प्रस, वीरगंज, ३० चैत/
जिल्ला प्रहरी कार्यालय, बाराले हिजो राति इलाका प्रहरी कार्यालय, अमलेखगंजले बिलबीजकभन्दा बढीका रु ४३ लाख ३८ हजार बराबरको सामानसहित पिकअप र भ्यान नियन्त्रणमा लिएको जनाएको छ ।
बारा प्रहरीका प्रवक्ता दधिराम न्यौपानेले जीतपुरसिमरा उपमहानगरपालिका–२१ बाट हिजो राति सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको पिकअप चेकजाँच गर्दा पिकअपमा लोड २० क्वीन्टल रहर र चनाको दालमध्ये आठ क्वीन्टल रहर र चनाको दालको बिजबीजक फेला नपरेको बताए । उनले राति सवा १० बजे चेकजाँज गर्दा रु दुई लाख १५ हजार बराबरको दाल बरामद भएको बताए । यसैगरी, शुक्रवार बिहान २ बजे वीरगंजबाट पोखरातर्फ गइरहेको भ्यानबाट स्रोत नखुलाइएको र बिलबीजकभन्दा बढी रहेको रु ४१ लाख २३ हजार बराबरको खुद्रा सामान बरामद भएको प्रवक्ता न्यौपानेले बताए ।