• डा शिवशङ्कर यादव

पाठकवृन्द १ गताङ्कमैं यो मनोवैज्ञानिक अध्याय बन्द गर्ने निधो गरेको थिएँ किनभने अबको क्रम शैक्ष्Fिक बढी र सर्वसाधारणको लागि कम उपयोगी हुन्छ होला । तर पनि लेख्ने निधो गरें किनभने प्रतीक त विद्यार्थीमाझ पनि पुग्छ नै । फेरि सर्वसाधारणलाई पनि अलिकति भएपनि त लाभ हुन्छ नै । त्यसो त प्रत्येक मानसिक डिजार्डरको वर्णनको साथै त्यसको उपचारको पनि विवरण दिंदै आएको छु । तर यस अध्यायमा मानसिक विकृतिका समस्त भेषज शास्त्रको छोटकरीमा वर्णन गरिनेछ । प्राचीनकालमा मानसिक रोगको उपचारको मतलब यतिमात्र थियो कि रोगीलाई कुनै आश्रयस्थल वा अस्पताल पु-याइदिने । उपचारको विधि पनि हास्यास्पद र उटपट्याङ तरीकाको हुन्थ्यो । तर बितेको ५० वर्षमा औषधिको विशाल क्षेत्र मानसिक विकृतिको उपचारमा पनि वैज्ञानिक र आधिकारिक बनेको छ ।

४००० बिसीमा आयुर्वेदमा मानसिक रोगीको उपचार सहानुभूति र दयालुताले गर्ने भनिएको छ । आयुर्वेदमा प्रायः धतुरो र सर्पगन्धाको उचित मात्रालाई घ्यूमा मिलाएर प्रयोग गरिन्थ्यो । सन् १८५३ मा ब्रोमाइडको आविष्कार भयो, जुन एउटा शान्त पार्ने औषधि हो । १८६९ मा क्लोरल हाइड्रेट मेलन्कोलिया र मैनियामा प्रयोग गरियो । १८८२ मा पारल्डिहाइडको सम्मोहनमा प्रयोग भयो । १८८३ मा मिथाइलिन ब्लु बनाउँदा फिनोथायाजोनको आविष्कार हुन पुग्यो । १९०३ मा वार्विटल र १९१२ मा फिनोवार्विटल प्रकाशमा आयो । १९१७ मा जुलियस भान विग्नर जौरेगले जेनेरल पारालिसिस अफ इनसेनको उपचार मलेरियाको औषधिले गरेर देखाइदिए र नोबेल पुरस्कार पाए । सन् १९२२ मा जैकब क्लेसीले बार्बिचुरेटले कोमा गराएर साइकोसिसको उपचार पत्ता लगाए । १९२७ मा मेनफ्रेड सकिलले इन्सुलिन कोमा गराएर सिजोफ्रेनियाको उपचार गरे । १९३१ मा गणेश सेन र कार्तिक बोसले पहिलोपटक रिजर्पिन, जुन सर्पगन्धाबाट प्राप्त हुन्छ, साइकोसिसको उपचारमा सफल प्रयोग गरे तर उनको उपचारले तबसम्म मान्यता पाएन, जबसम्म नाथन क्लिनले १९५८ मा मान्यता दिएनन् । १९३४ मा लेसिजो मडुनाले मेट्राजोलबाट कम्पन गराएर साइकोसिसको उपचार गरे । १९३६ मा इगास मोनिज र अल्मेन्डा लिमाले फ्रोन्टल लोबोटोमी नामक सर्जरीबाट साइकोसिसको उपचार प्रकाशमा ल्याए । १९३७ मा सी ब्रेडलीले बच्चाको बिहेवियर डिजार्डरलाई एम्फेटामिनले निको पारे । १९३८ मा युगो सर्लेटी र लुसियो विनीले साइकोसिसको उपचारको लागि इसिटी अर्थात् बिजुलीको झटका दिने प्रयोग गरे । १९४० मा ट्रेसी पुटनमले फेनिट्वायन सोडियम एन्टिकनभल्सेन्टको रूपमा प्रयोग गरे, जसको प्रयोग आजसम्म छारेरोगमा भइरहेको छ ।

१९४३ मा अल्बर्ट हाफमैनले एलएसडी सिन्थेसाइज गरे । १९४९ मा जोन एफ केडीले मैनियाको लागि लिथियम प्रयोग गरे तर आस्ट्रेलियामा नै यसले वैज्ञानिकहरूलाई आकर्षित गर्न सकेन । १९५० मा कार्पेन्टियरले प्रोमिथाजोनभन्दा अझ राम्रो एन्टिहिस्टामिनिकको खोज गरिरहेका थिए तर बन्यो क्लोरप्रोमाजिन, जुन तगडा एन्टिसाइकोटिक औषधि निस्क्यो । १९५० मैं मिथाइलफेनिडेटको पनि आविष्कार भयो, जसको प्रयोग एमबिटी अथवा अत्यल्प ब्रेन डिस्फंक्शनमा प्रयोग हुन्छ । १९५१ मा आइएनएच बन्यो जसले टिबी रोगीको मूड राम्रो बनाइराख्न सहयोगी साबित भयो । पछि १९५८ मा इप्रोनियाजाइड नामको औषधि बन्यो जसले डिप्रेशनमा राम्रो काम ग¥यो । १९५२ मा जिन डिले र पियरे डेनिकरको क्लोरप्रोमाजिनको प्रयोगले साइको थेरापीमा क्रान्ति नै ल्याइदियो । यसको आविष्कारले रोगीलाई अस्पताल भर्ना गर्नुपर्ने आवश्यकता घट्यो । रोगी आउटडोर उपचारले नै ठीक हुन थाले । १९५५ मा मेप्रोवामेट एन्टिएंग्जाइटीको रूपमा आविष्कार भयो । हफलिंगर र स्किन्डलरले १९४० मा नै इमिप्रामिन बनाएका थिए तर १९५८ मा थोमस कुनले यसको प्रयोग पहिलोपटक डिप्रेशनमा गरे । १९५८ मा नै नाथन क्लिनले मोनो एमाइन आक्सिडेज इन्हिविटर इप्रोनियाजाइडको आविष्कार गरेर डिप्रेशनमा प्रयोग गरे । १९५८ मा नै जानसनले बेल्जियममा हेलोपेरिडोल आविष्कार गरे, जुन सबैभन्दा उपयुक्त एन्टिसाइकोटिक औषधि हो । स्टर्नवेकले १९५७ मा नै क्लोडाइजिपोक्साइड बनाए तर त्यसको एन्टिएंग्जाइटीको रूपमा प्रयोग १९६० देखि भयो । १९६६ मा लेम्बर्टले भाल्प्रोमाइड बनाए, जुन बाइपोलर डिजार्डरको पछिल्लो औषधि हो ।

१९६८ मा जेन्सनले सिजोफ्रेनियामा पिमोजाइड प्रयोग गरे । १९६७ मा फिमन्डेज र लोपेज आइवरले अब्सेसिभ डिजार्डरमा क्लोमिप्रामिन प्रयोग गरे । १९७१ मा ताकेजाकी र हनोयाकाले बाइपोलर डिजार्डरमा कार्वामाजिपिन प्रयोग गरे, जुन औषधिलाई १९५३ मा स्किन्डरले बनाएका थिए । १९८६ मा अमेरिकामा ननबेन्जोडाइजिपिन बुसपिरोन प्रकाशमा आयो, जुन आधुनिक एन्टिएंग्जाइटी एजेन्ट हो । १९५९ मा नै क्लोजापिन बनिसकेको थियो । त्यसैलाई १९८८ मा केन एट एलले रिडिस्कभर गरे तर १९९० मा मात्र अमेरिकाको एफडिएले स्वीकृति दियो, जुन सिजोफ्रेनियाको महत्वपूर्ण औषधि हो । भारतमा १९९५ मा मात्र यसले प्रवेश पायो ।

उपरोक्त सबै औषधिले उच्च मेन्टल क्रियाकलापमा प्रभाव पार्छ र त्यसलाई साइकोट्रोपिक ड्रग भनिन्छ । अब यसको वर्गीकरणतर्फ जाउँ, जुन निम्न अनुसार छन् : १. एन्टिसाइकोटिक २. एन्टिडिप्रेसेन्ट ३. मूड स्टेबलाइजर ४. एन्टिएंग्जाइटी र हिप्नोसिडेटिभ ५. एन्टिएप्लेप्टिक ६. अल्कोहल र ड्रग अफ डिपेन्डेन्सी ७. एन्टिपार्किन्सोनियन र ८. मिसलेनियस वा अन्य ।

एन्टिसाइकोटिक : यी ती औषधिहरू हुन्, जसको साइकोटिक लक्षणमा प्रयोग गरिन्छ । यिनलाई मेजर ट्रेंक्युलाइजर, न्युरोलेप्टिक, एटारेक्टिक, एन्टिसिजोफ्रेनिक, डी २ रिसेप्टर ब्लोकर नामले पनि जानिन्छ । तर साइकोट्रोपिक सबैभन्दा बढी मान्यताप्राप्त छ । यसको प्रयोग निम्नलिखित डिजार्डरमा गरिन्छ–क. ननअर्गेनिक साइकोटिक डिजार्डर : डेलिरियम, डिमेन्सिया, डेलिरियम ट्रिमेन्स औषधिले हुने साइकोटिक डिजार्डर र हालिसिनेशन, डिल्युजन र सेकेन्डरी मैनिया । ख. आर्गेनिक साइकोटिक डिजार्डर– सिजोफ्रेनिया, सिजोएफेक्टिभ डिजार्डर, एक्युट साइकोसिस, मेनिया, मेजर डिप्रेशन, डेल्युज्नल डिजार्डर आदि । ग. चाइल्ड साइकियाट्रिक डिजार्डर : एटेन्सन डेफिसिट डिजार्डर, इन्फेन्टाइल अFटिज्म, अन्य परभेसिभ डिजार्डर, कन्डक्ट डिजार्डर आदि । घ. न्युरोटिक र अन्य साइकोटिक डिजार्डर : कडा खाले एंग्जाइटी, रिफ्रेक्टरी अब्सेसिभ कम्पल्सिभ डिजार्डर, एनोरेक्सिया नर्भोसा आदि । च. मेडिकल डिजार्डर : हटिंग्टन कोरिया, बारम्बार आउने हिकफ, वाकवाकी र बान्ता, टिक डिजार्डर, एक्लेम्प्सिया, हेडस्ट्रोक, टिटानस, इन्ट्रेक्टेबल प्रुराइटिस, क्यान्सरको कडा दुखाइ, सर्जरी गर्दा बेहोश पार्नुअघि आदि ।

फार्माकोकाइनोर्टिक : यसको मतलब हो साइकोट्रोपिक औषधि कसरी आफ्नो काम गर्ने ठाउँमा पुग्छ ? जब मुखबाट खाइन्छ, यो आन्द्राबाट त्यति अवशोषित हुँदैन र रगतमा क्रियात्मकस्तरमा
करीब साढे एक घण्टामा पुग्छ । तर यसलाई मांसपेशी वा नसाबाट दिइन्छ भने यसको धेरै शक्तिशाली असर प्राप्त हुन्छ र रगतमा मात्र आधा घण्टामैं क्रिया गर्न थाल्छ । यसको हाफलाइफ धेरै लामो हुन्छ र प्रायः दिनमा एकपटक दिए पुग्छ । तर यसको असर आठदेखि १० दिनपछि मात्र देखा पर्छ । औषधि छोड्यो भने पनि धेरै दिनसम्म र कहिलेकाहीं महीनौंसम्म यो शरीरमा रहन्छ । कलेजोले यसलाई ब्रेकडाउन गर्छ र पिसाब तथा पित्तबाट बाहिर निस्कन्छ । रगतमा यसको एउटा खास स्तरलाई थिरेप्युटिक विन्डो भनिन्छ । त्यस स्तरभन्दा कम भयो भने औषधिले काम गर्दैन र बढी भयो भने कि काम गर्दैन वा टोक्सिसिटी गर्छ । एन्टिसाइकोटिकलाई पनि चार प्रकारले बाँडिएको छ : क.फेनोथियाजोन्स : जसको पनि एलोफेटिक र पिपरिडिन तथा पिप्राजिन तीन ग्रुप हुन्छ । पहिलोमा क्लोरप्रोमाजिन र ट्राइफ्ल्युप्रोमाजाइड आउँछ । दोस्रोमा थायोरिडाजिन, मिजोरिडाजिन आउँछ । तेस्रोमा ट्राइफ्लुपेराजिन, प्रोकलोरपेराजिन, प्mलुफेनाजिन र फ्लुपेराजिन डेकार्नोएट आउँछ । ख. थोक्सासिन्थन्स : यसको एलिफेटिक र पिप्राजिन दुई समूह हुन्छ । पहिलोमा : क्लोरप्रोथेक्सिन र दोस्रोमा थायोथिक्सिन, ज्युक्लोपेन्थिक्सोल, ज्युक्लोपेन्थिक्सोल डेकानोएट नामक औषधि छन् । ग. ब्युटाइरोफिनोन्स ग्रुप हो जसमा हेलोपेरिडोल र हेलोपेरिडोल डेकानोएट पर्छन् । घ. यो समूहको नाम हो डाइफिनाइल ब्युटाइल पिपरिडिन : जसमा आउँछ पिमोजाइड र पेनफ्लुरिडोल ।

मेकानिज्म अफ एक्शन अथवा काम गर्ने किमिया : फर्माकोकाइनेटिकको मतलब हुन्छ, औषधि काम गर्ने ठाउँसम्म कसरी पुग्छ र काम गरेपछि कसरी शरीरबाट बाहिर निस्कन्छ । ठाउँमा पुगेर कुन विधिले काम गर्छ, त्यसलाई मेकानिज्म अफ एक्शन भनिन्छ । साइकोट्रोपिक औषधिको हकमा यो मेकानिज्मबारे ठीक–ठीक जानकारी त छैन तर पनि यसले ब्रेनको लिम्बिक र एक्सट्रापिरामिडल सिस्टमको डोपामिन र ५ एचटी रिसेप्टरलाई प्रभावित अवश्य गर्छ । यसको सिडेटिभ एक्शन हिस्टामिन ब्लकेडले हुन्छ र छिटो देखा पर्छ । एन्टिसाइकोटिक औषधि धेरै सुरक्षित औषधि मानिन्छ । तर पनि मुख सुक्खा हुने, हात काम्ने, कब्ज र कहिलेकाहीं नपुंसकता र कम वीर्यपात पनि हुन सक्छ । सुरक्षित हुँदाहुँदै पनि मानसिक रोगी सहयोगी हुँदैनन् र औषधि छाड्छन् । यसले गर्दा रोगले फेरि आक्रमण गर्छ । यस कारण यिनका डिपो डोज पनि बनेको छ, जसलाई मांसपेशीमा दिएपछि महीनौंसम्म काम गरिरहन्छ । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here