• श्रीमन्ननारायण

भारत र चीनजस्ता विश्वका दुर्ई उदाउँदा शक्ति राष्ट्रबीच अवस्थित नेपाललाई जति आप्mनो देशको सुरक्षाको चिन्ता रहेको छ त्यति नै आप्mना छिमेकी राष्ट्रको सुरक्ष्Fाको पनि चिन्ता रहेको छ । नेपालको माटोबाट कुनै पनि देशका नागरिकले हाम्रा छिमेकी राष्ट्रविरुद्ध अवाञ्छित अथवा अवैध क्रियाकलाप गर्न नसकोस् भन्ने चाहना नेपालको रहिआएको छ । नेपाल भ्रमणमा घुम्न आएका अथवा घुम्न आउने विदेशी पर्यटकहरू हाम्रा निम्ति अतिथि हुन् । अतिथिलाई हाम्रो सनातन धर्ममा देवताको स्थान दिएको छ तर पर्यटक अथवा अतिथिको रूपमा नेपाल भ्रमणमा आउनेहरू जब ठगी, गुण्डागर्दी, मारपिट र तस्करीजस्ता घटना गर्दछन् भने सोझा नेपाली जनताको आक्रोश बढ्नु स्वाभाविक हुन जान्छ । हालै वीरगंज महानगरपालिका–१५ बाट तीनजना चिनियाँ नागरिक पक्राउ पर्नु र तिनका गतिविधिहरू संदिग्ध फेला पर्नु दुर्भाग्यपूर्ण हो । इन्टरनेट डिभाइसबाट डिजिटल ठगीको कारोबारमा संलग्न मानिएका चिनियाँ नागरिकले अवैधरूपमा अन्तर्राष्ट्रिय कल, एसएमएस बाइपास गर्नुका साथै अन्य साइबरसम्बन्धी गतिविधि पनि गर्दै आएको सम्भावनालाई अस्वीकार गर्न सकिंदैन । अवैध लट्रीमार्पmत सर्वसाधारणलाई ठग्ने काम निन्दनीय हो । दक्षिणी छिमेकी भारतको सिमाना नजीक वीरगंजजस्तो बजारमा चिनियाँ नागरिकले यस्तो कृत्य गर्दा हामी नेपालीहरूलाई नै समस्या हुन्छ । चिनियाँ नागरिकले नेपालमा गर्ने गरेको ठगीजन्य अपराधका यो पहिलो घटना होइन, न त अन्तिम नै हुनेछ । जबसम्म चिनियाँहरू आफूलाई नेपाली कानूनभन्दा माथिको ठानिरहनेछन् तबसम्म यस्ता घटना भइ नै रहनेछन् । हालै नेपाल सरकारले अवैध रूपमा नेपालमा बसोवास गर्दै आएका विदेशी नागरिकहरूलाई नेपालबाट निकासा गरेका छन् । यस फेहरिस्तमा पनि चिनियाँहरू नै सर्वाधिक थिए । सुन तस्करी, जुवा, अवैध कल बाइपास, डलर तस्करी, अवैध बैंकिङलगायत अनेकौं घटनामा पटक–पटक चिनियाँहरू नेपालमा पक्राउ परेका छन् तर तिनको गतिविधि रोकिएको छैन ।

हाम्रो देशका वामपन्थी राजनीतिज्ञ र विश्लेषकहरूले उत्तरी छिमेकी चीनलाई पनि गुण र दोषयुक्त मित्रराष्ट्रको रूपमा परिभाषित गर्नुपर्नेमा चीनले गलती गर्नै सक्दैन भन्दै देवत्वकरण गरिदिएका छन् । वीरगंजको घटना
पनि यसकै उपज हो ।

दक्षिणी छिमेकी भारतसितको सुमधुर सम्बन्धमा कटुता ल्याउने खालका यस्ता घटनाबाट सर्वाधिक हानि आम नेपाली जनतालाई नै हुने गर्दछ । कुनै एउटा पाकिस्तानी, चिनियाँ अथवा बङ्गलादेशीले नेपालमा अपराधजन्य क्रियाकलाप गर्दा लाखौं नेपाली जनताले दक्षिणी सिमाना आउजाउ गर्दा अत्यधिक चेकजाँचको सामना गर्नुपर्छ, समस्या भोग्नुपर्दछ । अपराधी प्रवृत्तिका पर्यटकहरूको मनोबललाई तोड्नुपर्दछ । यस्ता कृत्यले हाम्रो अर्थतन्त्रलाई नै कमजोर बनाउने हो । नेपाल र भारतबीच परम्परागत बहुआयामिक सम्बन्धको एउटा महŒवपूर्ण पक्ष १८०० किलोमिटर खुला सिमाना पनि हो । सांस्कृतिक घनिष्ठता अन्तर्गत धार्मिक तीर्थस्थलको भ्रमण, वैवाहिक सम्बन्ध, शिक्षा स्वास्थ्य उपचार र यस्ता अनेकौं कार्यमा यी खुला सिमाना सहयोगी साबित हुँदै आएका छन् । यदाकदा अपराधजन्य घटना पनि भएका छन् । घटनाका दोषीलाई कारबाई गर्न दुवै देशका प्रशासनबीच समन्वय र सहयोगका कार्य पनि भइ नै आएका छन् । सुरक्षा संवेदनशीलतालाई दुवै देशले आआप्mनो प्राथमिकतामा राखेका छन्, राख्दै आएका छन् । नेपालको माटोबाट तेस्रो देशका नागरिकले छिमेकी राष्टविरुद्ध अपराधजन्य कृत्य गर्नु निन्दनीय कार्य हो । वीरगंजमा डिजिटल ठगीको धन्दा फस्टाउनुको अर्थ नेपालीहरूले सर्वाधिक क्षति बेहोर्नु हो । घरपट्टिले पनि कुनै विदेशी नागरिकलाई घर भाडामा दिनुपूर्व स्थानीय प्रहरी, प्रशासनलाई जानकारी गराउनु उचित देखिन्छ । आफ्नो घरमा भाडामा बस्नेले के गरिरहेको छ यो जानकारी घरधनीलाई हुनुपर्ने हो अन्यथा घरधनी पनि विवादमा तानिन सक्ने अवस्था आउन सक्दछ ।

गत वर्ष पनि यसै महीनामा करोडौंको ठगी आरोपमा काठमाडौंबाट नौजना चिनियाँ नागरिक पक्राउ परेका थिए । भिजिट भिसामा नेपाल आएका उनीहरूले अनलाइनमार्पmत विभिन्न व्यक्तिलाई ठगी गरेका थिए । पक्राउ परेका चिनियाँमध्ये चारजनासँग पासपोर्ट थिएन भने दुईजनाको पासपोर्टको म्याद गुज्रिसकेको थियो । गैरकानूनीरूपमा नेपाल बसेका चिनियाँहरू त्यति बेला पनि अनलाइन ठगीमैं पक्राउ परेका थिए । नेपाली युवा–युवतीलाई महीनाको १० हजार दिएर उनीहरूको बैंक खाता प्रयोग गरी ठगी गर्ने गरेका थिए । वीरगंजमा पक्राउ परेकाहरूले पनि केही व्यक्तिलाई मासिक तलब दिएर आपूmसँग काममा लगाएका थिए । कतै ती नेपालीहरूकै बैंक खातामार्पmत ठगी गर्ने योजनामा त थिएनन् ? अथवा केही भारतीय युवा बेरोजगारीको सीमकार्ड लिएर तिनको बैंक खातामार्पmत पनि ठगी गर्न खोजेका त थिएनन् ? नेपाल सरकारसित प्रत्येक चिनियाँ नागरिकको रेकर्ड हुनु आवश्यक छ । उनीहरूको पासपोर्ट र भिसाको अवस्थाबारे पनि अवगत भइरहनुपर्दछ । अब त शङ्का हुन लागेको छ कि यस्ताखाले चिनियाँहरू नेपालमा अन्य कति ठाउँमा सक्रिय छन् ?

गत चैतमा ठगीकाण्डमा पक्राउ परेका चिनियाँहरूले प्रहरी कार्यालयमै नाराबाजी गरेका थिए । कहिले जुवा, कहिले साइबर क्राइम, कहिले अनलाइन ठगी, कहिले नक्कली डलर त कहिले सुन तस्करी, अवैध आर्थिक कारोबारमा उनीहरू संलिप्त पाइनु चिन्ताको विषय हो । पर्यटकीय क्ष्Fेत्र काठमाडौंको ठमेलमा पनि यिनीहरू नेपाली नागरिकसित मारपिटको घटनामा संलग्न पाइएका थिए । कोभिड–१९ को सङ्क्रमण उच्च अवस्थामा रहेका बेला चिनियाँहरूले नेपाल प्रहरीका डिएसपीलाई सिंहदरबार नजीक नै कुटपिट गरेका थिए । बानेश्वरको घटनामा पनि नेपालको स्थापित कानूनको उपेक्ष्Fा भएको थियो । मित्रताको नाममा नेपाललाई आर्थिकरूपले कमजोर बनाउने, नेपालीलाई अपहेलित र प्रताडित गर्ने काम हुनु दुर्भाग्यपूर्ण हो । केही चिनियाँ अपराधीहरूले नेपाललाई बदनाम गराउने कार्यलाई निरन्तरता नै दिएको देखिन्छ ।

कुनै पनि विदेशी हाम्रा अतिथि हुन् तर अतिथिले आप्mनो धर्म र कर्तव्यको पालन नगरी आपराधिक गतिविधिमा सामेल भएपछि तिनीहरूसित हुने व्यवहार पनि सोही प्रकृतिको हुनुपर्छ । हामी नेपाली न चिनियाँ भाषा बुझ्छौं, न तिनको संस्कृति नै जानेका छौं । परिश्रम गरेर सिके–पढे पनि त्यसबाट न जागीर पाउने सम्भावना छ, न त्यस्तो सम्भावना भविष्यमा नै हुनेछ ।

हामीले हाम्रो आप्mनो देशको चिन्ता गर्नुपर्छ । देशको आर्थिक विकासको चिन्ता गर्नुपर्छ । नेपाली जनताको हकहित र अधिकारबारे चिन्ता गर्नुपर्छ । विश्वको आर्थिक शक्ति चीनले नेपालको विकासमा सहयोग गर्नुको सट्टा उल्टै सानो देश नेपालमा नै ठगी गरेर नेपालबाट लाभ लिने सोच राख्नु दुर्भाग्यपूर्ण हो ।

हाम्रो देशका वामपन्थी राजनीतिज्ञ र विश्लेषकहरूले उत्तरी छिमेकी चीनलाई पनि गुण र दोषयुक्त मित्रराष्ट्रको रूपमा परिभाषित गर्नुपर्नेमा चीनले गलती गर्नै सक्दैन भन्दै देवत्वकरण गरिदिएका छन् । वीरगंजको घटना पनि यसकै उपज हो । चीनका लागि नेपाल प्राथमिकताको देश होइनस आर्थिक, रणनीतिक र सामरिक कुनै पनि दृष्टिले । ऐतिहासिककालदेखि नै नेपालमा चीनको उपस्थितिलाई उसको वास्तविक प्रभावभन्दा ठूलो देखिनेगरी चित्रण गरिएको छ । चीन सामु पिल्सिएकोजस्तो गरी प्रस्तुत हुने मानसिकताले यो बिर्सनुहुन्न कि नेपालका आप्mनै उपलब्धिहरू छन् जो गर्व गर्न लायक छन् । चीनले नेपालको अहित गर्न सक्दैन भन्ने मानसिकताबाट माथि आउनु आवश्यक छ । समकक्ष्Fीको सम्बन्ध नहुँदा नेपालसँग चिनियाँ सम्पर्क तथा सेवा र उत्पादनको आपूर्तिसमेत कमसल हुन जान्छ । चीन सामु नेपाल जति दब्यो नेपाल उति हेपिने छ । वीरगंज घटनामा संलग्न चिनियाँ अपराधीको सञ्जाल भत्किनु आवश्यक छ । चिनियाँ अपराधीको मनोबल कमजोर हुनु आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here