प्रस, वीरगंज, ११ फागुन/
नारायणी रङ्गशालामा जारी प्रथम अल्पाइन कप क्रिकेट प्रतियोगिता–२०८० अन्तर्गत शुक्रवार दुईवटा खेल भए ।
पहिलो खेलमा ग्लोबल बिजनेश कलेजले ममता विद्या मन्दिरलाई २३३ रनको फराकिलो अन्तरले पराजित ग¥यो । टस जितेर पहिला ब्याटिङ गरेको ग्लोबल बिजनेशले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २५२ रन जोडेको थियो । ग्लोबलका नीरज यादवले ३८ बलमा ८२ रन बनाएका थिए । यसैगरी, विवेक यादवले २१ बलमा ५६ रन बनाए भने ऋतिक पटेलले २३ बलमा ३६ रन बनाए ।
२५३ रनको विजयी लक्ष्य पाएको ममता विद्या मन्दिर ९.४ ओभरमा सबै विकेट गुमाएर १९ रनमा सीमित भयो । यस खेलको ‘म्यान अफ दी म्याच’ ग्लोबलका नीरज यादव घोषित भए ।
दोस्रो खेलमा नेशनल एकेडेमी कलेजलाई वीरगंज सेन्ट्रल कलेजले ९५ रनको फराकिलो अन्तरले पराजित ग-यो । टस जितेर पहिला ब्याटिङ गर्दै वीरगंज सेन्ट्रल कलेजले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर १५४ रन बनाएको थियो । १५५ रनको लक्ष्य पाएको नेशनल एकेडेमी कलेज ११.२ ओभरमा सबै विकेट गुमाएर ५९ रनमा सीमित भयो । यस खेलको ‘म्यान अफ दी म्याच’ २१ बलमा ४३ रन बनाएका वीरगंज सेन्ट्रल कलेजका कमलेश पटेल घोषित भए ।
भोलि शनिवार बिहान ८ बजे पहिलो खेल नेशनल एकेडेमी र बाल एकता तथा मध्याह्न १२ बजे दोस्रो खेल अल्पाइन र सिद्धार्थ कलेजबीच हुने बताइएको छ ।