• बैद्यनाथ श्रमजीवी
मानिस सामाजिक प्राणी हो । स्वभावैले यो समाजमा मिलेर बस्न चाहन्छ । अहिलेको मानिस होमोसेफियन मानिस हो । यो मानिस आएको ३ लाख वर्ष भयो । होमोसेफियनमा सोच्न सक्ने र तर्क गर्न सक्ने अवस्थामा दिमागको विकास भएको ७० हजार वर्ष भयो । यसमा पनि जम्मा १० हजार वर्ष भयो खेतीपातीको काम गर्न जानेको । वास्तवमा खेतीपातीको काम गर्न जानेपछि नै समाजलाई चाहिनेभन्दा अलि बढी खाद्यान्न उत्पादन सम्भव भयो । त्यसपछि मात्रै मानिसहरू अतिरिक्त केही सोच्ने काम गर्न थाले । अर्थात् ८ हजार वर्षदेखि मात्रै मानिसहरूले दिमागीरूपले सोच्न र केही रचना गर्न थालेको देखिन्छ । यस सन्दर्भमा संसारका सबै दर्शन, सबै धर्म सबै विचारहरू देखा परे ।
खासगरी इस्वी पूर्व ६ हजार वर्ष पहिले सबै दर्शनको उत्पत्ति भएको देखिन्छ । वास्तवमा त्योभन्दा पहिलेसम्म मानिस मानिसबीच आजजस्तो ईष्र्या, द्वेष, लोभ, मोह, घृणा, मारामार र काटाकाटको अवस्था थिएन । यो छुट्टै कुरा हो, मानिसको विकास हुँदै गर्दा यी दर्शनहरूले र मानिसको स्वभाविक आर्थिक विकासले उत्पन्न गरेको वर्गीय तथा धार्मिक युद्धहरूमा हालसम्म लाखौं मानिसहरूको मृत्यु भइसकेको छ ।
सैद्धान्तिकरूपले मानिसहरू एक अर्कासँग मृत्युभासी मानवीय तथा करुणा सिद्धान्त राख्दछन् जबकि व्यवहारमा यो कुरा पछिल्लो १० हजार वर्षमा पटक्कै देखिएको छैन । संसारमा अहिलेसम्म भएको दुईवटा विश्वयुद्ध र अनेकौं धर्म युद्ध, साम्प्रदायिक दङ्गाहरूको हिसाब गर्ने हो भने लाखौं लाख मानिस अनाहक मारिएका छन् ।
त्यति बेलाको मानिस खानपिन, संस्कृति र सभ्यताको स्तरमा निकै पिछडिएको मानिन्छ । तर आज मानिसको खानपिन, सभ्यता र संस्कृति आधुनिक मानिन्छ । तर यस बीचमा हामीले के भुल्नुहुँदैन भने मानिसले आपूmलाई जति वैज्ञानिक र सभ्य दाबी गरे पनिस लोभ–मोह र अहङ्कारले एक अर्कोलाई होच्याउने, तँ सानो म ठूलोको भावनाले जहिले पनि हिंसा निम्त्याउँदै गरेको देखिन्छ ।
आधुनिक इतिहासमा मानिसहरू निकै लामो कालखण्डदेखि अहिंसात्मकभन्दा हिंसात्मक भएर अगाडि बढेको देखिन्छ । आखिर मानिस किन सद्भाव, दया, करुणा, प्रेम, मानवता आदिविरुद्ध घृणा, लोभ, मोह, अहङ्कार आदिले भरिभराउ हुँदै गएको छ ? यो सर्वाधिक विचारणीय प्रश्न हो । यस प्रश्नको उत्तर खोज्नु उक्त समस्याको समाधान पनि हो । आउनुस् यसबारे थोरै चर्चा गरौं ।
निजी सम्पत्ति, परिवार र राज्यले गर्दा मानिसहरूमा लोभ, मोह, घृणा, तृष्णा र अहङ्कार बढ्दै गएको कुरा नकार्न सकिंदैन । यस्ता कुरा उत्पन्न हुनुमा एउटा मुख्य भूमिका धर्मको पनि रहेको देखिन्छ । जब तपाईं कसैलाई सानो र आपूmलाई ठूलो भन्नुहुन्छ, त्यतिबेलै दुईबीच स्वाभाविकरूपले द्वन्द्व सृजना हुन पुग्छ । यो संसारमा न कोही सानो छ, न कोही ठूलो । यो सबै काल्पनिक र बनावटी कुरा हो । प्रकृतिले कसैलाई पनि सानो र ठूलो बनाएको छैन । अनि जब तपाईं कसैलाई सानो भनेर होच्याउनुहुन्छ त्यहींबाट द्वन्द्वको शुरूआत हुन्छ । प्रकृतिको स्वभाव स्वतन्त्रतामैत्री हो । तर निजी सम्पत्ति, परिवार र राज्यको स्वभावकसैलाई पनि स्वतन्त्र हुन नदिने, आप्mनो अधीनस्थ राख्ने र मालिक बन्ने हुनाले समाजभित्र स्थिरताभन्दा बढी अस्थिरता देखिन्छ ।
यस प्रकारको मनोविज्ञानले समाजमा हिंसा निम्त्याउँछ । यस्तो अवस्थामा आपूmलाई राम्रो देखाउन समाजले निकै उच्च नैतिकताका सूत्रहरू आविष्कार गर्छ । तर व्यवहारमा लागू गरिंदैन । व्यवहारमा एकले अर्कोलाई कज्याउने, आपूm ठूलो बन्ने र सबैलाई आपूm अधीनस्थ बनाउने मनोविज्ञान तयार पार्छ । यही मनोविज्ञानले गर्दा लामो समयसम्म अमेरिका र रूसबीच शीतयुद्ध चल्यो । हुनत यति बेला रूसमा कम्युनिस्ट सरकार छैन । तर पनि अमेरिका र रूसबीच रहेको सुषुप्त द्वन्द्व अझै सकिएको छैन । यही द्वन्द्वको परिणाम हो ।
२४ डिसेम्बर २०२२ मा थालिएको रूस–युक्रेन युद्ध अझै सकिएको छैन । त्यसैगरी सन् १९४८ मा शुरू भएको इजरायल र फिलिस्तिनी युद्ध पनि सकिएको छैन । भारत–पाकिस्तानको कुरा होस् वा भारत–चीनको, सर्वत्र हामी के देख्छौं भने हिंसाले नै प्रश्रय पाएको छ । प्रेम र सद्भाव भनेको एक अर्कोलाई झुक्याउन मात्र प्रयोग गरिने शब्दावली बनेको छ ।
हुनत नेपालीहरूलाई संसारमा शान्तिप्रेमी मान्छेको रूपमा जानिन्छ । तर के वास्तवमा नेपालका मानिसले कुनै युद्ध गरेका छैनन् ? त्यसो होइन, वास्तवमा नेपालले थुप्रैचोटी तिब्बतमाथि हमला गरेको देखिन्छ र संसारका कुनै पनि मानिस, कुनै पनि समाज, कुनै पनि देश, कुनै पनि परिवार, कुनै पनि व्यक्ति निजी सम्पत्ति र राज्यको प्रादुभाव भइसकेपछि हिंसा नगरिरहन सक्दैन । हुनत मानव समाजलाई हिंसाबाट जोगाउन र अनुशासित राख्ने उद्देश्यले धर्मको उत्पत्ति भएको हो भनिन्छ । तर वास्तविकता यसो होइन । धर्म आएदेखि संसारभरि चलेका धर्मयुद्धहरूमा लाखौंलाख मानिस मरेको देख्दा हिंसाको एउटा ठूलो कारण धर्म हो भन्ने कुरा स्पष्ट हुन्छ ।
पूर्वी संस्कृतिमा आपूmले खुशी वा दुःख मनाइराख्दा अरूलाई समस्या त भइरहेको छैन भन्ने कुरामा विचार पु-याउनुपर्छ भनिएको छ । तर यसको हेक्का समाजले राखेको कतै देखिंदैन । चुनावपश्चात् निस्किने विजय जुलुस होस् वा कुनै खेल जितेको खुशियालीमा निकालिएको हिपहिप हुर्रेको जुलूस होस् प्रायः घण्टौं सडकमा ट्राफिक जाम बेहोर्नुपर्छ बटुवाहरूले । यस्तोमा कतिपटक गम्भीर प्रकृतिका रोगी बोकेको एम्बुलेन्सले समेत अमानवीय सास्ती भोग्दै आएका छन् ।
नेपाली समाजले सबैभन्दा बढी अरूको स्वार्थको कारण भोग्दै आएको विषय हो–भ्रष्ट राजनीति । परिवर्तनको नाममा २००७ सालदेखि हालसम्म जनताले गुमाएको धन, जन र खेपेका सास्ती कति हो कति ? यो सप्ताह तीन दिनसम्म वीरगंजवासीले कप्mर्युको सामना गर्नुप-यो । कप्mर्युको अघिल्लो दिन १०० रुपियाँमा ५–६ किलो पाउने काउली सय रुपियाँ किलो किन्न बाध्य हुनुप-यो ।
अनावश्यकरूपमा अत्यन्तै कष्टकर जीवन बिताउनुप¥यो । कप्mर्युका कारण भने उही पुरानै रोग–रौतहटमा सरस्वती विसर्जन गर्दा दुईपक्ष बीच भएको मनोवैज्ञानिक झडप । यो कुरा पोहोर साल पनि भएको थियो । त्यसको तुष अझै गइसकेको थिएन र यसपालि पनि दोहोरियो । आशा गरौं आउने वर्ष फेरि सरस्वती विसर्जन गर्दा कुनै किसिमको दङ्गा–फसाद नहोस् ।
नेपालमा अहिले विकसित भएको सबैभन्दा नराम्रो कुरा के हो भने कुनै पनि नराम्रो कुरा एक ठाउँबाट तुरून्तै अर्को ठाउँ सरुवा रोगजस्तै फैलिन्छ । विवाद र बहस रौतहटमा भयो । तर त्यसको असर पर्सा, सर्लाही, महोत्तरी आदि ठाउँमा प-यो । थुप्रै यस्तो राम्रो कुरा छ, जसबाट हामीले सिक्नुपर्ने हो । हाम्रै देशभित्र कतिपय नगरपालिका, गाउँपालिकामा भएका विकास–निर्माण हामीले गर्नुपर्ने हो तर त्यसो गरेको कहिले देखिंदैन । नकारात्मक कुरा हामी छिटै टिप्छौं । यो हामीले छोड्नैपर्ने कुरा हो । सकारात्मक कुरा टिप्ने गरौं । नकारात्मकले हामीलाई कहीं पु-याउँदैन, राम्रो गर्दैन यो सबैले बुझ्न जरूरी छ ।
क्षणिक आवेगमा आएर केही हुन्न । आफैंलाई नाश गर्नेबाहेक यसबाट केही फाइदा हुन्न । त्यसैले क्षणिक आवेग होइन, दीर्घकालीन मैत्री स्थापित गर्ने खाँचोतर्फ सबैले ध्यान दिन जरूरी छ । होइन भने हामीले आप्mनो देश र समाजको विकास गर्ने कि विनाश, अन्योल उत्पन्न हुन्छ । हामी कता गइरहेका छौं ? यसतर्फ पनि एकचोटि निधार खुम्च्याउन जरूरी छ । जुनसुकै धर्म मान्ने मानिस होस्, हामी सबै नेपाली हौं । र हामी सबैले नेपालमैं बस्नुछ । अनि किन एकले अर्कोविरुद्ध ढुङ्गा प्रहार गर्ने, आगजनी गर्ने, जुलूस निकाल्ने तथा मुठभेडको अवस्था तयार पार्ने ? के मानवता भनेको यही हो ? हाम्रा धर्महरूले यही सिकाएको हो ? होइन भने हामी किन उत्तेजित हुन्छौं ?
हामी सबैले एउटा कुरा बुझ्न जरूरी छ । हिंसाले कहिले पनि कसैको पनि भलो गर्दैन । हिंसा आफैंमा विनाशकारी चीज हो । यसले दुवै पक्षको विनाश नै गर्छ । यसले लामो समयसम्म मानिसभित्रको सद्भावलाई आगोले खरानी पारेझैं खरानी पारिदिन्छ । त्यसकारण मानव समाजले सकेसम्म सबै प्रकारको हिंसाबाट जोगिने प्रयास गर्नुपर्छ । हिंसाबाट हामी जोगिन सकेनौं भने मानव प्रजाति नै नरहने अवस्था उत्पन्न हुन सक्छ । यसतर्फ हामी सचेत भएर सोच्न जरूरी छ ।
एउटा खास अवस्थामा उत्पन्न कुनै पनि चीज एउटा खास अवस्था नआएसम्म समाप्त हुँदैन । यो हामी सबैलाई थाहा छ । एउटा यस्तो समय थियो, जब न धर्ती थियो, न सूर्य, न चन्द्रमा । न कुनै ग्रह नै थियो । यो ब्रह्माण्ड बनेपछि चन्द्रमा र अन्यान्य ग्रह–उपग्रहहरू बने । हामीले के भुल्नुहुँदैन भने एउटा यस्तो अवस्था आउने छ जब फेरि यो धर्ती, सूर्य, ग्रहहरू, चन्द्रमा केही रहने छैन । अर्थात् धर्म पनि यसैगरी मानव समाजभित्र एउटा खास अवस्थामा आएको थियो । र एउटा खास अवस्था नआई यो जाने पनि छैन । तर हामी आजका सचेत आधुनिक मानिसले धर्ममा सुधार गर्दै, कट्टर धर्मान्धको साटो कट्टर मानवतावादी बन्दै, प्रकृतिमैत्री बन्दै अगाडि बढेनौ भने आउने पुस्ताले हामीलाई धिक्कार्ने छ । हामी २१ औं शताब्दीका मानिस धार्मिक–साम्प्रदायिक दङ्गामा म¥यौ–मा¥यौं वा दुःख भोग्यौं भन्दा हस्यास्पद अर्को कुरा के होला ?
भनिन्छ धर्म आस्थाको विषय हो । साँच्चीकै आस्थाकै विषय हो भने एउटाको आस्थाबाट अरूको आस्था आहत हुनु उचित होइन । कसैको धार्मिक गतिविधिले अरूको आस्थामा प्रहार हुनु राम्रो हो त ? यसतर्फ सबैले बुद्धि पु-याउन जरूरी छ । अनि मात्र हामी आप्mनो समाजलाई दुर्घटनाबाट जोगाउन सक्छौं । केवल आप्mनै फाइदाका लागि हिंडिरहने हो भने पाइला–पाइलामा द्वन्द्व सिर्जना हुन्छ र द्वन्द्वको मार झेल्न अनिवार्य हुन जान्छ । हामी तर्कशील, विज्ञानसम्मत विवेकशील बन्ने दिशामा बढी उन्मुख हुन जरूरी छ । अब पनि १४औं शताब्दीको जस्तो मूर्ख, रूढिवादी परम्परावादी बनेर हिंड्दा मानवता कायम रहन सक्दैन । हामी अब प्रकृतिमैत्री र मानवतावादी हुन जरूरी छ । संसारका सबै मानिस मानिस नै हुन् कोही सानो कोही ठूलो छैन भन्ने भावनाबाट ओतप्रोत हुन जरूरी छ । कोही सानो र ठूलो छैन । यदि कसैले कसैलाई सानो वा ठूलो भन्छ भने त्यो वास्तवमा भ्रम हो । यो भ्रमबाट मुक्त हुन जरूरी छ । जबसम्म हामी भ्रमबाट मुक्त हुँदैनौं, अनावश्यक दङ्गा हुन जान्छ । त्यसैले हाम्रो व्यवहारमा सुधार हुन जरूरी छ । हाम्रो चिन्तन शैली, हाम्रो चाडपर्व, हाम्रो संस्कृतिभित्रको अन्धविश्वास चिरेर विज्ञानमुखी बनाउन जरूरी छ । हामी जतिजति विज्ञानमुखी बन्दै जान्छौं, त्यतित्यति प्रकृतिमैत्री र मानवमुखी बन्दै जान्छौं । अनि मात्र हाम्रो समाजबाट हराएर गएको सद्भाव, प्रेम मानवता पुनस्र्थापित हुन्छ । हाम्रो समाजमा वर्चस्व कायम गरेको घृणा, लोभ, मोह, अहङ्कार, क्रोधमाथि विजय प्राप्त गर्न सकिन्छ ।