प्रस, निजगढ, १० फागुुन/
निजगढ नगरपालिकास्थित तामागढी–सिम्रौनगढ सडक निर्माणका क्रममा सडकमा परेका जमीनको सरकारले मुुआवजा नदिएको भन्दै बिहीवार पीडितहरूले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गर्ने प्रयास गरे ।
सम्बन्धित निकायहरूमा पटकपटक धाए पनि मुुआवजा नपाएको भन्दै सिम्रौनगढ, कोल्हवीलगायतका स्थानहरूमा मुुआवजापीडीतहरूले सरकारलाई आग्रह गर्दै आइरहेका तर सुनवाइ नभएको भन्दै राजमार्गमा प्रदर्शन गरेका थिए । करीब छ सयजना मुआवजापीडितले राजमार्गमा प्रदर्शन गरी आवागमन प्रभावित पार्दै आफ्ना मागहरू सरकारको कानसम्म पु-याउने कोशिश गरेका थिए ।
यो क्षेत्रका करीब चार हजारजनाले अहिलेसम्म मुआवजा पाएका छैनन् । दिउँसो १ बजेदेखि शुरू भएको प्रदर्शन जनपद र सशस्त्र प्रहरीलाई हटाउन समस्या भएको थियो । अहिलेसम्म मुआवजा नपाएको र सरकार गम्भीर नबनेपछि सङ्घर्षका कार्यक्रमसहित प्रदर्शनमा उत्रनुपरेको तामागढी–सिम्रौनगढ सहयोग मुुआवजा सङ्घर्ष समिति बाराका अध्यक्ष अनवर अन्सारीले बताए । उनले मुआवजा नदिउन्जेलसम्म सङ्घर्षका कार्यक्रमहरू गरिने बताए । पाँच वर्षदेखि मुआवजाका लागि लड्दै आएको र अबको लडाइँ अन्तिम हुने उनले चेतावनी दिए ।