आज नयाँ वर्षको पहिलो दिन अर्थात् २०८१ वैशाख १ गते । नयाँ वर्षको पहिलो दिन नेपालीहरूले यतिबेला आआप्mनो घर आFगनमा हर्षोल्लासका साथ मनाइरहेका छन् । यो दिनमा खासगरी नेपालीहरूले एक अर्कोलाई उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिनेलिने गर्छन् । यस दिन प्रत्येक वर्ष पोस्टकार्ड तथा प्रत्यक्ष भेटघाटमा मौखिक वा नेट–इन्टरनेटको माध्यमले एक अर्कोलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु आदिको लागि शुभकामना दिंदै आएका छन् । आजको दिनमा प्रत्येक व्यक्तिले इष्टमित्र, साथीभाइ, नातागोता, परिचित, आफन्त वा अपरिचितसमेतलाई समृद्धि, सुस्वास्थ्य र दीर्घायु भन्दै उत्तरोत्तर प्रगतिको कामना गर्ने गरिन्छ ।

यहाँनिर प्रश्न उठ्नु स्वाभाविक हुन जान्छ कि–के हामीले कामना गर्दैमा कसैले सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति, शान्ति तथा समृद्धि पाउँछ त ? हामीलाई थाहा छ, त्यस्तो हुँदैन । किनकि कुराले चिउरा भिज्दैन । चिउरा भिजाउन पानी चाहिन्छ, परिश्रम गर्नुपर्छ अनि मात्रै भिज्छ । ठीक त्यसैगरी कामना गरेर केही हुँदैन । तर शुभकामना लिनुदिनु एक प्रकारको संस्कृति भइसकेको छ । होस् नहोस् तर यो गर्नैपर्ने जसरी एउटा अम्मलीलाई लत लागेको हुन्छ त्यसैगरी निकै लामो समयदेखि हामीलाई पनि विभिन्न अवसर पारेर शुभकामना लिनेदिने लत लागिसकेको छ ।

वास्तवमा शुभकामना दिंदा वा लिंदा हुने केही होइन । यो औपचारिकता मात्र हो । हामीले हाम्रो जीवनमा थुप्रै कुरा औपचारिकताको लागि मात्रै गरिरहेका छौं । नढाँटी भन्ने हो भने हामी दिनभरिमा थुप्रैचोटी भूmट बोल्छौं । सुन्ने मान्छेले सत्य नै ठान्छ, जबकि उसलाई थाहा छ यो मान्छे भूmटो बोलिरहेको छ । वास्तवमा हाम्रो औपचारिकता नै भूmटको जगमा उभिएको छ । हामी एक अर्कालाई भेट्दा सोध्छौं– के छ हालखबर ? अनि परस्पर जवाफ दिन्छौं– ठीक छ १ के वास्तवमा हामी ठीक रहेका हुन्छौ त्यति बेला ? ठीक भएकोले ‘ठीक छौं’ भनेर जवाफ दिएको हो त ?

एकै छिन विचार गरौं– हामीजस्तो गरीब देशका नागरिक, विकासोन्मुख राजनीतिमा हुर्केको नागरिक जहाँको राजनीति पाइतालादेखि टुप्पीसम्म भ्रष्टाचारमा डुबेको छ, अनेकौं प्रकारका भेदभावले भरिएको छ, त्यहाँ कोही कसरी ठीक हुन सक्छ ? आप्mनो पिर, दुःख, व्यथा कसैलाई नबताउनु , समाधान कसैले गरिदिंदैन उल्टै गिज्याउने वा मजा लिने गर्छ । त्यसैले हामी ‘सबै ठीक छ’ भनिरहेका हुन्छौं ।

हामी सबैलाई थाहा छ पृथ्वीको वार्षिक गतिले क्यालेन्डर बदलिने गर्छ । तर क्यालेन्डर बदलेर के गर्नु ? व्यवस्था बदलिंदैन, न बेरोजगारीको अवस्था बदलिन्छ, न विभेदको प्रणाली नै फेरिन्छ । अनि यस्तोमा जतिवटा नयाँ वर्ष आए पनि त्यसको के महŒव छ हाम्रो जीवनमा ? के यो कुरा सरकारले बुझ्दैन ? आज सरकारले राष्ट्रिय बिदा समेत दिएको छ । खुशीयाली मनाउनको लागिस तर भोको पेट, बेरोजगारी ज्यानले के खुशीयाली मनाउने ?

देशभित्र विदेशीले बनाइदिएका सबै कलकारखाना बन्द भएका छन् । नयाँ उद्योग खोल्ने कुरा चुनावी नारा मात्र बनेको छ । अनि नयाँ वर्षको बिदाको औचित्य के ? सबै पार्टीका नेता कार्यकर्ता निजी सम्पत्ति कमाउन लालायित रहने, भ्रष्टाचार र कमिशनका प्रत्यक्ष–अप्रत्यक्ष जाल बुन्ने तर नेताले विकास गरिदिन्छ भनेर पत्याउने हामी जनता कस्तो ? यति महँगो चुनाव प्रणालीमा माफिया, भ्रष्टाचारी, तस्कर, कमिशनखोर, दुई नम्बरीबाहेक अरू कसले पो जित्न सक्छ चुनाव ? त्यसैले जति सरकार फेरिए पनि भ्रष्टाचार बन्द भएको छैन । नागरिकहरू विदेशिनुपरेको छ । तर पनि हामीलाई लाग्छ चुनावमा जितेका यस्ता डुङ्डुङ्ती गनाएका मानिसले हाम्रो भविष्य उज्ज्वल पारिदिनेछ ।

आजको अवस्थामा यो हाम्रो समाजको लागि एउटा ठूलो विकृति नै हो । वास्तवमा हामीले केही गर्न नै खोजेको हो भने नयाF वर्षको अवसर पारेर एउटा सङ्कल्प गरौं– अब अर्को चुनावमा भ्रष्टाचारीहरूलाई, जातपातमा लाग्नेहरूलाई तथा कमिशनलाई एजेन्डा बनाउनेहरूलाई मतदान गर्ने छैनौं । सबै पार्टीलाई पालैपालो चुनावमा हेरियो सयौं वर्ष राजाको पनि शासन हेरियो । यिनीहरूले आप्mनो भुँडी भर्नेबाहेक अरू के गरे ?

समाजलाई मानवताबाट वञ्चित गरी पशुतातर्फ धकेल्ने अन्धविश्वास तथा रूढिवादलाई आजैकै दिनदेखि नमान्ने सङ्कल्प गरौं । यो बरु समाज विकासको बाटोमा एउटा पाइला भए पनि नयाँ वर्षको अवसरमा प्रभावकारी हुनेछ ।

सोच राखेर मात्रै केही हुँदैन । हाम्रो सोच व्यावहारिक छ कि छैन, यसले ठूलो अर्थ राख्दछ सोच कार्यान्वयनको पक्षमा । हुन त एकथरी मान्छे भन्दछन् सकारात्मक सोच राख्नुपर्छ । सकारात्मक सोचले सबै नकारात्मकता सकारात्मक बन्छ । तर वास्तवमा के यो विचार सत्य हो ? पक्कै होइन । यो गलत सोच हो । सोचले कुनै पनि कुरा सकारात्मक वा नकारात्मक हुने होइन । प्रत्येक चीजको आप्mनै अस्तित्व छ । हामीले सकारात्मक सोच राख्दा न पृथ्वी सूर्य बन्न सक्छ, न सूर्य पृथ्वी बन्न सक्छ । सोच एउटा पक्ष हो भने बन्नु अर्को पक्ष हो । सोच भन्ने कुरा दिमागभित्र उत्पन्न हुन्छ । तर बन्ने कुराको बाहिरी संसारमा अस्तित्व हुन्छ । जसको लागि एउटा अनुकूल परिस्थिति चाहिन्छ । जसको अभावमा जस्तोसुकै सोचले केही हुन सक्दैन । जस्तो कि हामी प्रत्येक वर्ष यति बेला एक अर्कालाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्ने गर्छौं । तर के यसले भनेजस्तो परिणाम ल्याएको छ ? पक्कै छैन ।

हामी सबैले बुझेकै कुरो हो, राजनीति व्यवस्था र सांस्कृतिक व्यवस्था दुवै आर्थिक व्यवस्थाबाट नियन्त्रित र नियमन हुने कुरा हुन् । जबसम्म आर्थिक प्रणाली सुदृढ हुँदैन तबसम्म राजनीतिक र सांस्कृतिक अवस्था राम्रो हुँदैन । प्रत्येक वर्ष नेपालबाट हजारौं मानिस विदेश जान्छन्, कुनै रहरले होइन, बाध्यताले हो ।

विभेदकारी आर्थिक व्यवस्थाले समानतापूर्ण व्यवहार भएको संस्कृति जन्माउनै सक्दैन । न त्यसले समान व्यवहार भएको राजनीति नै जन्माउँछ । त्यस कारण आर्थिक अवस्था मानव समाजमा सबैभन्दा महŒवपूर्ण भूमिका खेल्ने चीज हो भन्ने कुरा हामी सबैले बुझ्न जरूरी छ । जबसम्म समाजको प्रत्येक तह र तप्का आर्थिकरूपले आत्मनिर्भर बन्दैन, उत्पादनसँग जोडिंदैन तबसम्म न समाजमा समृद्धि आउँछ, न शान्ति, न उत्तरोत्तर प्रगति । शुभकामना बाँडेर कसैको पनि, कुनै पनि इच्छा पूरा हुनेवाला छैन । संसारमा जति पनि संस्कृति र सभ्यता थिए, छ वा हुनेछ, सबै मानवप्रदत्त हो । यो संसारमा मानिसको दिमागले र मानिसको हातले निर्माण गरेका सबै कुरालाई संस्कृति भनिन्छ । यतिबेला हामीसँग थुप्रै संस्कृति छन् । वास्तवमा हामीले भन्ने गरेको संस्कृतिमध्ये अधिकांशतः संस्कृति नभई विकृति हुन् । अबको आवश्यकता हामीले चलनचल्तीमा ल्याएका संस्कृतिहरूलाई केलाएर विकृति र संस्कृति छुट्याउनु हो ।

मानव समाजले निकै लामो कार्यकाल पार गरिसकेको छ । जङ्गली मानव समाज पूँजीवादी समाजसम्म आइपुग्दा यसले आप्mनो दिमाग र हातले थुप्रै कुराहरू निर्माण गरेको छ । जसमध्ये कतिपय भौतिक हो भने कतिपय वैचारिक । यस्तोमा हामीले विचार गर्नुपर्ने कुरा के हो भने हिजो जुन परिस्थितिमा जुन कुरा ठीक थियो, आज परिस्थिति बदलिंदा गलत भएको छ । त्यसैले बदलिएको परिस्थितिमा गलत भएको कुराहरूलाई गलत भन्न सक्नुपर्छ । र त्यसको ठाउँमा सही कुरालाई विज्ञानको आधारमा प्रमाणिकताका साथ स्थापित गर्नुपर्छ । यही मान्यतामा अबको पुस्तामा पुस्तान्तरण हुनुपर्छ । अनि मात्रै हामीले कल्पना गरेको मानवता, प्रकृतिमैत्री मानव समाज तथा विश्वबन्धुत्वजस्ता चीज प्राप्त गर्न सक्छौ ।

तर व्यवहारमा के देखिएको छ भने हामी मानिसभित्र ईष्र्या, घमण्ड, लोभ, तृष्णा, आत्मरति चिन्तनले गर्दा एकले अर्कोलाई कमजोर, मूर्ख, बुद्धु, बनाउन अनेक उपक्रम गर्ने र आपूm मात्रै अगाडि बढ्ने जुन विकृत संस्कृति छ त्यसले हामीलाई अनेक प्रकारको दुःखमा जाकिदिएको छ । यस्ता विकृतिजन्य संस्कृति त्याग गर्नैपर्छ । र यो त्याग गर्नको लागि आजको दिनलाई हामीले सङ्कल्पको रूपमा अगाडि बढाउँदा नयाँ वर्ष मनाएको ठीक ठहरिन्छ । कम्तिमा अरू केही नभए आजदेखि भूmटो नबोल्ने, कसैलाई नठग्ने, जातपात नमान्ने, जातको आधारमा कसैलाई निकृष्ट नदेख्ने सङ्कल्प गरौं । यही नयाँ वर्षको असल कामना हुन सक्छ ।

अहिलेको विश्वसमाज विज्ञान र प्रविधिप्रदत्त सुविधा उपभोगमा अभ्यस्त हुँदै जाँदा पुराना मूल्य, मान्यता, संस्कार एवं संस्कृति छायामा पर्दै गइरहेका छन् । छोराछोरी, भाइबहिनी हुर्कंर्दै जाँदा उनीहरूमा कम्प्युटर, इन्टरनेटभित्रको सञ्जाल एवं फेसबूकलगायत मनोरञ्जनका क्षेत्रतिर अभ्यस्त भएको अवस्था छ । परिवारमा हजुरबुबा, हजुरआमाले छोराछोरी र नातिनातिना पुस्तालाई पारिवारिक एवं सामाजिक संस्कृति र संस्कारका मौलिक प्रचलनको पुस्तान्तरण प्रक्रिया कमजोर भएको छ । हुर्केबढेका छोराछोरी कम्प्युटर, इन्टरनेट, फेसबूकलगायत मनोरञ्जनका साधनप्रति आकर्षित छन् । नयाँ पुस्ताले यही व्यस्तता र जीवनशैली अँगाल्दै गएको छ तर पुरानो पुस्ताको लागि यो शैली टाउको दुःखाइको विषय भएको छ ।

आधुनिक समाज निर्माणको क्रममा समाजका पुरानो संस्कार र संस्कृतिका कतिपय अन्धविश्वास, कुरीति एवं कुसंस्कारलाई संशोधन, परिमार्जन एवं परिवर्तन गर्नुपर्ने समयको माग पनि त्यतिकै प्रबल छ । यस सन्दर्भमा प्रचलनमा रहेका नराम्रा पक्षको वैज्ञानिक तर्कका आधारमा वर्जना गर्दै जाने र आधुनिकताले सिर्जना गरेका उचित मूल्य र मान्यता लागू गर्दै पारिवारिक, सामाजिक एवं स्वदेशीपनमा आधारित जीवनपद्धति नै नेपाली समाजको आजको आवश्यकता हो ।

पुरानो विचारको ठाउँमा नयाँ आधुनिक वैज्ञानिक विचारको पुनर्जागरण हुनु अत्यावश्यक छ । अब पनि पुरानै विचारको आधारमा हिंड्दा न समृद्धि सम्भव छ, न मानवता नै कायम रहन्छ । त्यसैले अन्धविश्वासी र रूढिवादी समाजको ठाउँमा भौतिकवादी वैज्ञानिक विचारले परिष्कृत समाज निर्माण गर्ने, भ्रष्टाचारविहीन राजनीति र सबै सम्पन्न हुने अर्थनीति शुरूआत हुने राजनीतिको लागि आज सङ्कल्प–दिवस घोषणा गरौं नयाँ वर्षको सबै सुहृद्जनमा यही शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here