प्रस, रौतहट, ३० चैत/
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत शुक्रवार नेपाल पत्रकार महासङ्घ रौतहटका पत्रकारहरूसँग अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका संयोजक विनयकुमार साहले विभिन्न देशका जेलमा रहेका नेपाली तथा वैदेशिक रोजगारका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएका नेपालीहरूको तथ्याङ्क प्रस्तुत गरे । उनले वैदेशिक रोजगारबाट वार्षिक विप्रेषण, आप्रवासी स्रोत केन्द्रको सेवाग्राहीको विवरण, श्रम स्वीकृत लिएका व्यक्तिको विवरण, वैदेशिक रोजगारलाई सुरक्षित एवं व्यवस्थित बनाउने मुख्य पाँचवटा कार्यबारेमा पत्रकारहरूलाई जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीहरूले गाउँघरमा एजेन्टहरूले प्रलोभनमा पारेर वैदेशिक रोजगारमा जानेहरूलाई ठगी गरिरहेको बारेमा अवगत गराएका थिए । वैदेशिक रोजगारमा जानेहरूले सरकारी मान्यताप्राप्त वैदेशिक रोजगारमा पठाउने कम्पनीहरूमार्फत वैध बाटोबाट जान सुझाइएको थियो । कार्यक्रममा अवैध बाटो, गैरकानूनी तरीकाबाट जाने धेरैजना ठगिएका, मरेका र अलपत्र परेका जानकारी गराइएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here