• डा शिवशङ्कर यादव
आकस्मिक मानसिक विकृतिहरू
पाठकवृन्द, मानसिक विकृतिको विवरणको क्रममा यो मेरो अन्तिम लेख हो । जसरी अन्य रोगमा कतिपयका लक्षणहरू यस्ता हुन्छन् कि तत्काल उपचार गरिएन भने रोगीको मृत्युसमेत हुन्छ । त्यस्ता रोगीको उपचारको लागि हरेक अस्पतालमा आकस्मिक कक्ष बनेको हुन्छ । त्यस्तै आकस्मिक कक्ष मानसिक विकृतिको हरेक मानसिक अस्पतालमा पनि हुन्छ । आजभोलि हरेक ठूला जेनरल अस्पतालमा पनि आकस्मिक मानसिक विकृतिको लागि अलग्गै बेडको व्यवस्था गरिएको हुन्छ र आकस्मिक मानसिक विकृतिको आसियुजस्तै पिएमआइसियु अर्थात् साइकियाट्रिक मेडिसिन इन्टेसिभ केयर युनिट हुन्छ ।
आकस्मिकको मतलब हुन्छ त्यो अप्रत्याशित स्थिति जसले तुरुन्त उपचारको माग गर्छ । मेडिकल आकस्मिकताको मतलब हुन्छ बिमारीको त्यो अप्रत्याशित अवस्था जुन रोगीको जीवनको लागि खतरा हुन्छ अथवा रोगीलाई असह्य पीडामा पारिरहेको हुन्छ । त्यस्तै मानसिक आकस्मिकताको मतलब हुन्छ मानसिक रोगीको सोच, मूड वा एक्सन जुन स्वयं उसको, अन्य मानिस वा समाजको लागि खतरा बन्छ र तुरून्त उपचारको माग गर्छ । साइकोलोजिकल इमर्जेन्सीलाई साइकोलोजिकल क्राइसिस पनि भनिन्छ जसले रोगी, परिवार र समाजमाथि समस्या थोपरेको हुन्छ ।
मानसिक आकस्मिकता निम्न प्रकारको हुन्छ : नयाँ विकृति, जुन एक्कासि हुन्छ, क्रोनिक भए उग्र आक्रमण हुन्छ, कुनै पनि जैविक मनोविकृति, तनाव उत्पन्न गर्ने कुनै पनि मनोविकृतिको असामान्य अवस्था, औषधिले हुने आकस्मिक अवस्था–साइकोट्रोपिक औषधिहरूको विषाक्तता र जेनरल औषधिले हुने मानसिक विकृति, मदिरा र अन्य अशक्त पार्ने मादक पदार्थको बानी जुन विथड्रवल, ओभरडोज र अन्य जटिलताको अवस्था, आपूm र अरूलाई नोक्सान पु-याउने सोच आदिको परिणाम हो ।
परीक्षणः
यस्ता रोगी इमर्जेन्सी विभागमा आउनेबित्तिकै द्रुत गतिले रोगबारे सूचना प्राप्त गरी तुरून्त उपचारमा जानुपर्छ । यथा : १. मनोवैज्ञानिक इतिहास : यसमा मुख्य लक्षण कहिलेदेखि शुरू भयो, कसरी बढ्दै गयो, रोगले तात्कालिक नोक्सान के भयो, कुनै शारीरिक बिमारी छ वा छैन, यसभन्दा पहिले रोगीको मानसिक स्तर कस्तो थियो, पहिले कुनै शारीरिक वा मानसिक रोग भए–नभएको, परिवारमा कसैलाई शारीरिक वा मानसिक रोग छ वा छैन, कुनै प्रकारको डाक्टरी इलाज अथवा बाजारू इलाज गरेको वा नगरेको वा अल्कोहलको बानी छ कि छैन आदि प्रश्न सोधेर निष्कर्ष निकालिन्छ । २. सामान्य शारीरिक र स्नायु परीक्षण : यसमा यो हेरिन्छ कि मनोविकृति कुनै अन्य कारणको प्रतिफल त होइन, जस्तै हेड इन्ज्युरीमा पनि मनोविकृति पैदा हुन सक्छ । त्यस अवस्थामा हेड इन्ज्युरीको उपचार प्राथमिकतामा पर्छ । ३. मानसिक अवस्थाको परीक्षण : यो सबैभन्दा महŒवपूर्ण जाँच हो, जसमा रोगीको चेतनाको अवस्था, बोल्ने तरीका, सतर्कता, एकाग्रता, स्मरणशक्ति, बुद्धिमत्ता, सोच र निर्णय आदि गर्ने शक्ति जाँचिन्छ । वाकशक्तिको कमी , बोधशक्तिको ह्रास, सुँघ्नेशक्तिको कमी, कुनै वस्तुलाई समात्न नसक्नु, लेखनशक्तिको कमी, नाम स्मरण गर्ने शक्ति जाँच गरिन्छ । दोस्रोमा मानसिक अवस्थाको पत्ता लगाइन्छ कि कुन मनोविकार छ ? तेस्रोमा रोगीको आत्महत्या गर्ने वा हत्या गर्न सक्ने स्थिति छ वा छैन ? अब आउनुस् मुख्य मानसिक इमर्जेन्सी केके हो तिनको छोटकरीमा विवेचना गरौं–
१. आत्महत्या : आत्महत्या शब्दबाट त सबै परिचित छन् । यसको मतलब हुन्छ आफूले आप्mनै ज्यान लिने । यसको भूमिका आकस्मिक नभए पनि घटना आकस्मिक हुन्छ । यसको दुई रूप हुन्छ । एटेम्प्टेड सुसाइड र कमप्लिटेड सुसाइड । पहिलोको मतलब हुन्छ आत्महत्याको प्रयास, तर मृत्यु हुन नसकेको । यस्ता मानिसमध्ये २ देखि ३ प्रतिशतले १० वर्ष भित्र कमप्लीट सुसाइड गर्छ । कमप्लिट सुसाइडको मतलब हुन्छ मृत्यु । एउटा तेस्रो पनि टर्म हुन्छ : सुसाइड गेस्चर जसको मतलब हुन्छ, आत्महत्याको देखावटी प्रयास, जसमा आत्महत्या गर्ने कोशिश त हुन्छ तर भित्री इच्छा मृत्यु हुँदैन । यो प्रयास आइमाईमा बढी पाइन्छ तर मेरै गाउँको एकजना पुरुष पत्नीसँग रिसाएर पानी नभएको इनारमा कुदे । इनारमा पानी नै थिएन, मर्ने कुरै भएन । कम्प्लिटेड सुसाइड पुरूषमा महिला भन्दा दुईदेखि चार गुणा बढी देखिएको छ । व्यापकता : आत्महत्याबाट मृत्यु हामीकहाँ र अन्य देशमा पनि १० कारण मध्ये एक हो । तर धेरै प्रकाशमा नआएकोले यो दर प्रतिलाख दश वा पन्ध्र आकलन गरिएको छ । तुलनात्मक रूपमा संसारमा सुसाइड रेट ५ देखि १० प्रतिलाख प्रतिवर्ष छ । २००१ मा डब्ल्युओएचले प्रकाशित गरे अनुसार एक वर्षमा एक मिलियन मान्छे आत्महत्या गर्छन् र दशदेखि बीस मिलियनले आत्महत्याको प्रयास गर्छन् । अतः कम्प्लिटेड र एटेम्प्टेड सुसाइडको अनुपात २०ः१ हुन आउँछ । हामीकहाँ सुसाइडको उच्चतम रेट १५ देखि ३० वर्षको उमेरमा पाइन्छ । पुडुचेरी, पश्चिम बङ्गाल, चेन्नई र बेंगलुरूमा आत्महत्याको बढी घटना देखिएको छ । आत्महत्याको कारणमा केही मुख्य कारण निम्न छन् : क. मानसिक विकृति : सबैभन्दा बढी कारण यही हो, जसमा अवसाद, मदिरा आदि मादक पदार्थमा निर्भरता र सिजोफ्रेनिया पर्छ । अवसादमा : मेजर डिप्रेशन, शारीरिक रोगले उत्पन्न अवसाद र जटिलता, जीवन सङ्घर्ष, पारिवारिक र वैवाहिक विग्रह तथा विघटन, लक्ष्यको प्राप्तिमा विफलता, व्यावसायिक र आर्थिक असफलता, आफन्तको मृत्यु आदि । यहाँ नोट गर्नुपर्ने कुरा के छ भने आत्महत्या वंशानुगत कारणले पनि देखिएको छ । जुम्ल्याहा बच्चामा १८ प्रतिशतको दरले दुवैले आत्महत्या गरेको देखिएको छ । ५ एचटी केटेकोलामाइनको कमीले पनि आत्महत्याको घटना हुने गरेको पाइएको छ । ख. कडा शारीरिक रोग : निको नहुने रोग वा असह्य दुःखाइ हुने रोग जस्तै कैंसर र एड्समा पनि मान्छेले आत्महत्या गर्छ । यसको दर १३.५ प्रतिशत हुन्छ । ग. मनोसामाजिक कारण : परीक्षामा फेल हुनु, प्रेममा असफलता, दाइजो वा ऋणको कठिनाई, वैवाहिक विग्रह, गैरकानूनी गर्भ, पारिवारिक विग्रह, प्रियको मृत्यु, बलात्कार, व्यवसाय चौपट भएर आर्थिक तंगी तथा सामाजिक बहिष्करण आदि यसका उदाहरण हुन् । आत्महत्या गर्न अँगालिने तरीका : हामीकहाँ ३५ प्रतिशत विष खाएर, २३ प्रतिशत झुन्डिएर, ९ प्रतिशत डुबेर, ४ प्रतिशत ट्रेनको अगाडि कुदेर तथा १२ प्रतिशत जलेर आत्महत्या हुन्छ ।
मेडिकोलिगल एस्पेक्ट : आत्महत्याको प्रयास वा आत्महत्या गर्नु दण्डनीय अपराध हो जसमा एक वर्ष कैद वा जुर्माना पनि हुन्छ । उपचारको व्यवस्था : आत्महत्या गर्दा मरेपछि कथा नै सकिन्छ, न उपचार न दण्ड दिन सकिन्छ । तर अनुसन्धान आत्महत्या गर्न उक्साउने मानिसतिर मोडिन्छ । अतः आत्महत्याको उपचार भनेको यसलाई रोक्नु नै हो ? यो काम सुसाइड प्रिभेन्सन सेन्टर, क्राइसिस इन्टरभेन्सन सेन्टरले गर्छ, जुन हामीकहाँ उपलब्ध छैन । मानसिक आकस्मिक सेवा, समाज कल्याण केन्द्रले यो काम गर्छ । कतिपयलाई घरमैं सेवा प्रवाहको जरूरत पर्छ । यसलाई रोक्न निम्न पाइला चालिन्छ ः आत्महत्याको सम्भावना, चिह्न र प्रयासको सूचना तुरून्त चिकित्सकलाई दिनु, मनोचिकित्सक स्थितिको गम्भीरता पत्ता लगाई त्यसै अनुसार उपचारको व्यवस्थामा लाग्छ । रिस्क र गम्भीरताको निरीक्षण गर्नुपर्छ, आकस्मिक मनोविकृतिको परीक्षण र उचित सल्लाह र निर्देशको रूपमा रोगीको आत्महत्याबारेमा विमर्श, आउने तनावबारे पाइला चाल्ने र सहनशीलता विकासको कुरा गर्नुपर्छ, मनोविकृतिको औषधि दिने । यस्तो रोगीमा इसिटी वाञ्छित उपचार होइन । रोगीलाई राम्रो फौलोअपमा राख्नुपर्छ ।
२. मुर्छा र मांसपेसीहरूको कामको व्यापक असामान्यता (स्टुपर एन्ड केटाटोनिक सिन्ड्रोम ) : मुर्छा एउटा प्रमुख कारण हो, जसमा आकस्मिक सेवा आवश्यक हुन्छ । मुर्छा यस्तो अवस्था हो, जसमा मान्छे बेआवाज र अर्धचेत हुन्छ तर उसलाई चेतनामा फर्काउन भने सकिन्छ । मुर्छालाई मनोवैज्ञानिक अर्थमा लिन सकिन्छ तर सूक्ष्म जाँच गर्दा धेरैजसो मुर्छा मस्तिष्कको जैविक कारणले हुन्छ । मुर्छामा केटेटोनिक लक्षण देखिन्छ । यसको मतलब हुन्छ त्यस बेला धेरै मांसपेसीको कार्य एक साथ बन्द हुन्छ । मुर्छाको कारण ः यसको धेरै कारण हुन्छ, जसलाई निम्न अनुसार लिस्ट गर्न सकिन्छ । यथा ः इन्सेफेलाइटिसपछि हुने पार्किन्सन, लिम्बिक सिस्टमको इन्सेफेलाइटिस र कैंसर, चारैतिर फैलिएको इन्सेफेलाइटिस, ठूलो प्रकारको मिर्गी, जसलाई पेटिटमाल भनिन्छ, ब्रेनको कभरिंगबीच रगत जमेको, ब्रेनमा फैलिएको मलेरिया, कोर्टेक्समा रगत जमेको जसलाई थ्रोम्बोसिस भनिन्छ । त्यस्तै सिस्टमेटिक र मेटाबोलिक डिजार्डर, सुगरको बिमारीमा हुने किटोएसिडोसिस, पाराथायरायडिज्मले हुने कैल्सियमको अधिकता, पेलाग्रा जुन भिटामिन बी १ को कमीले हुन्छ, जुन मकै मात्र खाएर बाँच्ने मान्छेमा पाइन्छ,, कलेजोले हुने इन्सेफेलोपैथी, मिर्गौलाको ग्लोमेरूलसको सङ्क्रमण । तेस्रो कारण औषधि र विषहरू जसमा पर्छ–जैविक अल्केलोसिस, एन्टिसाइकोसिस, एसिटिएच, एस्पिरिन, प्रकाश दिने ग्याँस, इथाइल अल्कोहलको बढी मात्रा, लिभोडोपा, डिसल्फिरम, कार्बनमोनोक्साइडको विषाक्तता, लिथियमको विषाक्तता, मिथाइल फेनिडेट, फेन्साइक्लोडोन, मसक्लिन आदि । चौथोमा साइकियाट्रिक डिजार्डर जसमा पर्छ : केटेटोनिक सिजोफ्रेनिया, डिप्रेसिभ स्टुपर, मैनिक स्टुपर, पेरियोडिक केटेटोनिया, कन्भर्सन र डिसोसिएटिभ डिजार्डर, रिएक्टिभ साइकोसिस र हिप्नोसिस गर्दा आदि । जैविक बेहोशीलाई फंक्शनल अर्थात् साइकोलोजिकल बेहोशीबाट छुट्याउन नितान्त आवश्यक हुन्छ । नछुट्याई उपचार हुन सक्दैन । त्यो विभिन्न जाँचले छुट्टिन्छ जो निम्न प्रकारले गरिन्छ : बेहोशीको स्तरको लागि रोगीको इतिहास लिने, पेन्टोथल वा एमाइटल दिने जसले जैविकलाई बढाइदिन्छ तर साकोलोजिनिक कम गरिदिन्छ । रगतको सुगर, युरिया क्रिएटिनिन आदिको जाँच र पिसाबको रूटिन जाँर्च आदि प्रमुख हुन् । उपचारमा : बेहोशी जैविक होस् वा साइकिक केही उपचार दुवैमा एउटै हुन्छ जुन मुख्य उपचारभन्दा पहिले गरिन्छ–नाकबाट आक्सिजन दिने र जीवनरक्षक सेलाइन दिने । त्यसपछि खास उपचार शुरू हुन्छ जसमा सुगर कम छ भने नसाबाट ग्लुकोज दिने, मर्फिनको विषाक्तता छ भने नसाबाट नेलोक्सिन दिने, इन्सेफैलोपैथी वा डेलिरियम ट्रिमेन्स छ भने थायमिन १०० मिलिग्राम दिने, एड्रिनल क्राइसिस छ भने १०० मिलिग्राम हाइड्रोकर्टिसोन दिने, मिक्सिडेमिक अथवा हाइपोथायरायड छ भने थायरोक्सिन २०० देखि ५०० माइक्रोग्राम दिने आदि । त्यसपछि उपचारको विस्तारमा जानुपर्छ ।
३. उग्र उत्तेजित व्यवहार र हिंसा ( एकसाईटेड विहेवियर एण्ड भ्वायलेन्स) उग्र र उत्तेजित व्यवहार गर्ने मान्छेलाई प्रायः साइकियाट्रिक इमर्जेन्सीमा ल्याइन्छ, यद्यपि धेरै साइकियाट्रिक रोगी खतरनाक स्तरका हुँदैनन् तर कोहीकोही रोगको एक्युट स्टेजमा आक्रामक बन्छन् । निम्नलिखित केही अवस्थामा मान्छे आक्रामक हुन्छ : जैविक मानसिक डिजार्डर र अजैविक मानसिक डिजार्डर । पहिलोमा : डेलिरियम ट्रिमेन्स, डिमेन्सियाको केटेटोनिक रिएक्शन जसमा कन्ट्रोलको शक्ति समाप्त हुन्छ, वर्निकसाइकोसिस आदि । दोस्रोमा पर्छ सिजोफ्रेनिया र अन्य साइकोसिसमा : सिजोफ्रेनिफर्म साइकोसिस, एक्साइटेड सिजोफ्रेनिया, पारान्वायड सिजोफ्रेनिया र एक्युट साइकोटिक डिजार्डर आदि । यसको अतिरिक्त मैनिया, जसमा यद्यपि रोगी उत्तेजित त हुन्छ तर हिंसक तब मात्र हुन्छ जब उसको काममा बाधा उत्पन्न गरिन्छ वा जिस्काइन्छ । उत्तेजित अवस्थाको डिप्रेशनमा पनि मान्छे उग्र र हिंसक हुन सक्छ । मैले डिप्रेशनमा एउटा उग्र र हिंसक केटीलाई देखेको छु । अल्कोहल र अन्य मादक पदार्थको सेवनमा उत्तेजना तब देखिन्छ जब त्यो विषाक्त स्तरसम्म पुग्छ वा एक्कासि छोडेपछि हुन्छ । मिर्गी र एक्कासि तनावको प्रतिक्रियास्वरूप पनि उग्रता घटित हुन्छ । न्युरोटिक डिजार्डरमा : पैनिक, एगारोफोबिया पैनिक भएको जसमा रोगी उत्तेजित त हुन्छm हिंसक हुँदैन । यसको अतिरिक्त बोर्डरलाइन पर्सनालिटी डिजार्डर र इन्टरमिटेन्ट एक्सप्लोसिभ डिजार्डर तथा रिएक्टिभ साइकोसिसमा पनि मान्छे उग्र हुन पुग्छ । यसको उपचार निम्नलिखित छ–रिएस्योरेन्स वा सान्त्वना : रोगी उग्र भए पनि चिकित्सक दयालुताका साथ पेश हुनुपर्छ तर साथै उपचार गर्नका लागि कडा पनि बन्नुपर्छ । एक्लो सान्त्वनाले यस्तो रोगीमा काम गर्दैन तर पनि कोशिश अवश्य गर्नुपर्छ । दोस्रो हो सिडेशन अर्थात शान्त पार्ने औषधिको प्रयोग । तेस्रो रेस्ट्रेन्ट : जसको मतलब हुन्छ रोक्नु चाहे बाँधेर वा हातखुट्टा समातेर । यसको लागि रोगीको मान्छेसँग अनुमति लिनु आवश्यक हुन्छ । रेस्ट्रेन्ट छोटो समयको लागि मात्र गरिन्छ । चौथो हो इसिटी : यो इच्छित उपचार होइन तर पनि यदि दिइन्छ भने त्यसको स्पष्ट उल्लेख रोगीको फाइलमा राख्नुपर्छ ।
४. अर्का मानसिक आकस्मिकता (अदर साइकियाट्रिक इमर्जेन्सी ) यसको लिस्ट लामो छ तर मुख्य मुख्य निम्नलिखित छन् : क. कडाखाले डिप्रेशन : आत्महत्याको कोशिश र आक्रामक व्यवहारको अलावा यस्ता रोगी यस कारण पनि इमर्जेन्सीमा ल्याइन्छन् कि उनीहरू खानापीना छाडेर कमजोर भइसकेका हुन्छन् । यस्ता रोगी औषधि समेत नखाने हुन्छन् । ख. साइकोट्रोपिक औषधिको साइड इफेक्ट : एक्युट डिस्टोनिया, एकेथेशिया र न्युरो मेलिग्नेन्ट सिंड्रोम आदि ग. मेडिकल र सर्जिकल रोगको जटिलता : जसरी आइसियु सिंड्रोम र रिजर्पिनले हुने कडा अवसाद । अन्य–हाइपरभेन्टिलेशन सिंड्रोम, अनिद्रा, सुडो सिजर, डिहाइड्रेशन र केटेटोनियाको साथ एनोरेक्सिया नर्भोसा । बच्चाहरूको अनपेक्षित उपेक्षा जसलाई वेटर्ड बेबी सिंड्रोम भनिन्छ, ग्रीफ, मनोसामाजिक क्राइसिस, मादक औषधि र अल्कोहलको प्रयोग, पैनिक डिजार्डर र एक्युट साइकोसिस आदि ।