वर्तमान परिस्थितिमा एउटा अनपेक्षित घटनाक्रम हाम्रो आँखा सामुन्ने देखिइरहेको छ र वर्तमान समयको समस्याहरूमध्ये सम्भवतः त्यसलाई एउटा महत्र्वपूर्ण चुनौतीको रूपमा हेर्न र अनुभव गर्न सकिन्छ। यो चुनौती मानवताका सम्मुख एउटा विडम्बनाको रूपमा उजागर भएको छ, अतः यसको तत्काल र समुचित समाधान गर्नु हाम्रो प्रमुख दायित्व बन्न पुगेको छ। यो समस्या मानवताको सामु यस प्रकार टड्कारो भएको छ कि आज मानिसका आवश्यकताहरूमा एउटा स्वस्थ र पोषक आहार हाम्रो सर्वप्रमुख आवश्यकता मान्न सकिन्छ।

यस समस्यालाई समग्रताले बुझ्नका लागि इतिहासमा एउटा दृष्टि हाल्नु अनिवार्य हुन्छ। आजभन्दा दुई सय वर्षपूर्व भोजन, आहार सामग्री अनुपलब्ध थियो वा ती सबैलाई समानरूपले उपलब्ध गराउन सम्भव थिएन। धनी र विकसित मुलुकहरूमा जुन भोज्य पदार्थ प्राप्त गर्न सकिन्थ्यो, त्यो अनेक गरीब मुलुकहरूमा प्रायः दुष्प्राप्य नै थियो।

परिणामस्वरूप केही देशका मानिसलाई आवश्यकताभन्दा बढी भोजन सामग्री प्राप्य थियो भने केही देशका मानिस भोकमरी र कुपोषणका शिकार थिए। जहाँ एकातिर इथियोपियामा अकालका समाचार पढ्न पाइन्थ्यो, त्यहीं अनेक देशका मानिसले भोजन फ्याँक्ने वा नोक्सान गर्ने गरेको देखिन्थ्यो।

जबदेखि आहारको उपलब्धता करीब समानजस्तै भएको छ, समस्याको रूप परिवर्तित भएको छ। आज प्रायः विश्वका प्रत्येक मुलुकमा मोटोपन एवं असन्तुलित आहारका कारण उत्पन्न विकृतिहरू चरममा छन्। प्रायः प्रत्येक देशमा मानिसको औसत वजन ५० वर्षदेखि बढेको छ।

यसको कारण यो त हो नै कि आज मानिस पहिलेको तुलनामा बढी खाइरहेका छन्। फ्रोजेन फूल, जङ्क फूड, फास्ट फूड, सस्तो खाना–यी आज गाउँ–गल्लीमा, विभिन्न सुपरमार्केटमा उपलब्ध छन्। परिणाम यस्तो छ कि उच्च क्यालोरी भएको भोज्य पदार्थहरू एउटा सामान्य परिवारले पनि प्रशस्त उपभोग गरिरहेको छ।

विश्व स्वास्थ्य सङ्गठनको विगत वर्षको तथ्याङ्क अनुसार पछिल्लो ५० वर्षमा प्रत्येक व्यक्तिको दैनन्दिन क्यालोरी क्षमता ५०० क्यालोरीभन्दा ज्यादा बढेको छ। परिणाम स्पष्ट छ–मोटोपन, बढ्दो वजन, स्वास्थ्यसम्बन्धी समस्याहरूबाट एउटा ठूलो जनसङ्ख्या जुझिरहेको छ।

यसका साथै एउटा समस्या यो पनि छ कि मानिस असन्तुलित, असंयमित, अभक्ष्य भोजन प्रमुखताका साथ गरिरहेका छन्। घरमा बनाएको भोजनको साटो रेस्टुरा, र टेक–अवेजस्ता माध्यमबाट प्राप्त हुने भोजनहरूलाई प्राथमिकता दिनुको परिणाम हो कि धेरै मानिसको कम्मरको अनुपात आवश्यकताभन्दा ज्यादा बढिरहेको छ।

यस्तैमा जीवनशैलीमा आएको परिवर्तनलाई कसले बेवास्ता गर्न सक्छ ? आज श्रमशीलता नराम्ररी घटिरहेको छ, मानिस सानै पनि दूरी हिंड्न गाडीहरूको सहारा लिन थालेका छन्। जीवनशैली र दिनचर्यामा विराम आएजस्तै छ, कम्प्युटर स्क्रीन वा आफिसको टेबुलमा मानिसको जिन्दगीको एकतिहाई भाग बित्दछ र यी सबैले एकएक गरी वजन बढाउने भूमिका मात्र निर्वाह गर्दछन्।

कारण जे होस्, तर यस परिवर्तनको परिणाम भयावह देखिएको छ। मोटोपनले हृदयरोग, रक्तचाप, उच्च कोेलेस्ट्रोल, मधुमेह आदिलाई जन्म दिन्छस त्यति मात्र होइन, अपितु यो अनेक क्यान्सरहरूको उत्पत्तिको मुख्य कारण पनि हो। यसमाथि रोक लगाउने एउटा प्रमुख माध्यम शारीरिक व्यायाम एवं गतिविधिहरू हुन्।

यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने मोटो भएपछि नियमित व्यायाम गर्दा यसले वजन बढ्न दिंदैन तर त्यसलाई घटाउन भने कुनै भूमिका खेल्दैन। यस्तो किनभने शारीरिक व्यायामले गर्दा मानिसलाई भोक लाग्छ र जुन क्यालोरी व्यायाम गर्दा नष्ट भएको थियो, झन्डै त्यति नै व्यक्तिले भोजनबाट ग्रहण गर्दछ।

यस उद्देश्यको प्राप्तिका लागि यौगिक पद्धतिहरू कैयौं गुना बढी प्रभावी सिद्ध भएका छन्स किनकि यसको उद्देश्य तीव्रताले वजन घटाउनु र पुनः त्यही तीव्रताका साथ त्यसको आर्जन गर्नु होइन। अधिकांश यौगिक प्रक्रियाहरू, जसमा प्रज्ञायोग व्यायामको विशेष भूमिका छ–हाम्रो वजनलाई वैज्ञानिक तरीकाले घटाउन मदत गर्छ, जसले गर्दा व्यक्ति बिस्तारैबिस्तारै सही र आफ्नो शरीरलाई स्वस्थ बनाउन सक्छ। जो मानिस यस समस्याबाट ग्रस्त छन्, उनीहरूले पहिले प्रज्ञायोगको आसन परम्परालाई दैनिक दिनचर्याको अभिन्न अङ्ग बनाउनु जरूरी हुन्छ।

दोस्रो तरीका जुन वजनमाथि नियन्त्रण गर्न कारगर हुन सक्दछ–त्यो आहारमा नियन्त्रण हो। आज पश्चिमी जगत्देखि सानासाना गाउँका मानिस डायटिंग गरिरहेका देखिन्छन्, तर यसमा समस्या त्यही देखिन्छ कि यी तरीका पनि सफल भइरहेका छैनन्। उदाहरणका लागि विगत दिनमा देखिएको डाइटफिट शोधका परिणामहरू हेर्दा थाहा हुन्छ कि वसामुक्त वा कार्बोहाइड्रेटमुक्त भोजनले पनि मानिसको वजनमा उल्लेखनीय परिवर्तन ल्याउन सक्दैन।

यहाँ पनि हाम्रो परम्परागत र लामो समयदेखि चलिआएको व्रत–उपवासको परम्परा बढी प्रभावकारी देखिन्छ। आइतवार वा बिहीवार उपवास गर्नाले मानिसले आध्यात्मिक ऊर्जा मात्र प्राप्त गर्दैन, अपितु एउटा स्थिर अनुपातमा वजन पनि घट्छ।
भारतको देव संस्कृति विश्वविद्यालयमा विगत दिनहरूमा गरिएका चांद्रायण व्रत–साधनाका प्रयोग पनि यस दिशामा प्राप्त भएको चमत्कारी सफलतातिर इशारा गर्दछन्। जो मानिस आहार नियन्त्रणको माध्यमले वजनमा काबू पाउन चाहन्छन्–उनीहरूले व्रत, उपवार, कल्प–साधना अँगाल्ने बेला फास्ट फूड, जङ्क फूड त त्यसै पनि त्याग्नु नै पर्छ जसले गर्दा सात्र्विक, सन्तुलित र संस्कारित भोजन ग्रहण गर्नुपर्छ र त्यसको सुपरिणाम पनि भोक्तालाई प्राप्त हुन्छ।

यी प्रमुख कारणहरूबाहेक केही मानिस वजनको समस्याले यसकारण प्रभावित हुन्छन्स किनकि उनका लागि यो आनुवांशिक कारण हो। पछिल्लो दिनमा भएका शोधहरूबाट यो स्पष्ट भएको छ कि जुन मानिसमा ऋच्भ्द्यF नामक जीन हुन्छ, तीमध्ये ३० देखि ४० प्रतिशत मानिसका लागि यो जिम्मेवार हुन्छ। यद्यपि यी कारणहरू पत्ता लगाउन गा–हो छ र प्रयोगशालामा यसको परीक्षण पनि गर्न सकिंदैन, अतः आवश्यक के हुन्छ भने स्वस्थ शरीर बनाइराख्ने पद्धतिहरूलाई कुनै न कुनै रूपमा मानिसले अँगालोस्, जसले गर्दा यदि यो कारण पनि व्यक्तिभित्र छ भने यसलाई प्रभावकारी बन्नबाट रोक्न सकियोस्।

वैज्ञानिक शोधबाट थाहा हुन्छ कि यस्तो गर्नु सम्भव छ। वार्डलद्वारा २४०० जति जुम्ल्याहा बच्चाहरूमा गरिएका शोधहरूको परिणामले भन्दछ कि यस्तो गर्न सकिन्छ। जुम्ल्याहा बच्चाहरूको आनुवांशिक संरचना एकजस्तो हुन्छ र तिनको घरको वातावरण पनि।

तर पनि के पाइयो भने जुन बच्चाले स्वस्थ आहारको परम्परा अँगाले–तिनको वजनमा २ किलोग्रामभन्दा बढी घटेको पाइयो। यस्तोमा आमाबुवाको यो जिम्मेवारी हो कि बच्चालाई स्वादिष्ट भोजनको साटो पौष्टिक र सात्र्विक भोजन, पर्याप्त मात्रा दिंदा राम्रो बालविकास हुने कुरामा विश्वास गरून्।

वर्तमान समयमा विकृत जीवनशैली एवं असन्तुलित आहारका कारण मोटोपन एउटा महामारीको रूपमा देखा परेको छ। यसकारण उपरोक्त वर्णित प्रयासहरूमध्ये कुनै एकलाई आफ्नो जीवनशैलीको हिस्सा बनाउनु हाम्रो दायित्व बन्न जान्छ। जसले यस स्वस्थ परम्परालाई अँगाल्छ, उसले स्वस्थ शरीरको अनुदान पनि पाउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here