प्रमोद यादव, पंचगावाँ, २४ चैत/
पटेर्वासुगौली गाउँपालिका–४ पथलवाघटका दलित बालबालिकाहरूका लागि गणेश उज्जन भुवन स्मृति प्रतिष्ठान, काठमाडौंले शैक्षिक सामग्री, पोशाक र खाद्यान्न सामग्री सहयोग गरेको छ ।

पटेर्वासुगौली गापा–४ मा रहेको वनदेवी आधारभूत विद्यालय भतौडामा अध्ययनरत अतिविपन्न, मुसहर, चमार, दुसाद जातिका ८० जना बालबालिकालाई प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठ लामाले स्टेशनरी, जुत्ता, चप्पल, फलफूल, बिस्कुट सहयोग गरेकी संस्थाका गणेशमान लामाले बताए ।

उनले सञ्चारमाध्यमहरूबाट सो विद्यालयमा अध्ययनरत अतिविपन्न, मुसहर, चमार, दुसाद जातिका बालबालिकाहरूको बारेमा जानकारी पाएपछि सहयोग गरेको बताए ।

उनले आगामी दिनमा पनि अतिविपन्न, मुसहर, चमार, दुसाद जातिका बालबालिकाहरूको लागि अध्ययन प्रभावित हुन नदिने गरी सहयोग जारी राख्ने प्रतिबद्धता जाहेर गरे ।

प्रतिष्ठानका पर्सा जिल्ला संयोजक हरि यादवले बालबालिकाहरू विद्यालयमा अध्ययन गर्ने अधिकारबाट वञ्चित नहोऊन् भन्ने पवित्र उद्देश्यले अतिविपन्न, मुसहर, चमार, दुसाद जातिका बालबालिकाहरूलाई गरिएको सहयोगको प्रशंसा गरे । जापानको चाइल्ड सपोर्ट अर्गनाइजेशनका अध्यक्ष स्युन र सदस्यद्वय युहो, आचुसीले बस्तीमा रहेका बालबालिकाहरूको आवश्यकताको पहिचान गरी जापानबाट सक्दो सहयोग पु¥याउने आश्वासन दिए ।

स्थानीय स्वयंसेवक शिक्षिका सुमिता चौधरीले सहयोगी संस्थाका प्रतिनिधिहरूलाई फूलमाला, गम्छा ओढाएर सम्मान प्रदान गरेकी थिइन् ।

वडा प्रतिनिधि शिवशङ्कर राउतको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सुवास दासले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here