प्रस, परवानीपुर, ४ फागुन/
सरस्वतीपूजा गरेका विभिन्न समूहहरूले नजीकको जलाशयमा शुक्रवार मूर्ति सेलाएका छन् । विभिन्न विद्यालय, कलेज, क्लब, शैक्षिक संस्था तथा युवा विद्यार्थीहरूको समूहले मूर्ति नदी, पोखरी, खोलामा विसर्जन गर्नको लागि तडकभडक शैली अपनाएको सर्वसाधारणले बताएका छन् ।

पाँच वर्षअघि सामान्य तरीकाले मूर्ति विसर्जन गर्ने गरिएकामा अहिले डिजेसहितको म्युजिक भएको गाडीमा मूर्ति राखेर विसर्जन गर्ने गरिएको छ । यस्तै, तडकभडक शैलीको क्रममा रौतहटमा मूर्ति विसर्जन गर्न खोज्दा झडप भएको थियो । सो घटनापछि पर्सामा पनि प्रहरी प्रशासनले मूर्ति विसर्जन हुने विभिन्न घाटमा सुरक्ष्Fा तैनाथी बढाएको थियो ।

पर्साको तिलावे खोलामा दर्जनौं मूर्ति विसर्जन गरिएको थियो । कतिपयले सरस्वतीपूजाको भोलिपल्ट बिहीवार मूर्ति सेलाएका थिए भने धेरैजसोले आज शुक्रवार मूर्ति सेलाएका छन् । बिहीवार मूर्ति सेलाउन नहुने मान्यता राखेकाहरूले आज मूर्ति सेलाएका हुन् । मूर्ति सेलाउने क्रममा कहिलेकाहीं खोला, नदीमा डुबेर मृत्यु हुने घटनासमेत भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here