प्रस, वीरगंज, १० फागुन/
राष्ट्रिय एकता अभियानले अतरियामा बिआरआई ऋण जालसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । चीनको बिआरआई परियोजनाप्रति नेपालको संवेदनशीलताबारे कार्यक्रममा छलफल गरिएको थियो । सहभागीहरूले बिआरआई ऋणको जाल भएको र राष्ट्रको सम्प्रभूतामा पर्ने असरबारे चिन्ता व्यक्त गरेका थिए । नेपाल–चीन सम्बन्धका सूक्ष्म जटिलताका बारेमा छलफल गर्दै विकसित भूराजनीतिक परिदृश्यका बीचमा राष्ट्रिय हितको रक्षा गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

सहभागीहरूले नेपालको स्वायत्ततामा खलल पार्ने चिनियाँ प्रयास भइरहेको र चिनियाँ दबाबको सामना गर्दै नेपालको सार्वभौमसत्तालाई सुदृढ गर्ने र यसको स्वतन्त्रतालाई कायम राख्ने सामूहिक सङ्कल्प लिएका थिए 

अन्तक्र्रिया कार्यक्रममा नेपालको राष्ट्रिय हितको रक्षाको आह्वान गरिएको थियो । सरोकारवालाहरूलाई सतर्कताका साथ सार्वभौमसत्ता कायम राख्न र दिगो आर्थिक विकास र भूराजनीतिक रणनीति अख्तियार गर्न सुझाइएको थियो ।

कृष्ण जोराको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका संयोजक विनय यादव, जीत रावल, देवी मल्ल, डम्बर गुरु धामीलगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन रमेशबहादुर पुजाराले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here