन लाइनमा क्रमशः ५, ७, ५ अक्षरको हाइकू सङ्ग्रहको पुस्तकको नाम जर्मन शब्दबाट राखेका छन् । जसको अर्थ ‘अरूको दुःखमा रमाउनु’ हो । १८ वर्षको अवधि लागेको यो कृति नेपालयले प्रकाशित गरेको हो ।

यसअघि उनको विभिन्न विधाका चारवटा पुस्तक प्रकाशित छन् । वीरगंजका साहित्यकार गणेश लाठको अध्यक्षता एवं पत्रकार केसी लामिछानेको सहजीकरणमा सम्पन्न कार्यक्रममा सहभागीहरूले कृतिबारे विप्लवसँग चर्चा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here