काठमाडौं, १३ फागुन/रासस
घरेलु मैदानमा भएको आइसिसी पुरुष क्रिकेट विश्वकप लिग दुर्ई अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भएको छ ।

जीतका लागि नेपालले दिएको १७३ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा दुर्ई विकेट गुमाउदै पूरा ग-यो । नेदरल्यान्ड्सको जीतमा विक्रमजित सिंहले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४६ रन बनाउँदा माइकल लेभिटले ३९ रन र म्याक्स ओडाउडले २८ रन जोडे ।

नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिह ऐरीले समान एक/एक विकेट लिए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिड्ढो निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउदै १७२ रनको योगफल बनाउन सक्यो ।

नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मदतमा ६६ रन बनाए । त्यस्तै करण केसीले २६ रन बनाउँदा आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुलशन झाले पाँच रन बनाए ।

नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीन–तीन विकेट लिए । यसैगरी बास डि लिडेले दुर्ई विकेट लिंदा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।

यस जीतसँगै नेदरल्यान्ड्सले प्रतियोगितामा चार अङ्क जोडेको छ । नेदरल्यान्ड्सले नामिबियालाई पहिलो खेलमा सात विकेटले हराएको थियो भने दोस्रो खेलमा नामिबियासँग २४ रनले पराजित भएको थियो ।

नेपालले लिग– २ को पहिलो चरणको खेल सकिंदा दुर्ई अङ्क बटुलेको छ । नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले पराजित गरेको थियो भने नामिबियासँग पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा दुर्ई विकेटले पराजित भएको थियो ।

नामिबियाले तीनमा जीत हासिल गर्दै छ अङ्क बटुलेको छ । नामिबिया लिग दुर्ईको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स चार खेलमा दुर्ईमा जीत तथा दुर्ई खेलमा हार बेहोर्दै चार अङ्कका साथ दोस्रो स्थानमा छ । समान चार खेल खेलेको नेपालले एकमा जीत तथा तीनमा हार बेहोर्दै दुर्ई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here