नरेश यादव, पर्सागढी, ४ फागुन/
‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नाराका साथ पर्सागढी नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुरू भएको छ ।

प्रतियोगिताको उद्घाटन नगरप्रमुख गोकर्ण पाठकले गर्दै खेलकूद मनोरञ्जनको लागि मात्र नभएर स्वास्थ्यको लागि पनि फाइदाजनक हुने बताए । उनले खेलले हामीलाई अनुशासित तथा शारीरिक र मानसिकरूपमा स्वस्थ राख्ने बताए । खेलको विकासको लागि पर्सागढीले काम गरिरहेको उनले बताए ।

नगरप्रमुख पाठकले नगरपालिकाभित्र जीर्ण अवस्थामा रहेका खेलमैदानको मरम्मतसम्भार गरिएको बताए । उनले खेलमार्फत खेलाडीले आफ्नो र नगरपालिकाको नाम देश–विदेशमा चिनाउन आग्रह गरे ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बर्वाछोटैलीको आयोजना तथा पर्सागढी नगरपालिकाको प्रायोजनमा विद्यालयको खेलमैदानमा प्रतियोगिता आयोजना गरिएको छ । तीन दिनसम्म हुने नगरस्तरीय प्रतियोगितामा १२ वटा विद्यालय सहभागी छन् । नेरामावि बर्वाछोटैली, ज्योति सदन इङ्गलिश स्कूल, नेरामावि हरदासपुर, कोइलाभार आधारभूत विद्यालय मनवा, भूपू सैनिक आमोदेवी स्कूल, नेरा आधारभूत विद्यालय सबैया, जनता मावि बडनिहार, नेरा आधारभूत विद्यालय झबराहा, नेरामावि बडेर्वा, पर्सा रेम्बो माध्यमिक विद्यालय बडनिहार, भोजियादेवी आधारभूत विद्यालय गोडपसरा, नेरामावि बहुअर्वासिरा सहभागी छन् ।

प्रतियोगितामा दौड, रिले, हाइजम्प, लङ्गजम्प, सटफुट, ज्याबलिङ थ्रो, कबड्डी, भलिबल खेल हुने मुख्य निर्णायक विशेश्वर पटेलले बताए ।

कार्यक्रममा उपप्रमुख पूजा चौधरी, पूर्वउपप्रमुख अर्चना चौधरी, वडाध्यक्ष शेख खुर्सेद, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष अच्छेलाल यादव, शिक्षक अभिभावक सङ्घका अध्यक्ष नरेश यादव, जङ्गबहादुरदास थारू, रामप्रसाद पाठक, राजेश चौरसिया, ६ नं वडा अध्यक्ष नवलकिशोर कलवार, प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराई, रामआशिषप्रसाद यादव, शिक्षा शाखा प्रमुख देव गिरीलगायतको सहभागिता थियो ।

विव्यसका अध्यक्ष ओसियर मियाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रअ रामबहादुर चौधरी र सहजीकरण शिक्षक कृष्ण श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here