प्रस, वीरगंज, ९ चैत/
तेस्रो परवानीपुर गोल्डकप पूmटबल प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न महिलामैत्री खेलमा वीरगंज युथ एकेडेमी विजयी भएको छ ।

शक्ति युवा क्लब परवानीपुरको आयोजनामा जारी गोल्डकपको आज महिलामैत्री पूmटबल प्रतियोगिता भएको थियो । प्रतियोगितामा निजगढ महिला पूmटबल क्लबलाई शून्यका विरुद्ध चार गोलअन्तरले वीरगंज युथ एकेडेमीले पराजित गरेको खेल संयोजक तिवारी यादवले बताए ।

वीरगंज युथ एकेडेमीकी सजिता स्याङ्तान र सविता भुलनले २–२ गोल गरेका थिए । यस खेलको ‘वुमन अफ दी म्याच’ सजिता स्याङ्तान घोषित भइन् । उनलाई नेपाली काङ्ग्रेस बाराका सभापति लुकेश सिंहले पुरस्कृत गरेका थिए । प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ । फाइनलमा वीरगंज युनाइटेड क्लब र हेटौंडा फूटबल एकेडेमी मकवानपुरबीच उपाधिको लागि प्रतिस्पर्धा हुने संयोजक यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here