चिरञ्जीवी सापकोटा, ठोरी, ६ फागुन/
ठोरी गाउँपालिकामा शैक्षिक आपूरण तथा द्रुत सिकाइसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कोभिडका कारण बालबालिकाको सिकाइमा पर्न गएको असरका कारण हालसम्म पठनपाठनमा सहजता आउन नसकेपछि शिक्षा विभागले यो कार्यक्रम देशभरि लागू गरेको जोशीले बताए । कोभिडका कारण तल्लो कक्षामा पढेका विद्यार्थी आज माथिल्लो कक्षामा पुगिसकेकाले सिकाइ उपलब्धिमा कठिनाइ आएकाले विभागले यस्तो कार्यक्रमको योजना निर्माण गरेको जोशीले बताए ।

कार्यक्रमको सहजीकरण गर्दै जोशीले विद्यार्थीहरूको सिकाइ उपलब्धिलाई माथि उकास्न विद्यालयले आवश्यकता अनुसारका योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने बताए । उनले अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेलगायका विभिन्न योजना निर्माण गर्ने, विद्यार्थीको सिकाइ अवस्था पहिचान गरी सुधार गर्ने, शैक्षिक क्लबहरू गठन गरी शैक्षिक क्षतिलाई आपूरण गर्न सबैलाई समन्वय गरी कार्यान्वयन गर्ने बताए ।

गापा उपाध्यक्ष गोकुलीकुमारी रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रधानाध्यापकहरू र आसमान नेपालका प्रतिनिधिलगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन ठोरी गापाका शिक्षा शाखा प्रमुख भुपालकुमार जोशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here