•श्रीमन्नारायण

कुनै पनि राजनीतिक दलभित्र हुने गरेको विवाद अथवा कलह त्यसको आन्तरिक मामिला हुने गर्दछ, तसर्थ यो सर्वसाधारणको निम्ति खासै चासोको विषय हुँदैन तर सत्ताधारी दल अथवा गठबन्धनभित्र हुने गरेको विवादको प्रत्यक्ष असर सरकारको कामकाजमाथि पर्न जान्छ । सरकारको स्वाभाविक गतिमाथि अवरोध खडा गर्ने गर्दछ र अन्ततः यसको असर आमजनताको जीवनमा पर्ने गर्दछ, राष्ट्रको समग्र विकासमा पर्ने गर्दछ तसर्थ यसमा सबैको ध्यान र चासो हुने गर्दछ ।

गठबन्धन सरकारमा नेपाली काङ्ग्रेस देशको सबैभन्दा ठूलो सहयोगी दल हो भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सरकारको नेतृत्व गरिरहेका छन् तर हालका दिनमा सरकारमा सामेल नेकपा माओवादी केन्द्रको तर्पmका पर्यटन तथा संस्कृतिमन्त्री सुदन किराँती र नेपाली काङ्ग्रेसका नेता सांसद रामहरि खतिवडा बीच उत्पन्न वाकयुद्धले असंसदीय शब्दको प्रयोगलाई पनि रोक्न सकेन । एकले अर्कामाथि गरेको दोषारोपणले सत्ताधारी गठबन्धनबीच सबै थोक सामान्य नरहेको पुष्टि गरेको छ ।

संस्कृति नागरिक उड्डयन तथा पर्यटनमन्त्री सुदन किराँती कहिले आफ्नो कार्यालयमा पोछा लगाएको तस्बिर सार्वजनिक गरेर भाइरल हुन्छन् । कहिले जथाभावी बोलेर विवादमा आउँछन् । पछिल्लो समय आपत्तिजनक अभिव्यक्तिका कारण उनी विवादमा आए । यसै साता प्रतिनिधिसभाको बैठकमा नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले मन्त्री किराँतीको आलोचना गरे । सांसद खतिवडाले लुम्बिनी क्षेत्र विकास कोषजस्तो पवित्र थलोमा बैंकको लकरमा गोली लुकाउने, तहारक्याल लामाको नियुक्तिलाई जोड्दै मन्त्री किराँतीको नियतमाथि प्रश्न उठाएका थिए । यति मात्र होइन, उनले पर्यटनमन्त्रीलाई नेपाल वायुसेवा निगमले खरीद गर्न लागेका तीनवटा साना जहाजको १८ करोड कमिशनसँग पनि जोडेका थिए । यो भिडियो सोसल मिडियामा भाइरल भएपछि मन्त्री किराँतीले फर्काएको जवाफ पनि सामाजिक सञ्जालमा भाइरल भयो ।

मन्त्री किराँतीले सात वर्ष अघि लाजिम्पाटस्थित पाँच तारे होटल -याडिसनको फिटनेस क्लबबाट एकजना व्यवसायीको हराएको रोलेक्स घडीको घटनासँग जोड्दै खतिवडालाई कायर र लाछी भने । यति मात्रै होइन, उनले बैंकको लकरमा गोली राखेको विवादमा लुम्बिनी विकास कोषको उपाध्यक्ष लामाको प्रशंसा गर्दै बहादुरले गोली लुकाउँछ, कायर र लाछीले चाहिं घडी लुकाउँछ । ती घडी लुकाउने मान्छे आज बोल्छन् । तीप्रति मलाई दया जागेर आउँछ भन्ने भिडियो क्लिप नै जारी भएको छ । लहारक्याल लामालाई नेकपा माओवादी केन्द्रले विगतमा संविधानसभा सदस्य पनि बनाएको थियो ।

उनीसित एकै साथ तीन–चार देशको नागरिकता भएको आरोप पनि लागेको थियो । बैंकको लकरमा बन्दूकको गोली राख्ने कृत्य आपराधिक हो, तर त्यसलाई पनि बहादुरीकै रूपमा व्याख्या गर्ने काम मन्त्रीबाट हुनु अचम्मको कुरा हो । मन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै एमाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि सरकारको आलोचना गरे तथा यस्ता मन्त्रीलाई तत्काल सरकारबाट हटाउन प्रधानमन्त्रीसित आग्रह पनि गरे ।

मन्त्री किराँती धर्मबारे अभिव्यक्ति दिंदा पनि विवादमा तानिएका थिए । दुर्ई महीना अघि एउटा धार्मिक समूहको कार्यक्रममा मन्त्री किराँतीले इसाई धर्म र संविधानबारे चर्चा गर्दै नेपालमा क्रिश्चियनलाई मान्दैनौं भन्नु संविधान मान्दैनौं भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेल हान्ने हो भनेका थिए । उनको यो अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जाल र सडकमा पनि उनको विरोध भएको थियो । मन्त्री किराँतीले एक टेलिभिजन अन्तर्वार्तामा आफूलाई केही करोड रुपियाँँ घूस अफर आएको दाबी पनि गरेका थिए । तर कसले के नियुक्तिमा घूस अफर गरेको हो त्यसबारे केही पनि सार्वजनिक गरेनन् ।

गठबन्धनमा सामेल अन्य दलका मन्त्रीबाट यस्तो टिप्पणी भएको भए त्यसलाई गठबन्धनको बाध्यता पनि मान्न सकिन्थ्यो, तर जब सरकारको नेतृत्व गर्ने दलकै मन्त्रीबाट यस्तो अभिव्यक्ति आउँछ भने त्यसलाई कसरी लिने ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आप्mनो यस कार्यकाललाई ऐतिहासिक र अविस्मरणीय मनाउने घोषणा गरेका थिए । तर उनले चालेका प्रत्येक ऐतिहासिक र एवं साहसी निर्णयहरू दुर्ई पाइला अगाडि र चार पाइला पछाडि हिंडिरहेको अवस्था छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि सार्वजनिकरूपमा सरकारको आलोचना गर्न सकिरहेको छैन ।

राष्ट्रियसभा निर्वाचन सत्ता गठबन्धनका दलहरूसँग संवाद गरेपछि नेकपा एमालेको प्रतिपक्षको भूमिका पनि नाङ्गिएको छ । सरकारलाई दबाब दिनेगरी संसद् वा अन्य माध्यमबारे आवाज उठाउने साहस एमालेले गर्न सकिरहेको छैन । एमालेको सत्ता केन्द्रित सौदाबाजीका कारण सरकारमाथि दबाब सिर्जना हुन सकेको छैन । नेकपा एमालेका सांसदले उठाउने आवाज नेपाली काङ्ग्रेसका सांसदहरूले उठाइरहेका छन् ।

ठूला काण्ड सार्वजनिक भएपछि सत्ता र प्रमुख प्रतिपक्ष तीन नेताको गोप्य बैठक बस्छ । त्यसपछि प्रमुख प्रतिपक्षको स्वर निस्किदैन । सत्तामा भए पनि नभए पनि तीन प्रमुख दलका शीर्ष नेताको स्वार्थमा मुलुक चलेको दाबी स्वयं नेकपा एमालेकै नेताको रहेको छ । नेकपा माओवादी केन्द्रका नेता पनि प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग सहकार्यको ढोका खुला राखेर नै काम गरिरहेको टिप्पणी गर्दै प्रधानमन्त्री कतिपय मुद्दामा एमाले अध्यक्ष केपीशर्मा ओलीलाई सम्झेर नै अघि बढ्छन् र विन–विन अवस्थामा पुगेपछि तिनै प्रमुख दलका नेता आत्मसन्तुष्टि प्राप्त गर्दछन् भन्ने टिप्पणी गरे ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि चौबीसै घण्टा सरकारको विकल्पको खोजीमा छ । नेपाली काङ्ग्रेसले पनि एमालेसँग मिलेर सरकार बनाउन सक्ने धम्की माओवादीलाई दिंदै आएको छ भने माओवादी पनि एमालेसँग मिलेर सरकार बनाउन सक्ने धम्की दिंदै आएको छ । नेकपा एमाले भने आइतवार नेकपा माओवादी केन्द्रलाई आफ्नो सगोत्री र सोमवार नेपाली काङ्ग्रेसलाई आप्mनो मित्र ठान्ने गर्दछ । मङ्गलवार आएपछि नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस दुव्ैलाई शत्रु घोषित गर्दछ । बुधवार आन्दोलनको धम्की दिन्छ, बिहीवार भागबन्डाका लागि बार्गेनिङ गर्छ । सिन्डिकेट राजनीतिको जस्तो चरित्र हुनुपर्ने हो त्यो नेपालका सबै दलमा विद्यमान रहेको पाइन्छ ।

प्रतिपक्षी दलको भूमिकामा अलिकति पनि अगाडि बढ्न खोज्दा रवि लामिछानेलाई साइजमा ल्याउने काम गरिन्छ । शुरूमा दोहोरो नागरिकता र पासपोर्ट, फेरि दुर्गा प्रसाई प्रकरण र अब सहकारी बैंक काण्डले रवि लामिछानेलाई पनि कुहिरोको काग बनाइदिएको छ । मधेसी दलहरू खाइपाई आएको सुविधामा कटौती नहोस् भन्ने मनसायले काम गर्दै आएका छन् ।

सत्ताधारी गठबन्धनको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसका नेताहरूले एक अर्कामाथि दोषारोपण गर्दै विवाद खडा गर्नुको अर्थ कुनै ठूलो विवादास्पद मुद्दाबाट देश र जनताको ध्यान अन्यत्र मोड्नु रहेको रहेको भान हुन्छ । आफ्नो दलको ठूलो नेताको सहमति र पूर्व निर्देशनविना पार्टीका दोस्रो र तेस्रो तहका नेताको तर्फबाट विवादास्पद अभिव्यक्ति आउने गर्दछ । सत्ताधारी गठबन्धनभित्रको विवाद, चाहे त्यो स्वाभाविक होस् अथवा कृत्रिम त्यसले अन्ततः देश र जनतालाई नै क्षति पु-याउने हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here