• डा शिवशङ्कर यादव

गताङ्कमा साइकोट्रोपिक अ‍ेषधिहरूको वर्गीकरणको पहिलो वर्ग एन्टिसाइकोटिक ओषधिबारे जान्यौं । अब एन्टिडिप्रेसेन्टको वर्णन हुनेछ । एन्टिडिप्रेसेन्ट ती औषधि हुन्, जसलाई डिप्रेशन अथवा अवसादमा प्रयोग गरिन्छ । १९५८ मा थोमस पुनले इमिप्रामिन नामको पहिलो एन्टिडिप्रेसेन्ट बनाए । फिनोथायाजीन एक एन्टिसाइकोटि औषधि हो र त्यसैलाई बनाउँदा इमिप्रामिन बन्न पुग्यो जसले साइकोसिसमा काम गर्दैन तर अवसादको पहिलो र असरदार औषधि हो । एन्टिडिप्रेसेन्टको वर्गीकरण पनि निम्न अनुसार छ : १. साइक्लिक एन्टिडिप्रेसेन्ट २. सेलेक्टिभ सिरोटिनिन रिअपटेक इन्हिवीटर ३. सिरोटिनीन र नरइपिनेफ्रिन रिअपटेक इन्हिवीटर ४. नरइपिनेफ्रिन र सिरोटिनिन रिअपटेक इनहान्सर ५. नरएड्रिनर्जिक र स्पेसिफिक सिरोटिनर्जिक एन्टिडिप्रेसेन्ट ६. नरइपिनेफ्रिन र डोपामिन रिअपटेक इन्हिवीटर ७. सिरोटिनीन एन्टागोनिस्ट र रिअपटेक इन्हिवीटर ।

साइक्लिक एन्टिडिप्रेसेन्टको पनि चार भाग छ : क. ट्राइसाइक्लिक ट्रसियरी एमाइन्स, जसमा पर्ने औषधिहरू हुन् : इमिप्रामाइन, एमिट्रिप्टेलिन, डोक्सिपीन, .ट्राइइमिप्रामिन, क्लोमिप्रामिन, डायोइथिपिन ख. ट्राईसाइक्लिक सेकेन्डरी एमाइन्समा : नरट्रिप्टिलिन, प्रोट्रिप्टिलिन, डेसिमिप्रामिन ग. टेट्रासाइक्लिक एन्टिडिप्रेसेन्ट : मियान्सेरिन, मेप्रोटिलिन, एमोक्सापिन, घ. वाइसाइक्लिक एन्टिडिप्रेसेन्ट : निलोक्साजीन आदि । त्यस्तै दोस्रो सेलेक्टिभ सिरोटिनिन रिअपटेक इन्हिवीटरमा पर्छः प्mल्युक्सोटिन, पारेक्सिटिन, प्mल्युरोक्सामिन, सट्र्रेलिन र सिफालोप्रम आदि । त्यस्तै सिरोटिनिन र नरइपिनेफ्रिन रिअपटेक इन्विटरमा पर्छ : भेन्लाटेक्सिन, । नरइपिनेफ्रिन र सिरोटिनीन इनहान्सरमा : टियानेप्टिन । नरएडिनर्जिक र स्पेसिफिक सिरोटिनिन एन्टिडिप्रेसेन्टमा : मिर्टाजापिन । नरइपिनेफ्रिन डोपामिन रिअपटेक इन्हिवीटरमा : व्युप्रोपियोन तथा त्यस्तै सिरोटिनिन एन्टागोनिस्ट र रिअपटेक इन्हिवीटरमाः ट्राजोडिन र नेफाजोडिन पर्छ ।

इन्डिकेशन अथवा निर्देशन अर्थात् यी कहाँ कहाँ, कुन कुन औषधि प्रयोग गरिन्छ । यसको मुख्य निर्देशन निम्नलिखित छ : १. डिप्रेशन अथवा अवसादमा, २. चाइल्ड साइकियाट्रिक डिजार्डर ३. अर्को साइकियाट्रिक डिजार्डर ४. मेडिकल डिजार्डर । पहिलोमा पर्छ–परभेसिभ इपिसोड वा मेजर डिप्रेशन, इन्डोजिनस डिप्रशन वा आन्तरिक कारणले हुने डिप्रेशन, डिप्रेसिभ इपिसोड अFफ मेलन्कोलिया इसिटीको साथ वा विनाइसिटी, डिप्रेसिभ इपिसोड अFफ साइकोटिक फिचर साइकोटिक औषधि वा इसिटीको साथ, कहिलेकाहीं साइकोथेरापीको साथ डिसथाइमियामा जो धेरै दिनसम्म रहने हलुका डिप्रेशन हो । यसले कहिलेकाही मेजर डिप्रेशनको रूप लिन्छ, कहिलेकाहीं डिप्रेशनजस्तै र मास्क्ड डिप्रेशनमा, एटिपिकल डिप्रेशनमा, सेकेंडरी डिप्रेशनमा जस्तै थायरायडिज्म, कुसिंग सिंड्रोम र असामान्य ग्रीफ रिएक्सनमा । दोस्रो चाइल्ड साइकियाट्रिक डिजार्डरमा – एन्युरेसिस जुन विहेवियर थेरापीको साथ वा छुट्टै पनि प्रयोग हुन्छ । एटेन्शन डेफिसिट जसमा हाइपर एक्टिभिटी हुन्छ, जहाँ एन्टिड्रिप्रेसेन्ट ६ वर्षपछि कम डोजमा दिइन्छ, जब स्टिम्युलेन्ट औषधि प्राप्त हुँदैन, कहिलेकाहीं स्कूलफोबियामा कम डोजमा, बच्चामा सेपरेशन एंग्जाइटिमा, सोमनम्बुलिज्म अथवा सुतेको बेला हिंड्ने बिमारीमा, भयानक सपना देख्ने बिमारीमा आदि । तेस्रो अन्य साइकोटिक डिजार्डरमा आउँछ : पैनिक एटेक जसमा इमिप्रामिन दिइन्छ, एगारोफोबिया र सोसल फोबिया जसमा माओइन्हिविटर दिइन्छ, डिप्रेशनसहित वा डिप्रेशनरहित अब्सेसिभ कम्पल्सिभ डिजार्डर जसमा क्लोमिप्रामिन, प्mल्युएक्सिटिन र प्mलुरोक्सामिन प्रयोग हुन्छ, नार्कोलेप्सीको साथ केटोप्लेक्सी, बुढापावस्थाको आक्रामकतामा जसमा ट्राजोडोन दिइन्छ । बोर्डरलाइन पर्सनालिटि डिजार्डर जसमा डिप्रशसन पनि हुन्छ, ट्राइकोटिलोमैनिया अर्थात् कपाल लुछ्ने बिमारी जसमा क्लोमिप्रामिन र फल्युएक्सिटिन दिने गरिन्छ, डिपर्सनलाइजेसजन, चोटपटक पछिको तनाव, जेनरलाइज्ड एंग्जाइटी, निकोटिन एब्युज, कहिलेकाही अल्कोहल डिपेन्डेसी र क्रेभिङमा जसमा फेनसेल्युएक्सिटिन दिने गरिन्छ । त्यस्तै चौथोमा मेडिकल डिजार्डर जसमा यदि पुरानो दुःखाइ छ भने कम डोजमा माइग्रेनमा पनि सहायक औषधिको रूपमा तथा पेप्टिक अल्सरमा डोक्सिपिन प्रयोग हुन्छ ।

फार्माकोकाईनेटिक :
एन्टिडिप्रेसेन्ट पनि एन्टिसाइकोटिक सरह नै लामो हाफलाइफ भएको हुनाले दिनको एकपटक मात्र दिएर पुग्छ र यसको पनि काम गर्ने शक्ति दुई हप्ता पछि रगतमा उचित स्तर पुगेपछि मात्र शुरू हुन्छ । मुखबाट खाएपछि कुनै कम र कुनै बेसी मात्रामा आन्द्राबाट अवशोषित हुन्छ । यसले आन्द्राको गति मन्द पारी दिन्छ । मुख्यतः कलेजोमा गलेर यो पिसाबबाट बाहिर निस्किन्छ । साधारण खुराकमा जरूरी नभए पनि कलेजोको काममा निगरानी राखिन्छ र कलेजोलाई मजबूत पार्ने औषधिको दरकार पर्छ ।

मेकानिज्म आफ एक्सन :
एन्टिडिप्रेसेन्टले पनि कसरी काम गर्छ भन्ने ठीकठीक थाहा छैन । ब्रेनमा केटेकोलामाइन स्राव हुन्छ, जसमा नरइपिनेफ्रिन, सिरोटिनिन र डोपामिन मुख्य हो । यी केटेकोलामाइन आप्mनो काम गरेर मान्छेका सन्तुलित व्यवहारको कारक बन्छन् । काम गरिसकेपछि नर्भको अन्तिम छेउमा त्यसलाई समातेर तोड्ने प्रक्रिया हुन्छ र टुटेपछि केटेकोलामाइन बेअसर हुन्छ । यो चक्र निर्वाध र सन्तुलित रूपमा चलिरहन्छ । जब यो टुट्ने प्रक्रिया बढी हुन्छ तब स्वभावतः त्यसको मात्रा कम हुन्छ र मात्रा कम भएपछि स्वभावतः त्यसको कार्यदक्षता पनि कम हुन्छ । यसरी कम भएको अवस्थामा मान्छेको व्यवहार सन्तुलित रहँदैन । एन्टिडिप्रेसेन्ट औषधिले यसरी तोड्ने प्रक्रिया गर्छ वा रोकिदिन्छ । फलस्वरूप केटेकोलामाइनको चाहिने मात्रा उपलब्ध भएर रोग निको हुन्छ । तर यसको लागि रगतमा खास मात्रा उपलब्ध हुनका लागि दुई हप्ता लाग्छ । औषधिको स्तर त्यस पछि नै देखिन्छ । यस्तै सम्पूर्ण रोग निको हुनको लागि कम्तिमा ६ देखि १२ महीना लाग्छ र फेरि रोग नबल्झोस् भन्नका लागि ५ वर्ष र कहिलेकाहीं जीवनभरि औषधि दिनुपर्छ । यसको साइडइफेक्ट मुख सुख्ने, निद्रा लाग्ने, कब्ज र केही सेक्सुअल डिसफंक्शन आदि हुन्छ, जसको उपचार सहयोगी औषधि दिएर गर्न सकिन्छ ।

रिफ्रेक्टरी डिप्रेशन :
२० देखि ३५ प्रतिशत रोगीमा एन्टिडिप्रेसेन्टले काम गर्दैन । यसलाई रिफ्रेक्टरी डिप्रेशन भनिन्छ । यसको कारण शरीरद्वारा औषधि कम स्वीकृत हुनु, औषधिको उचित मात्रा नपुग्नु, उपचार अवधि कम हुनु, रगतमा औषधिको लेभेल कम हुनु, डायग्नोसिस नै गलत हुनु आदि हो । यी सबै शर्त पूरा भए पनि अझ १५ प्रतिशत रोगी यस्ता हुन्छन् जसले औषधिको प्रत्युत्तर दिंदैनन् वा उनमा औषधिको कम असर हुन्छ । यस्तोमा अन्य ग्रुपको औषधि दिइन्छ । तब पनि कुनै असर भएन भने इसिटी अथवा बिजलीको झटका लगाइन्छ ।

मुडस्टेबिलाइजर :
साइकोट्रोपिक औषधिको तेस्रो ग्रुप हो, मुडस्टेबिलाइजिङ औषधि वा मन सन्तुलित राख्ने औषधि–जसमा लिथियम आदि पर्छ । लिथियम एउटा धातु हो जसको १८८७ मा एफ्रुडसनले खोज गरे । त्यस बेलादेखि गाउट अर्थात् गठियामा यसको प्रयोग हुँदै आयो तर मृत्युसमेत हुने यसको साइडइफेक्टले यसको प्रयोग बन्द भयो । १९४९ मा केडले यसलाई फेरि मैनियामा उपयोग गर्नेगरी संशोधन गरे तर पनि यसको शक्ति सन्देहास्पद नै रह्यो । १९५७ मा यसलाई फेरि मैनियामा उपयोग गर्नेगरी स्कुयोले अनुसन्धान गरे । तबदेखि यसको व्यापक प्रयोग हुन थाल्यो । यो मैनियामा धेरै भएकोले यसलाई एन्टिमैनिक पनि भनिन्छ । यति मात्र होइन, मूड उतारचढावमा पनि यो मैनिया जतिकै प्रभावकारी देखियो । अतः यसलाई मुडस्टेबिलाइजिड्ढो रूपमा पनि चिनियो । अर्को मुडस्टेबिलाईजिङ औषधि पनि छ, जसमा भाल्प्रोयेट र कार्वामाजिपिन पर्दछ । यस अतिरिक्त अनुसन्धान भई रहेकोमा : ल्युमोफ्रिजिन र टाप्रामेट छन् ।

इन्डिकेशन आफ लिथियम :
यद्यपि लिथियमको प्रयोग धेरै मनोरोग र अर्का बिमारीमा भए पनि यसको स्पष्ट निर्देशन सीमित र निम्नलिखित छ : १. एक्युट मैनियामा २.बाइपोलर रोकथामको लागि । निम्नलिखितमा पनि लिथियमको प्रयोग हुन्छ यथा : सिजोएफेक्टिभ डिजार्डर, साइक्लोथाइमिया जुन हलुका मूडको उतारचढाव हो, एक्युट डिप्रेशन, अल्कोहल र कोकेनको लत, संवेगी आक्रामकता, क्लिनलेभिन सिंड्रोम, जसमा मान्छे अत्यधिक सुत्छ, खान्छ र बढी सेक्सुअल पनि हुन्छ, क्लस्टर हेडेक जसमा एकातिरको एउटा आँखाभित्र वा उसको वरिपरि यति कडा दुःखाइ हुन्छ कि मान्छे निद्राबाट ब्युँझन्छ, साइक्लिक वान्ता, हाइपरथायरायडिज्म, हटिंगटन कोरिया, फेल्टिज सिंड्रोम जो क्रोनिक रूमेट्वाड अर्थराइटिसको यस्तो जटिलतामा प्रवेश हो, जसमा धेरै जोड नष्ट हुन्छ, पेरियोडिक हाइपोकैलेमिक पारालिसिस आदिको उपचार तथा बाइपोलरको रोकथाममा लिथियमको प्रयोग गरिन्छ ।

लिथियमको फार्माकोकाईनेटिक ः लिथियम धेरै छिटो आन्द्रामार्फत अवशोषित हुन्छ र आधा घण्टादेखि ३ घण्टामा रगतमा यसको चरम मात्रा पुग्छ । थायरायडमा यो रगतभन्दा ३ देखि ५ गुणा बढी, -यालमा २ गुणा, दूधमा .३ देखि १, सिएसफमा ४ गुणा वढी हुन्छ यसको मात्रा । यसको स्थिर स्तर ७ दिनमा प्राप्त हुन्छ । लिथियमको मेटाबोलिज्म हुँदैन र जस्ताको त्यस्तै पिसाबबाट निस्कन्छ । सोडियम कम छ भने यो पिसाबबाट कम निस्कन्छ र रगतमा यसको मात्रा बढ्छ ।

मेकानिज्म आफ एक्सन : लिथियमले पनि कसरी काम गर्छ भन्ने ठीकठीक थाहा छैन । भनिन्छ कि मैनिया केटेकोलामाइन्सको अधिकताले हुने गर्छ । लिथियमले यीनै केटेकोलामाइन्सलाई कम गरेर मैनियामा सुधार गर्छ । तर यस कारणले यसले डिप्रेशनलाई कसरी कम गर्छ भन्ने व्याख्या गर्न सकिंदैन किनभने डिप्रेशनमा केटेकोलामाइन्स कम नै हुन्छ । लिथियम ८ देखि १० दिनसम्म धेरै कम काम गर्छ जसलाई लिथियम लैग भनिन्छ । ८ देखि १० दिनको समय त्यससले रगतमा काम गर्न र स्तर कायम गर्न लगाउँछ ।

लिथियमको क्लिनिकल उपयोग : लिथियम कार्बोनेटको ३०० मिलीग्रामको साधारण र ४०० मिलीग्रामको स्लो रिलिजिङ चक्की पाइन्छ । यसको ९०० देखि २१०० मिलीग्राम विभाजित खुराकमा दिइन्छ । यो दिनु पहिले मिर्गौला, मुटु, थायरायड र सेन्टल स्नायुको काम सही छ कि छैन हेर्न नितान्त जरूरी हुन्छ किनभने तिनको क्षमता कम छ भने लिथियम दिनुहुँदैन । लिथियम दिए पनि समय समयमा जाँच गरिराख्नुपर्छ । लिथियमको साइड इफेक्ट धेरै त छँदैछ, विषाक्त असर पनि यसको उपयोगमा बाधा बन्छ । यदि ब्लड लेभेल २.० मिलीग्राम प्रतिलिटर छ भने जीवनको लागि खतरा हुन्छ । ०.३ देखि ०.५ छ भने सामान्य मानिन्छ । लिथियमको साइड इफेक्ट निम्नलिखित छ : स्नायुसम्बन्धीमा ५० प्रतिशतमा ट्रेमर हुन्छ जुन लिथियमको मात्रा कम गरेर र प्रोप्रानोलोल दिएर ठीक गर्नुपर्छ । त्यसपछि आउँछ–मांसपेशीको कमजोरी, हलुका कगह्वील रिजिडिटी जुन पार्किन्सन रोगमा हुन्छ जसमा खुट्टा मोडियो भने बारम्बार उफ्रने गर्छ । छारे रोग, डेलिरियम, सेरीवेलर साइन मतलब जसमा मान्छेको हिंड्ने, हेर्ने आदिमा सन्तुलन बिग्रेर जान्छ, असामान्य एक्कासि हुने मुभमेन्ट र कोमा । यसको उपचार हेमोडायलिसिसले हुन्छ । त्यस्तै सिभिएस साइड इफेक्टमा ः हाइपोकैलेमिया, अन्तःस्रावी ग्रन्थीमा ः ग्वायटर, हाइपोथायरायडिज्म, ३० देखि ४० प्रतिशतमा थायरायडको कार्यमा गडबडी, वजन बढ्नु र खुट्टा सुन्निनु । गैस्ट्रो इन्टेस्टाइनलमा–वाकवाकी, बान्ता, धातुको स्वाद, पेटदर्द आदि । छालामा– डण्डीफोर, सोरियासिसमा बढोत्तरी । गर्भवती र दूध खुवाउने आमामा–यदि पहिलो तीन महीनामा लिइयो भने बच्चामा अपाङ्गताको भय, लिथियम दूधमा आउँछ र बच्चामा विषाक्त प्रभाव पार्छ ।

कन्ट्राइन्डिकेशन– लिथियम कहाँ नदिने : मिर्गौला, मुटु वा स्नायुको कार्यमा कमी, ब्लडडिसक्रेसिया, पहिलो तीन महीनाको गर्भवती र दूध खुवाउने आमालाई नदिने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here