प्रस, वीरगंज, २८ चैत/
वीरगंज कपडा बैंकले धोबिनी गाउँपालिका–३ गुलरियाका आगलागीपीडितहरूलाई राहत वितरण गरेको छ । कपडा बैंकका उपाध्यक्ष प्रकाश थारूको अगुवाइमा अध्यक्ष लालबाबू सिंह र सदस्य नवराज भट्टराईले आगलागीपीडित राजेन्द्र पटेल, फणिन्द्र पटेल, हनिफ मियाँ, मनिफ मियाँ, रवीन्द्र पटेलका परिवारलाई दुई बोरा नयाँ/पुराना कपडा, एक बोरा नयाँ/पुराना भाँडाकुँडा, म्याट र नगद पाँच हजार सहयोग हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रहरी सहायक निरीक्षक तोजेन्द्र क्षत्री, पूर्वप्रनि ललनप्रसाद कुर्मी, ब्लू हेभेन एकेडेमीका सञ्चालक सुदिल पटेल, स्थानीय समाजसेवी केदार पाण्डेलगायतको सहभागिता थियो । विद्युत् सर्ट सर्किट भएर आगलागी हुँदा करीब ३० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको पीडितहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here