दिनेशकुमार मिश्र, वीरगंज, १० फागुन/
सखुवाप्रसौनी गाउँपालिकाद्वारा आयोजित दोस्रो सखुवाप्रसौनी क्रिकेट प्रतियोगिता २०८० अन्तर्गत बिहीवार सम्पन्न एकमात्र खेलमा कालिकामाई गाउँपालिका ११७ रनको फराकिलो अन्तरले विजयी भएको छ ।

पहिला ब्याटिङ गरेको कालिकामाई गाउँपालिकाले निर्धारित १६ ओभरमा ७ विकेट गुमाएर १९५ रन बनाएको थियो । प्रतिउत्तरमा पर्सागढी नगरपालिका निर्धारित १६ ओभरमा सात विकेट गुमाएर ७८ रनमा सीमित भयो ।

आजको खेलमा २६ बलमा ४८ रन बनाएका र चार ओभरमा १६ रन दिई तीन विकेट लिएका कालिकामाई गापाका योगराज शर्मा ‘म्यान अफ दी म्याच’ घोषित भए ।

भोलि शुक्रवार दुई खेल हुने सखुवाप्रसौनी युवा समाजका सचिव सरोज पटेलले बताए । पहिलो खेल सखुवाप्रसौनी गापा र बहुदरमाई नपा तथा दोस्रो खेल कालिकामाई र जगरनाथपुर गापाबीच हुने उनले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here