प्रस, वीरगंज, २३ चैत/
ज्ञानदा एकेडेमीले आइओटी र रोबोटिक्स विभाग स्थापना गरेको छ । ज्ञानदा एकेडेमी+२ एनइबीको एक भाग ‘अल्फा–एक्स क्लब’को उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालाले भावी पुस्ताको लुकेका प्रतिभा प्रदर्शन गर्न तथा नवीन विचारहरूलाई प्रस्फुटन गर्न क्लबले महŒवपूर्ण भूमिका खेल्ने बताए ।

आइओटी–रोबोटिक्स विभागका प्रमुख इकबाल हुसैनको संरक्षणमा कक्षा ११ मा अध्ययनरत १२ जना छात्रछात्रा सदस्य रहनेगरी क्लब गठन गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरूले परिवर्तनकारी क्षेत्रमा गहिरो चासो देखाएका थिए । क्लबका सदस्यहरूले पहिलो परियोजना अन्तर्गत स्वचालित घण्टी प्रणाली बनाएका थिए । पहिले घनले हानेर घण्टी बजाउनुपर्नेमा अबका दिनमा स्वचालित घण्टी प्रणालीले घण्टी बजाउने कार्यक्रममा बताइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here