संस्थागत विद्यालयहरूले पहिले परीक्षा केन्द्रका अध्यक्ष, निरीक्षकहरूलाई प्रभावित पारेर आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सुविधाजनक तरीकाबाट परीक्षा दिन लगाएर उत्र्तीण सङ्ख्या बढाउने गरेको कुरा बाहिरिने गथ्र्यो । अहिलेको माध्यमिक शिक्षा परीक्षा (एसइई) र पहिलेको एसएलसीमा यस्ता क्रियाकलापहरू हुने गरेको सुनिन्थ्यो । उतिबेला संस्थागत विद्यालयहरूको यो चाल रहन्थ्यो भने सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमध्ये पहुँच भएकाहरूलाई पनि विशिष्ट प्रकारको सेवा प्रदान गरिन्थ्यो । एसएलसीको लागि छिमेकी बारा जिल्ला निकै बदनाम थियो । त्यहाँ एसएलसी दिनका लागि अन्यत्र असफल हुने विद्यार्थीहरूको ठूलो सङ्ख्यामा सहभागिता रहने गरेको थियो । चिट चोर्ने कार्यमा त्यहाँ रोकटोक नै थिएन । पहुँच भएकाहरूले सिस्टम बिगारेपछि त्यसको फाइदा आम विद्यार्थीले पनि उठाउने गरेपछि बारा जिल्लाको एसएलसी निकै बदनाम थियो । अहिलेको एसइईमा पनि बारा जिल्ला बदनाम नै छ । खुलेआम चिट हुने गरेको र ठूलो सङ्ख्यामा पुस्तक, मोबाइल बरामदका घटना बाहिरिने क्रम जारी छ ।

पहिलो दिनको परीक्षामा चिट चोर्न लगाउने र नक्कली परीक्षार्थी भएर परीक्षा दिएको कसूरमा विद्यार्थी र दुईजना शिक्षक पक्राउ परेका थिए । बारा जिल्लामा एसइईमा केही सुधार भएको होला तर पुरानो छाप भने मेटिइ सकेको छैन । बाराको तुलनामा पर्सा जिल्लाको परीक्षा भने औसतभन्दा राम्रो हुने गरेको थियो । संस्थागत विद्यालयहरूको आर्थिक प्रभाव र पहुँच भएकाहरूको सेटिड्ढा विषयबाहेक खुलारूपमा चिटिङ भएको छैन । अहिले जारी एसइईमा वीरगंज महानगर अन्तर्गत द्वारदेवी माविमा एकजना शिक्षकले संस्थागत विद्यालयसँग खुलेआम घूस मागेको कुरा बाहिरिएको छ । वीरगंज महानगरपालिका–२० हरपतगंजस्थित गोल्डेन वाटिका इङ्ग्लिश स्कूलका १४ जना विद्यार्थी द्वारदेवी माविमा एसइई दिइरहेका छन् । प्रतिविद्यार्थी हजारको दरले द्वारदेवी माविका शिक्षकले विद्यालय सञ्चालकसँग रकम माग गरे । रकम नपाएपछि उनले विद्यार्थीहरूको जीवनसँग खेलबाड गर्न चुकेनन् । शुरूमा दुईजना विद्यार्थीको उनले नियोजित तरीकाबाट सिट नम्बर सूचीबाट हटाएर दुःख दिए तर उनको यो प्रयास असफल भएपछि चारजना विद्यार्थीलाई नियमिततर्फको प्रश्नपत्रको साटो गे्रडवृद्धिको प्रश्नपत्र दिएर रिस साध्ने कार्य गरे ।

विद्यार्थीहरूको प्रवेशपत्रमा नियमित, ग्रेडवृद्धिबारेमा खुलाइएको हुन्छ । शिक्षकलाई कुन विद्यार्थीलाई कुन प्रश्नपत्र दिने हो, सो बारेमा जानकारी नहुने कुरै छैन । अझ केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षकहरूलाई एसइई सञ्चालनबारेमा तालीम दिइएको हुन्छ । विद्यार्थीहरूको प्रवेशपत्र बमोजिम उनीहरूलाई प्रश्नपत्र उपलब्ध नगराउनु शिक्षकको पूर्वाग्रही नीति देखिन्छ । अझ रकम माग गरेको आरोप लागेको, त्यसअघि सिट नम्बर सूचीबाट हटाएको आरोप खेपेका शिक्षक कार्यरत विद्यालयमा एकपछि अर्काे त्रुटि अनजानवश भएको मान्न सकिन्न । एसइई मर्यादित गर्ने विषयमा यस्ता शिक्षकहरू बाधक हुन्छन् । आगामी दिनमा यस्ता गलती अन्य शिक्षकबाट नहोस् र विद्यार्थीहरूले अनावश्यक पीडाबोध गर्न नपरोस् भन्नेतर्फ गम्भीर हुनैपर्छ । आगामी दिनमा परीक्षा मर्यादित बनाउनका लागि गम्भीर गलती गर्ने शिक्षकलाई अविलम्ब कारबाही गर्नुको विकल्प छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here