नितेश कर्ण, वीरगंज, १८ फागुन/
पटेर्वासुगौली गाउँपालिकामा बाघले मानव तथा पशुमाथि आक्रमण गरेपछि डिभिजन वन कार्यालय, पर्साले बाघ नियन्त्रणको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, काठमाडौंलाई पत्राचार गरेको छ ।

डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहले आज विभागलाई पत्राचार गर्दै पटेर्वासुगौली गापा–२ लक्ष्मीपुरस्थित जङ्गल तथा आबादी बस्तीमा बाघ आउने गरेको र गाईवस्तु, बाख्रा र मानिसमाथि आक्रमण गर्ने गरेको भन्दै विभागलाई पत्राचार गरेका हुन् । उनले पत्रमा बाघको उचित व्यवस्थापनको लागि उद्धार टोली पठाउन विभागलाई अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here