प्रस, वीरगंज, ९ चैत/
माउन्ट एडमन्ड माध्यमिक विद्यालयले होलीको अवसरमा बाल महामूर्ख सम्मेलन तथा होलीमिलन समारोह सम्पन्न गरेको छ । शुक्रवार विद्यालयका प्रबन्ध निर्देशक फजिल मियाँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कक्षा ८ की छात्रा निधि पटेल र समृद्धि अतुल बच्चनले गरेका थिए ।
त्यस्तै, सांस्कृतिक कार्यक्रममा प्रथम येलो हाउस, द्वितीय ग्रीन हाउस र तृतीय स्थान ब्लु हाउस भएका थिए । बाल सम्मेलनमा महामूर्खको उपाधि येलो हाउसको कक्षा ९ मा अध्ययनरत सन्दीप साहले जितेका थिए ।