ओमप्रकाश चौधरी, सेढवा, २२ चैत/
पर्साको ग्रामीण भेग (थरुहट) क्षेत्रमा चैते धानबाली रोपाइँ जोडतोडले भइरहेको छ । गण्डक नहरदेखि उत्तर थरुहट क्ष्Fेत्रको जङ्गलसँग जोडिएका र कुलो, नहर, बोरिङलगायतका सिंचाइ सुविधा भएका क्ष्Fेत्रमा अहिले धमाधम रोपाइँ भइरहेको छ ।
चैते धानलाई लक्ष्Fित गरेर कृषि सामग्री कम्पनीले युरिया मलको व्यवस्था गरे पनि पोटास र डिएपी मलको भने अभाव किसानहरूले झेल्नुपरेको छ । डिएपी र पोटासको गर्जो अहिले किसानहरूले छिमेकी भारतीय बजारबाट टार्दैछन् । चैते धान रोपाइँको बेलामा युरिया, पोटास र डिएपी तीनैथरीका मल आवश्यक हुन्छ । रोपाइँका बेलामा नेपाली किसानहरूले कहिल्यै मल सहजरूपमा पाउन सकेका छैनन् ।
भारतीय बजार भङ्गाहा, इनर्वालगायतबाट मल खरीद गरी ल्याउँदा किसानहरूलाई अहिले दुवै देशका सुरक्षाकर्मीहरूको हप्कीदप्की र दुव्र्यवहार सहनुपरेको छ । भारतीय बजारबाट मल ल्याएर केही व्यवसायीहरूले अहिले महँगोमा बिक्री गरिरहेका छन् । भारत जान नसक्ने किसानहरूले यिनै व्यापारीहरूको महँगो मल खरीद गरी खेतीपाती गर्नुपरेको छ ।
रोपाइँको समयमा डिएपी तीन किलो, युरिया र पोटास डेढ/डेढ किलो प्रतिकट्ठा छर्नुपर्ने हुन्छ । चैते धान ९० दिनमा हुर्की बढी उत्पादन हुने भएकोले यो धानप्रति थरुहट क्षेत्रमा किसानहरूको आकर्षण बढेको हो । अगहनी धान हुर्की बढ्नको लागि १२० दिन लाग्ने गर्छ । थरुहट क्षेत्रका ८० प्रतिशत किसानहरू अहिले चैते धानखेतीमा संलग्न छन् । त्यसको तुलनामा बजियान क्षेत्रमा भने १०–२० प्रतिशत मात्र किसानहरू चैते धानखेती गर्दैछन् । खासगरी गण्डक सिंचाइ नहरसँग जोडिएका र बोरिङ सुविधा भएका किसानहरूले चैते धानखेती गरिरहेका छन् । थरुहट क्ष्Fेत्रको तुलनामा बजियानमा चैते धानखेती गरिंदैन । यहाँ दुई खेती हुन्छ– गहुँ र अगहनी धान ।